मोटरसाईकलको ठक्करबाट पैदलयात्रीको मृत्यु
भक्तपुर, असार १९ गते
मोटरसाईकलको ठक्करबाट चाँगुनारायण नगरपालिकामा एक जना पैदलयात्रीको निधन भएको छ । महानगरीय प्रहरी परिसर भक्तपुरका अनुसार चाँगुनारायण नगरपालिका वडा नं ७ स्थित खरिपाटी हेल्मेटडाँडामा असार १३ गते भएको सवारी दुर्घटनामा घाइते भएका पैदलयात्री ज्ञानेन्द्रलोचन घिमिरेको उपचारकोक्रममा हिजो निधन भएको महानगरीय प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी प्रनाउ बसन्त पाठकले जनाएको छ ।
असार १३ गते दिउँसो साह्रे दुई बजे कमलविनायकबाट हेल्मेटडाँडा तर्फ जादै गर्दा बाग्मती प्रदेश ०२–०२६ प. ०६५३ नम्बरको मोटरसाइकलले चाँगुनारायण नगरपालिका वडा नं. ८ जितपुर बस्ने बर्ष ४२ को ज्ञानेन्द्र लोचन घिमिरलेलाई गम्भिर घाइते हुने गरी घाईटे बनाएको थियो । दुर्घटना पश्चात उपचारको लागि भक्तपुर अस्पताल लगिएकोमा सोही दिन ट्रमा सेन्टर काठमाण्डौं रिफर गरिएको र ट्रमा सेन्टरबाट पनि थप उपचारको सोही दिन अन्नपुर्ण न्युरो अस्पताल काठमाण्डौं लगि उपचार भईरहेकोमा असार १८गते साँझ १८ः४३ बजेको समयमा घिमिरेको मृत्यु भएको अस्पतालले जनाएको छ ।
मोटरसाइकल चालक चाँगुनारायण नगरपालिका वडा नं. ५ छालिङ बस्ने बर्ष २० को राजन थापा र मोटरसाइकल पछाडी सवार सोही स्थानमा बस्ने बर्ष २४ को साजन कार्की सामान्य घाइते भएकोमा उपचार पश्चात डिस्चार्ज भएको उल्लेख गर्दै महानगरीय प्रहरी परिसर भक्तपुरल मोटरसाइकल चालकलाई नियन्त्रणमा लिई घटना सम्बन्धमा अनुसन्धान भईरहेको व्यहोरा प्रेस विज्ञप्ति मार्फत प्रहरीले जनाएको छ ।
Featured Posts – Style 1
त्यसपछि खुसी हुनेछन् हाम्रा ‘बा’ !
2026-09-11 Comments Off on त्यसपछि खुसी हुनेछन् हाम्रा ‘बा’ !
त्यसपछि खुसी हुनेछन् हाम्रा ‘बा’ ! बाको मुख हेर्ने दिन : आफ्नै संस्कारमा उहाँको दर्शन बा खुसी हुनुहुन्छ ? अच्युतकृष्ण...
सन्त रामपाल जी महाराजको ७६औँ अवतरण दिवस महासमागम भव्य रूपमा सम्पन्न
2026-09-11 Comments Off on सन्त रामपाल जी महाराजको ७६औँ अवतरण दिवस महासमागम भव्य रूपमा सम्पन्न
सन्त रामपाल जी महाराजको ७६औँ अवतरण दिवस महासमागम भव्य रूपमा सम्पन्न जगतगुरु तत्त्वदर्शी सन्त रामपाल जी महाराजको ७६औँ अवतरण दिवस...
नेपाल हृदयराेग निवारण प्रतिष्ठानबाट राहत काेषमा रकम जम्मा
2026-09-11 Comments Off on नेपाल हृदयराेग निवारण प्रतिष्ठानबाट राहत काेषमा रकम जम्मा
नेपाल हृदयराेग निवारण प्रतिष्ठानबाट राहत काेषमा रकम जम्माललितपुर,नेपाल हृदयराेग निवारण प्रतिष्ठान, केन्द्रीय कार्यालयले यही भाद्र १० गते भाेटेकाेशी नदीमा आएकाे...
खाना पकाउने ग्यासमा कालोबजारी गर्ने २ जना पक्राउ
2026-09-10 Comments Off on खाना पकाउने ग्यासमा कालोबजारी गर्ने २ जना पक्राउ
खाना पकाउने ग्यासमा कालोबजारी गर्ने २ जना पक्राउभक्तपुर, भाद्र २५ गतेभक्तपुरका प्रमुख जिल्ला अधिकारी विनोदकुमार खड्काले खाना पकाउने ग्यासको कालोबजारी...
फैसला कार्यान्वयन तर्फका ७ फरार पक्राउ, १३ लाख भन्दा बढी जरिवाना
2026-09-09 Comments Off on फैसला कार्यान्वयन तर्फका ७ फरार पक्राउ, १३ लाख भन्दा बढी जरिवाना
फैसला कार्यान्वयन तर्फका ७ फरार पक्राउ, १३ लाख भन्दा बढी जरिवानाभक्तपुर, भाद्र २४ गतेभक्तपुर प्रहरीले फैसला कार्यान्वयन तर्फका ७ जना...











