१७ जनालाई पक्राउ नगर्ने आदेश खारेजीको माग गर्दै प्रहरी अदालतमा ।।
प्रहरीले ललिता निवास प्रकरणका १७ जनालाई आरोपीलाई पक्राउ नगर्नु भन्ने सर्वोच्चको आदेश खारेज गर्न निवेदन दिएको छ । अन्तरिम आदेशविरुद्ध सर्वोच्च अदालतमा ‘भ्याकेट’ निवेदन दिइएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)का प्रमुख प्रहरी अतिरिक्त महानिरिक्षक किरण बज्राचार्यले जानकारी दिनुभयो । २०७९ साउन १९ मा न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासले ललिता निवास प्रकरणमा जोडिएका १७ जनालाई ‘किर्ते मुद्दामा पक्राउ नगर्नु, नगराउनु’ भन्ने अन्तरिम आदेश दिएको थियो । असार १२ गते पक्राउ परेका मालपोत कार्यालय डिल्लीबजारका तत्कालीन प्रमुख कलाधर देउजा, अधिकृत सुरेन्द्रमान कपाली र हुपेन्द्रमणि केसी यहि आदेशका आधारमा रिहा भएका थिए ।
यसैबीच, नेपाल प्रहरीले ललितानिवासको जग्गा प्रकरणमा पक्राउ परेकाहरूमाथि सङ्गठित अपराधमा पनि अनुसन्धान अघि बढाएको छ । उनीहरुले सरकारी कागजात लिखत किर्ते गरेर १३४ रोपनी जग्गा हडपेको भन्दै ९ जना विरुद्ध प्रहरीले ंसङ्गठित अपराधको कसूरमा म्याद थपेको हो । ब्यूरोकाअनुसार उनीहरूलाई सङ्गठित अपराधको कसूरमा अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंले ७ दिन को म्याद दिएको छ । म्याद थप हुनेहरूमा भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ, पूर्व निर्वाचन आयुक्त सुधीर शाह, मालपोतका तत्कालीन कर्मचारी धर्मप्रसाद गौतम, गोपाल कार्की, तत्कालीन वडा सचिव शिवजी भण्डारी, नापी सर्वेक्षक घमनकुमार कार्की र मोही बाबुराम महर्जनलगायतका ९ जना छन् ।
Featured Posts – Style 1
त्यसपछि खुसी हुनेछन् हाम्रा ‘बा’ !
2026-09-11 Comments Off on त्यसपछि खुसी हुनेछन् हाम्रा ‘बा’ !
त्यसपछि खुसी हुनेछन् हाम्रा ‘बा’ ! बाको मुख हेर्ने दिन : आफ्नै संस्कारमा उहाँको दर्शन बा खुसी हुनुहुन्छ ? अच्युतकृष्ण...
सन्त रामपाल जी महाराजको ७६औँ अवतरण दिवस महासमागम भव्य रूपमा सम्पन्न
2026-09-11 Comments Off on सन्त रामपाल जी महाराजको ७६औँ अवतरण दिवस महासमागम भव्य रूपमा सम्पन्न
सन्त रामपाल जी महाराजको ७६औँ अवतरण दिवस महासमागम भव्य रूपमा सम्पन्न जगतगुरु तत्त्वदर्शी सन्त रामपाल जी महाराजको ७६औँ अवतरण दिवस...
नेपाल हृदयराेग निवारण प्रतिष्ठानबाट राहत काेषमा रकम जम्मा
2026-09-11 Comments Off on नेपाल हृदयराेग निवारण प्रतिष्ठानबाट राहत काेषमा रकम जम्मा
नेपाल हृदयराेग निवारण प्रतिष्ठानबाट राहत काेषमा रकम जम्माललितपुर,नेपाल हृदयराेग निवारण प्रतिष्ठान, केन्द्रीय कार्यालयले यही भाद्र १० गते भाेटेकाेशी नदीमा आएकाे...
खाना पकाउने ग्यासमा कालोबजारी गर्ने २ जना पक्राउ
2026-09-10 Comments Off on खाना पकाउने ग्यासमा कालोबजारी गर्ने २ जना पक्राउ
खाना पकाउने ग्यासमा कालोबजारी गर्ने २ जना पक्राउभक्तपुर, भाद्र २५ गतेभक्तपुरका प्रमुख जिल्ला अधिकारी विनोदकुमार खड्काले खाना पकाउने ग्यासको कालोबजारी...
फैसला कार्यान्वयन तर्फका ७ फरार पक्राउ, १३ लाख भन्दा बढी जरिवाना
2026-09-09 Comments Off on फैसला कार्यान्वयन तर्फका ७ फरार पक्राउ, १३ लाख भन्दा बढी जरिवाना
फैसला कार्यान्वयन तर्फका ७ फरार पक्राउ, १३ लाख भन्दा बढी जरिवानाभक्तपुर, भाद्र २४ गतेभक्तपुर प्रहरीले फैसला कार्यान्वयन तर्फका ७ जना...












