मोटरसाईकलको ठक्करबाट पैदलयात्रीको मृत्यु
भक्तपुर, असार १९ गते
मोटरसाईकलको ठक्करबाट चाँगुनारायण नगरपालिकामा एक जना पैदलयात्रीको निधन भएको छ । महानगरीय प्रहरी परिसर भक्तपुरका अनुसार चाँगुनारायण नगरपालिका वडा नं ७ स्थित खरिपाटी हेल्मेटडाँडामा असार १३ गते भएको सवारी दुर्घटनामा घाइते भएका पैदलयात्री ज्ञानेन्द्रलोचन घिमिरेको उपचारकोक्रममा हिजो निधन भएको महानगरीय प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी प्रनाउ बसन्त पाठकले जनाएको छ ।
असार १३ गते दिउँसो साह्रे दुई बजे कमलविनायकबाट हेल्मेटडाँडा तर्फ जादै गर्दा बाग्मती प्रदेश ०२–०२६ प. ०६५३ नम्बरको मोटरसाइकलले चाँगुनारायण नगरपालिका वडा नं. ८ जितपुर बस्ने बर्ष ४२ को ज्ञानेन्द्र लोचन घिमिरलेलाई गम्भिर घाइते हुने गरी घाईटे बनाएको थियो । दुर्घटना पश्चात उपचारको लागि भक्तपुर अस्पताल लगिएकोमा सोही दिन ट्रमा सेन्टर काठमाण्डौं रिफर गरिएको र ट्रमा सेन्टरबाट पनि थप उपचारको सोही दिन अन्नपुर्ण न्युरो अस्पताल काठमाण्डौं लगि उपचार भईरहेकोमा असार १८गते साँझ १८ः४३ बजेको समयमा घिमिरेको मृत्यु भएको अस्पतालले जनाएको छ ।
मोटरसाइकल चालक चाँगुनारायण नगरपालिका वडा नं. ५ छालिङ बस्ने बर्ष २० को राजन थापा र मोटरसाइकल पछाडी सवार सोही स्थानमा बस्ने बर्ष २४ को साजन कार्की सामान्य घाइते भएकोमा उपचार पश्चात डिस्चार्ज भएको उल्लेख गर्दै महानगरीय प्रहरी परिसर भक्तपुरल मोटरसाइकल चालकलाई नियन्त्रणमा लिई घटना सम्बन्धमा अनुसन्धान भईरहेको व्यहोरा प्रेस विज्ञप्ति मार्फत प्रहरीले जनाएको छ ।
https://www.culturalsurvival.org/news/kathmandus-newar-indigenous-community-warns-climate-change-destroying-their-ancient-culture
Featured Posts – Style 1
दोश्रो मधेश कानुनी शिक्षा सम्मेलन कार्यक्रममा सन्त रामपाल जी महाराजको तर्फबाट निःशुल्क भण्डारा
2026-11-04 Comments Off on दोश्रो मधेश कानुनी शिक्षा सम्मेलन कार्यक्रममा सन्त रामपाल जी महाराजको तर्फबाट निःशुल्क भण्डारा
दोश्रो मधेश कानुनी शिक्षा सम्मेलन कार्यक्रममा सन्त रामपाल जी महाराजको तर्फबाट निःशुल्क भण्डारा न्याय घर र नयाँ नेपाल सामाजिक संस्थाको...
४६ औं तःमुज्याका उत्कृष्ठ पुरुष कलाकारको मृत्यु, आज गरियो पशुपतिमा अन्तिम संस्कार
2026-11-04 Comments Off on ४६ औं तःमुज्याका उत्कृष्ठ पुरुष कलाकारको मृत्यु, आज गरियो पशुपतिमा अन्तिम संस्कार
४६ औं तःमुज्याका उत्कृष्ठ पुरुष कलाकारको मृत्यु, आज गरियो पशुपतिमा अन्तिम संस्कारभक्तपुर । ४६ औं नेपाल भाषा साहित्य तःमुज्यामा प्रस्तुत...
स्वतन्त्र पत्रकार संघका पदाधिकारीहरूलाई ड्रोन उडानसम्बन्धी व्यावहारिक प्रशिक्षण
2026-11-04 Comments Off on स्वतन्त्र पत्रकार संघका पदाधिकारीहरूलाई ड्रोन उडानसम्बन्धी व्यावहारिक प्रशिक्षण
स्वतन्त्र पत्रकार संघका पदाधिकारीहरूलाई ड्रोन उडानसम्बन्धी व्यावहारिक प्रशिक्षण भक्तपुर, कात्तिक — आधुनिक प्रविधिको प्रयोगमार्फत पत्रकारितालाई थप प्रभावकारी र गतिशील बनाउने...
दासत्वबाट मुक्ति दिलाएको खुसियालीमा सुरुआत गरिएको नेपाल संवत्को औचित्य पुष्टि गर्ने क्षेत्रमा काम गर्ने : सुगतरत्न कंसाकार ।
2026-11-04 Comments Off on दासत्वबाट मुक्ति दिलाएको खुसियालीमा सुरुआत गरिएको नेपाल संवत्को औचित्य पुष्टि गर्ने क्षेत्रमा काम गर्ने : सुगतरत्न कंसाकार ।
दासत्वबाट मुक्ति दिलाएको खुसियालीमा सुरुआत गरिएको नेपाल संवत्को औचित्य पुष्टि गर्ने क्षेत्रमा काम गर्ने : सुगतरत्न कंसाकार । कात्तिक १८...
एक स्वास्थ्य कार्यान्वयनमा वालिङको पहलः समुदायको आवाजदेखि साझा प्रतिबद्धतासम्म
2026-11-04 Comments Off on एक स्वास्थ्य कार्यान्वयनमा वालिङको पहलः समुदायको आवाजदेखि साझा प्रतिबद्धतासम्म
एक स्वास्थ्य कार्यान्वयनमा वालिङको पहलः समुदायको आवाजदेखि साझा प्रतिबद्धतासम्मशुष्मा वोस्तीस्याङ्जा, १८ कात्तिकविश्व एक स्वास्थ्य दिवस २०२६ को अवसरमा स्याङ्जाको वालिङ...













