दासत्वबाट मुक्ति दिलाएको खुसियालीमा सुरुआत गरिएको नेपाल संवत्को औचित्य पुष्टि गर्ने क्षेत्रमा काम गर्ने : सुगतरत्न कंसाकार ।
कात्तिक १८ गते । केके मानन्धर ।
केन्द्रीय मानन्धर संघले नेपाल संवत् न्हूदँ राष्ट्रिय समारोह समिति ११४७ को लागि नवनियुक्त अध्यक्ष सुगतरत्न कंसाकारलाई बधाई तथा शुभकामना दिइएको छ । काठमाडौंको दैसाः टोलमा कार्यक्रम गरी कंसाकारको एकवर्षे कार्यकाल सफलताको लागि शुभकामना दिइएको हो । “विश्वभर कम्तीमा १९५ वटा देशहरु अस्तित्वमा छन् । तर संवत् जम्मा १२ मात्र । त्यसमध्ये नेपाल संवत् पनि हो ।” कार्यक्रममा मन्तव्य राख्ने क्रममा कंसाकारले बताए । नेपाललाई सगरमाथा र लुम्बिनी क्षेत्रले विश्वसामु चिनाए जस्तै नेपाल संवत्को प्रचारले पनि उतिकै भूमिका खेल्नसक्ने उहाँले उल्लेख गरे ।
हुनपनि विश्वभर प्रचलनमा रहेका अधिकांश संवत् धर्म र राजामहाराजाहरुको नामबाट चलाइएका छन् । तर आजभन्दा ११४७ वर्ष अगाडि राजा राघवदेवको पालामा राष्ट्रिय विभूति शंखधर साख्वाःले नेपाल देशको नाममा नेपाल संवत् प्रचलनमा ल्याएका हुन् । उहिले शासकको दासत्वबाट मुक्ति दिलाएर त्यसको खुसियालीमा संवत् सुरुआत गरिएको बताइन्छ ।
नेपाल संवत् न्हूदँ राष्ट्रिय समारोह समितिले नेपाल संवत्को महत्त्व प्रचारप्रसार, संरक्षण तथा राष्ट्रियस्तरमा प्रवद्र्धन गर्ने क्षेत्रमा काम गर्दैआएको छ । ३५ सदस्यीय सचिवालय, १०७ सदस्यीय समिति तथा विभिन्न काम गर्नको लागि २० वटा उपसमिति बनाइएका छन् । समितिले नेपाल संवत्को नयाँ वर्षलाई राष्ट्रियस्तरमा भव्य रूपमा मनाउने, भिन्तुना सभा तथा सांस्कृतिक ¥याली आयोजना गर्ने, राष्ट्रिय विभूति शंखधर साख्वाःको योगदान र इतिहासको प्रचारप्रसार गर्ने, संवत्लाई सरकारी कामकाज तथा व्यवहारमा प्रयोग गराउने क्षेत्रमा काम गर्दैआएको छ ।














