भक्तपुर नगरका २ हाजर ७ सयले राहात पाउँदै

भक्तपुर, चैत्र ३०
पहिचान गरेका २ हजार ७ सय घर परिवारलाई भक्तपुर नगरपालिकाले आईतबार राहात वितरण थालेको वडा नम्वर ९का वडाध्यक्ष रविन्द्र ज्याख्वले बताउनु भएको छ । वडावडामा समन्वय समितिमार्फत घर दैलोमै पुगेर भक्तपुर नगरपालिकाले २ हजार ७ सय राहात पाउने घर परिवारका लागि राहात कार्ड वितरण भएको उहाँले बताएका हुन । स्थानीय वडाका जनप्रतिनिधी, कर्मचारी र स्वयंसेवकहरुले घर घरमै पुगेर राहात कार्ड विवरण गरेसकेपछि राहात कार्ड अनुसार राहात वितरण थालेको हो । संकलति विवरण अनुसार लक डाउनको समयमा स्ववासी भन्दा बाहिरबाट डेरामा बसिरहेका समुदाय बढी राहात वितरण लिष्टमा रहेको बताइएको छ । जो जहाँबाट आएर लक डाउनमा भक्तपुर नगरमा बसेको भए पनि नगरका १ देखि १० वटै वडाबाट समान रुपमा राहात वितरणको व्यवस्था गरेको छ । छुटेका कोही समुदाय भए उहाँहरुको विवरण संकलन गरी थप राहात वितरण पनि गर्न सकिने नगरपालिका श्रोतले जनाएको छ । घर घरमा पुगेर विवरण संकलन गर्दा घर धनीले आफ्नो घरमा बस्नेलाई राहात वितरण गर्न आवश्यक नभएको भनि घरधनीले नै भने गरेकाले पनि केही विपन्न डेरावालाहरु छुन सक्ने भन्दै थप राहातको व्यवस्था समेत गर्ने बताएको हो । भनपा ८का जनप्रतिनिधी महेन्द्र खायमलीका अनुसार सो वडामा आज ३ सय ५० घर परिवारलाई राहात वितरण गर्ने छ भने भनपा १० मा ६ सय जनालाई आजै राहत वितरणको तयारी भएको जनप्रतिनिधी जितेन्द्र मुनकर्मीले बताउनु भयो भने भनपा २ मा २ सय ३ जना राहात कार्ड पाएका समुदायलाई राहात बितरणको व्यवस्था गरेको भक्तपुर नगरपालिकाका कर्मचारी कृष्णगोविन्द सुवालले बताउनु भउनु भयो । राहात वितरणको सूचीमा परेका न्यून आय भएका दुई हजार सत सय परिवार मध्ये दुई जना सदस्य भएका परिवारलाई १० किलो चामल, १ किलो दाल, १।१ पाकेट टेल, नुन र दुई भन्दा बढी सदस्य भएका परिवारका लागि २० किलो चामल, २ किलो दाल, २ पाकेट टेल र नुन समुदायलाई राहात सवरुप वितरणको व्यवस्था गरेको छ । राहात वितरणको लागि भक्तपुर नगरपालिकाले एक करोडको राहात कोष स्थापना गरेको थियो ।भने सो राहात कोषमा केन्द्रीय सरकारको १५ लाख र प्रदेशको १२ लाख सहित विभिन्न क्षेत्रबाट उपलब्ध गराएको राहात रकम पनि जम्मा भएको नगरपालिकाका प्रशासकीय अधिकृत दामोदर सुवालले जनाएको छ । कोषमा जम्मा भएको रकमबाट पनि राहात वितरणलाई अपुग भए रकमान्तर गरेर भए पनि पर्याप्त राहात वितरणको ब्यवस्था गर्ने नगरपालिकाले निर्णय गरिसकेको छ ।