भक्रपुर, चैत्र २६ गते
लक डाउनबाट अति प्रभावित समुदायमा राहात सामग्री वितरणकालागि भक्तपुरका चारवटा नगरपालिकाहरुलाई नेपाल रेडक्रस सोसाइटी भक्तपुर शाखाले नगद सहयोग गर्ने घोषणा गरेको छ । जिल्लाका ४ वटै नगरपालिकाहरुलाई एक एक लाख रुपियाँ आर्थिक सहयोग गर्ने भएको रेडक्रस भक्तपुरका सभापति मनोजकुमार थापाले बताएका छन् । विपतिहरुमा सधै राहात वितरण गर्दै आएको रेडक्रसले सरकारको एकद्धार प्रणालीबाट राहात वितरणको व्यवस्था गर्न गरेको आह्वानलाई ध्यान दिएर सो रकम भक्तपुरका नगरपालिकाहरुमा सहयोग दिन लागेको सभापति थापाले बताए ।
भक्तपुर जिल्लाको मध्यपुर थिमी नगरपालिका, सूर्यविनायक नगरपालिका र चाँगुनारायण नगरपालिकाले राहात वितरण थालि सकेको छ भने भक्तपुर नगरपालिकाले राहात वितरणका लागि विवरण संकलन र आवश्यक तयारी थालि रहेको छ । राहात वितरणको क्रममा न्यून आय भएका राहात वितरण नै गर्नुपर्ने व्यक्ति परिवारको संख्या बढ्न थालेपछि रेडक्रसले पनि आफ्नो तर्फबाट पहिलो पटक राहातका लागि सो रकम प्रदान गरेको सभापति थापाले बताए । विपदको बेला रेडक्रससँग भएको गैर खाद्य सामग्री वितरण र क्वारेन्टाइन निर्माण तथा व्यवस्थापनका लागि समेत सहयोग पुर्याउन तरपर रहेको बताए । कोरना भाइरसको विश्वब्यापी प्रभावको बेला पनि रक्तसञ्चार र एम्बुलेन्स सेवालाई थप व्यवस्थित गर्दै चुस्त बनाएको उल्लेख गर्दै नगरपालिकाहरुलाई अवश्यक परेको बेला भक्रपुरका तालिम प्राप्त रेडक्रसकर्मीहरुलाई पनि परिचालन गर्न सकिने उहाँले बताए । हालै खरिपाटी क्वारेन्टाइनमा राखिएका ९६ जनाको लागि समेत सावुन, माक्स, टुटप्रेस लगायत अतिआवश्यक सरसफाईका सामग्री उपलब्ध गराएको रेडक्रस भक्तपुरले आफूसँग भएको खैरखाद्य सामग्रीको अवस्था बारे समेत नगरपालिकाहरुलाई जानकारी दिईसकेकाले नगरपालिकाहरुले आवश्यकता अनुसार रेडक्रसको स्रोत परिचालन गर्नेमा विश्वस्त रहेको सभापति थापाले बताए । भक्तपुर नगर र मध्यपुरथिमी नगर क्षेत्रका विपन्न, दलित, एकल, जेष्ठ, न्यून आय भएका, भूमिहिन, सडक किनाराका खुद्रा व्यापारीसहित विभिन्न ८ वटा समूह बनाएर उत्थानशिल नगर प्रवर्धन तथा सहभागिता कार्यक्रम सञ्चालन गर्दै आएको भक्तपुर रेडक्रसले भक्तपुरका ७ वटा उपशाखाहरुमार्फत २५।२५ हजारको आपतकालिन कोष स्थापना गरी गत हप्ता देखि स्थानीय समुदायका लागि अत्यावश्यक क्षेत्रमा सहयोग पुर्याउदै आएको छ ।
https://www.culturalsurvival.org/news/kathmandus-newar-indigenous-community-warns-climate-change-destroying-their-ancient-culture
Featured Posts – Style 1
इतिहासविद् डा. प्रा. पुरुषोत्तमलोचन श्रेष्ठ रेडियो जनसञ्चार र जनसञ्चार टेलिभिजनद्वारा सम्मानित
2026-10-16 Comments Off on इतिहासविद् डा. प्रा. पुरुषोत्तमलोचन श्रेष्ठ रेडियो जनसञ्चार र जनसञ्चार टेलिभिजनद्वारा सम्मानित
इतिहासविद् डा. प्रा. पुरुषोत्तमलोचन श्रेष्ठ रेडियो जनसञ्चार र जनसञ्चार टेलिभिजनद्वारा सम्मानित भक्तपुर इतिहास, पुरातत्त्व तथा संस्कृतिका क्षेत्रमा अतुलनीय योगदान पुर्याउनुभएका...
देको मिवा ईतापाके जग्गा एकीकरण आयोजनासम्बन्धी भक्तपुर नगरपालिकाको महत्त्वपूर्ण सूचना
2026-10-16 Comments Off on देको मिवा ईतापाके जग्गा एकीकरण आयोजनासम्बन्धी भक्तपुर नगरपालिकाको महत्त्वपूर्ण सूचना
देको मिवा ईतापाके जग्गा एकीकरण आयोजनासम्बन्धी भक्तपुर नगरपालिकाको महत्त्वपूर्ण सूचना भक्तपुर। भक्तपुर नगरपालिकाद्वारा सञ्चालित 'देको मिवा ईतापाके जग्गा एकीकरण आयोजना'...
सूर्यविनायक अन्तर वडास्तरीय फुटबल: वडा नं. १० बन्यो च्याम्पियन, ट्रफीसहित पाए एक लाख
2026-10-16 Comments Off on सूर्यविनायक अन्तर वडास्तरीय फुटबल: वडा नं. १० बन्यो च्याम्पियन, ट्रफीसहित पाए एक लाख
सूर्यविनायक अन्तर वडास्तरीय फुटबल: वडा नं. १० बन्यो च्याम्पियन, ट्रफीसहित पाए एक लाख भक्तपुर, ३० असोज। सूर्यविनायक नगरपालिकाद्वारा आयोजित अन्तर...
दसैँ राष्ट्रिय पहिचान र सुरक्षासँग जोडिएको पर्व हो: संस्कृतिविद् प्रा.डा. श्रेष्ठ
2026-10-16 Comments Off on दसैँ राष्ट्रिय पहिचान र सुरक्षासँग जोडिएको पर्व हो: संस्कृतिविद् प्रा.डा. श्रेष्ठ
दसैँ राष्ट्रिय पहिचान र सुरक्षासँग जोडिएको पर्व हो: संस्कृतिविद् प्रा.डा. श्रेष्ठ भक्तपुर । स्वतन्त्र पत्रकार संघ भक्तपुरले शुक्रबार भक्तपुरमा ‘दसैँ...
भक्तपुर योङ्ग सर्कलद्वारा ‘अन्तर सदयीय उडबल प्रतियोगिता’ आयोजना हुँदै
2026-10-16 Comments Off on भक्तपुर योङ्ग सर्कलद्वारा ‘अन्तर सदयीय उडबल प्रतियोगिता’ आयोजना हुँदै
भक्तपुर योङ्ग सर्कलद्वारा 'अन्तर सदयीय उडबल प्रतियोगिता' आयोजना हुँदै भक्तपुर। "कला, खेलकूद र मित्रता - युवा जगतको आवश्यकता" भन्ने मूल...














