भक्तपुरमा श्रमिक बचत तथा ऋण सहकारी संस्थाको २३औँ वार्षिक साधारणसभा सम्पन्न
भक्तपुर, असोज २५ गते
सूर्याविनायक नगरपालिका–८, जगातीस्थित श्रमिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो २३औँ वार्षिक साधारणसभा आज आयोजना गरेको छ । संस्थाको सञ्चालक समितिको निर्णयअनुसार संस्थाका सदस्य एवं समाजसेवी नारायणवहादुर दुवालको प्रमुख आतिथ्यतामा महेश्वरी ब्याङ्क्वेटमा आज साधारणसभा आयोजना गरिएको हो । ७० वर्ष नाघेका जेष्ठ सदस्यहरुलाई सम्मानसहित विभिन्न सम्मान र पुरस्कार वितरण कार्यक्रमका साथ सो साधारण सभा आयोजना गरेको हो । समुदायमा आधारित सहकारी संघ संस्थाले साधारणसभा मार्फत सदस्य समुदायलाई सहकारी अयिभानमा बारे सचेतना दिन सकिने भन्दै कार्यक्रमका विशेष अतिथि भक्तपुर जिल्ला वचत तथा ऋण सहकारी संघका निर्वतान अध्यक्ष एवं सहकारीविद् कृष्णगोविन्द लाखाजुले सहकारी संघ संस्थाबाट समुदायको आर्थिक, सामाजिक, साँस्कृतिक स्तर उकास्न सदस्य आफै पनि सचेत हुनुपर्नेमा जोड दिनु भयो ।
कार्यक्रममा संस्थाका सल्लाहकार लक्ष्मीभक्त कवां, गणेराम सुवाल, कानुनी सल्लाहकार विकल प्रजापति सहितका अतिथिहरुले श्रमिक साकोसले प्रचलित निति र विधि अनुसार समुदायको सक्रिय सहभागितामा सामाजिक, साँस्कृतिक गतिविधि आयोजना गर्दै आएको बताउनु भयो । कार्यक्रमका प्रमुख अतिथि दुवालले सो अवसरमा जेष्ठ सदस्यहरु सम्मानित गर्दै एसईई उत्र्तीण सदस्यहरु, माकप्याखं र अन्य कलाकारहरुलाई प्रशंसा पत्र तथा प्रमाण पत्र वितरण गर्नु भयो ।
संस्थाका अध्यक्ष कृष्णनारायण मचामसीको सभापतित्वमा आयोजित सो साधारण सभामा निम्न विषयमा छलफल गरी श्रमिक साकोसको २३ औं वार्षिक साधारण सभा सम्पन्न गरेको थियो
१. आर्थिक वर्ष २०८२÷८३ को वार्षिक प्रगति प्रतिवेदन तथा भावी कार्यक्रम पारित ।
२. आव २०८२÷८३ को आय–व्यय प्रस्तुत गर्ने र आव २०८३÷८४ को अनुमानित बजेट पारित ।
३. लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन पेस ।
४. आव २०८२÷८३ को लेखा परीक्षकको प्रतिवेदन र आव २०८३÷८४ का लागि नयाँ लेखा परीक्षकको नियुक्ति तथा पारिश्रमिक पारित
५. विविध विषयहरू। सदस्यहरूका लागि विशेष सुविधा उपस्थित शेयर सदस्यहरूलाई खाजा खर्च (कर कट्टी पछि) रू. ४००÷– र बाल बचतकर्ता सदस्यहरूलाई रू. १५०÷– प्रदान गरेको प्रमाणिकरण गरियो । साथै सो अवसरमा प्रतिभाशाली बालबालिकालाई सम्मानः शैक्षिक सत्र २०८२ मा एसईई परीक्षा उत्तीर्ण गरेका बाल तथा शैक्षिक बचतकर्ताहरूलाई पुरस्कार र प्रशंसा–पत्र वितरण गरिएको थियो। यसै गरी ज्येष्ठ नागरिक सम्मान अन्तर्गत ७० वर्ष पुगेका ज्येष्ठ सदस्यहरूलाई साधारणसभामा विशेष सम्मान गरिएको थियो । सो अवसरमा आव २०८२÷०८३ मा न्यूनतम रू. १५,०००÷– सम्मको शेयर खरिद गर्ने सदस्यहरूलाई विशेष उपहारका रुपमा मायाको चिनो प्रदान गरिएको थियो ।
सो अवसरमा शेयर सुविधा रकम नियमित बचत खातामा जम्मा र आवश्यक शेयर सदस्यहरूले असोज २७ गतेदेखि उक्त रकम निकाल्न सक्ने बताएको छ
https://www.culturalsurvival.org/news/kathmandus-newar-indigenous-community-warns-climate-change-destroying-their-ancient-culture
Featured Posts – Style 1
भक्तपुरमा श्रमिक बचत तथा ऋण सहकारी संस्थाको २३औँ वार्षिक साधारणसभा सम्पन्न
2026-10-12 Comments Off on भक्तपुरमा श्रमिक बचत तथा ऋण सहकारी संस्थाको २३औँ वार्षिक साधारणसभा सम्पन्न
भक्तपुरमा श्रमिक बचत तथा ऋण सहकारी संस्थाको २३औँ वार्षिक साधारणसभा सम्पन्नभक्तपुर, असोज २५ गतेसूर्याविनायक नगरपालिका–८, जगातीस्थित श्रमिक बचत तथा ऋण...
तःमुंज्या प्रचारार्थ बासुरीबाजा तथा नृत्य प्रदर्शनी सम्पन्न
2026-10-11 Comments Off on तःमुंज्या प्रचारार्थ बासुरीबाजा तथा नृत्य प्रदर्शनी सम्पन्न
तःमुंज्या प्रचारार्थ बासुरीबाजा तथा नृत्य प्रदर्शनी सम्पन्नभक्तपुर, असोज २५ गते । ४६ औं नेपालभाषा साहित्य तःमुंज्याको प्रचारार्थ आज बासुरीबाजा तथा...
गुरु गणेश साकोसमा सिंहावलोकन तथा विजया दशमीको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
2026-10-11 Comments Off on गुरु गणेश साकोसमा सिंहावलोकन तथा विजया दशमीको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
गुरु गणेश साकोसमा सिंहावलोकन तथा विजया दशमीको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भक्तपुर, २५ असोज । गुरु गणेश बचत तथा...
भक्तपुरको त्रिपुरा सुन्दरी मन्दिर परिसरमा बाल चित्रकला प्रतियोगिता सम्पन्न, विजेताहरूलाई पुरस्कार वितरण
2026-10-10 Comments Off on भक्तपुरको त्रिपुरा सुन्दरी मन्दिर परिसरमा बाल चित्रकला प्रतियोगिता सम्पन्न, विजेताहरूलाई पुरस्कार वितरण
भक्तपुरको त्रिपुरा सुन्दरी मन्दिर परिसरमा बाल चित्रकला प्रतियोगिता सम्पन्न, विजेताहरूलाई पुरस्कार वितरण भक्तपुर — भक्तपुरको ऐतिहासिक त्रिपुरा सुन्दरी मन्दिर परिसरमा...
प्रभात माध्यमिक विद्यालयका पूर्व विद्यार्थीहरूद्वारा ‘पेसा कप २०८३’ आयोजना हुँदै
2026-10-10 Comments Off on प्रभात माध्यमिक विद्यालयका पूर्व विद्यार्थीहरूद्वारा ‘पेसा कप २०८३’ आयोजना हुँदै
प्रभात माध्यमिक विद्यालयका पूर्व विद्यार्थीहरूद्वारा 'पेसा कप २०८३' आयोजना हुँदै भक्तपुर — प्रभाव गुठीद्वारा सञ्चालित प्रभात माध्यमिक विद्यालयका पूर्व विद्यार्थीहरूको...












