गुरु गणेश साकोसमा सिंहावलोकन तथा विजया दशमीको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न 

गुरु गणेश साकोसमा सिंहावलोकन तथा विजया दशमीको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न 

भक्तपुर, २५ असोज । गुरु गणेश बचत तथा ऋण सहकारी संस्था लिको १९ औं वार्षिक साधारणसभा तथा छैठौं अधिवेशनको सिंहावलोकन तथा विजया दशमीको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम संस्थाका अध्यक्ष रामकृष्ण लावजूको सभापतित्वमा संस्थाको सभाकक्षमा आइतबार सम्पन्न भयो । 

कार्यक्रममा सल्लाहकार रामकृष्ण प्रजापतिले विजया दशमी तथा दिपावलीको शुभकामना दिदैं स्वास्थ्यलाई ख्यालमा राखी खानपानमा ध्यान दिनुपर्ने र सभ्य र मितव्ययी खर्चमा अन्धविश्वासमा होइन  माक्र्सवादी दृष्टिकोणबाट  दशैं मनाउन अनुरोध गर्नुभयो । उहाँले पदको स्वार्थ भन्दा पनि काम गरेर देखाउन र पद हस्तान्तरण तथा पुस्तान्तरण गर्नुपर्नेमा बिशेष जोड दिनु भयो । उहाँले जहिलेपनि सहकारीको मूल नारा सदस्यहरुको आर्थिक र सामाजिक स्तर उकासी आदर्श समाज बनाउने भएकोले सोही आधारमा कामकाज गरी आ.व.२०८३।०८४ को बजेट तथा कार्यक्रमको लक्ष्य के कति प्राप्त भईरहेको छ भनि समयसमयमा मूल्याड्ढन गर्नुपर्छ भन्नुभयो । उहाँले बचत तथा ऋण लगानीलाई ब्यवस्थित गरी खर्चलाई मितव्ययी गरेर नाफामा जोड दिनुपर्छ र सहकारीको र सदस्यको हितलाई ध्यानमा राखेर आर्थिक कारोवार गर्नुपर्नेमा जोड दिनु भयो । 

कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष सत्यराम ज्ञामरु, संचालन सचिव तुल्सी केशरी छुंजू (प्रजापति), कोषाध्यक्ष राजु बजिकों, लेखापढि सल्लाहकार न्हुछे भक्त कोजू, संचालक समितिका सदस्यहरु चम्पा ज्ञामरु, तुल्सीराम प्याठ, सिद्धान्त प्रजापति, हरिकृष्ण प्रजापति, राजन चित्रकार, लेखा संयोजक सीता लक्ष्मी कोजू, उपसमिति सदस्य सुवर्ण प्रजापतिले शुभकामना र राम्रो पक्ष र सुधार गर्नुपर्ने बिषयमा आआफ्नो धारणा राख्नुभयो