नवौं भक्तपुर औद्योगिक मेला सम्पन्न, भोलि विशेष साँस्कृतिक कार्यक्रम हुने
भक्तपुर, बैशाख ७ गते
नवौ भक्तपुर औद्योगिक, सांस्कृतिक, पर्यटन, कृषि तथा व्यापार महोत्सव व्यापारकोलागि मात्र नभई सामाजिक अभियानको लागि पनि भएको भन्दै सूर्यविनायक नगरपालिकाका प्रमुख बासुदेव थापाले विक्रेता र उपभोक्ता बीच एकता कायम गर्ने महोत्सव भएको बताएका छन् । हरेक वर्ष आयोजना हुँदै आएको महोत्सवले आपसी मेलमिलापका लागि सम्पूर्ण सामग्री एक्कै ठाउँमा पाउने व्यवस्था गरेको जनाएको छ । महोत्सवबाट गरेको आम्दानीबाट क्यान्सर रोगीलाई सहयोग र कलाकारहरुलाई सम्मेत सम्मानित गरेको चर्चा गर्दै सो अवसरमा वरिष्ठ गितकार शुभाष चन्द ढुंगेललाई सम्मानित गरेको थियो । गत चैत्र २८ गते सांसद दुर्लभ थापाले उद्घाटन गरेको सो महोत्सवको आज नगर प्रमुख बासुदेव थापाले औपचारिक रुपमा समापन गरेका हुन । सो अवसरमा विशेष अतिथिको रुपमा नेकपा एमाले भक्तपुरका अध्यक्ष वचत देउजाले एउटै ठाउँमा धेरै चीजहरुको मेला हुनु राम्रो पक्ष भएको बताएका थिए । कार्यक्रममा सूर्यविनायक नगरपालिकाका उपप्रमुख सरिता भट्टराई सहित, भक्तपुरका क्रियाशिल पत्रकारहरुको आतिथ्यतामा समापन कार्यक्रम आयोजना गरेको थियो । सो अवसरमा महोत्सवका क्रममा आयोजित नृत्य प्रतियोगिताका विजेताहरुलाई पुरस्कृत गर्नुका साथै विभिन्न कलाकारहरुबाट साँस्कृतिक कार्यक्रम पनि प्रस्तुत गरेको थियो ।
१ सय ५० भन्दा बढी स्थलहरु रहेको सो महोत्सवको अवसरमा ३ लाख भन्दा बढीले अवलोकन गर्नुका साथै ४ करोड भन्दा बढी कारोवार भएको आयोजक समितिका सयोजक दिपक थापाले अनुमान गरेको छ । समापन पश्चात बैशाख ८ गते विशेष साँगितिक कार्यक्रमको आयोजना हुने संयोजक थापाले जनाएको छ ।
Featured Posts – Style 1
‘भक्तपुर विकास सहयोग संघ’ द्वारा पठाइएको १०० थान शव व्यवस्थापन ब्याग रसुवा प्रजिअ कार्यालय पुग्यो
2026-09-01 Comments Off on ‘भक्तपुर विकास सहयोग संघ’ द्वारा पठाइएको १०० थान शव व्यवस्थापन ब्याग रसुवा प्रजिअ कार्यालय पुग्यो
‘भक्तपुर विकास सहयोग संघ’ द्वारा पठाइएको १०० थान शव व्यवस्थापन ब्याग रसुवा प्रजिअ कार्यालय पुग्यो काठमाडौँ / भक्तपुर‘भक्तपुर विकास सहयोग...
४६ औं तःमुज्याको ग्वसाखलको आज गरियो उद्घाटन ।
2026-08-30 Comments Off on ४६ औं तःमुज्याको ग्वसाखलको आज गरियो उद्घाटन ।
४६ औं तःमुज्याको ग्वसाखलको आज गरियो उद्घाटनभक्तपुर, १४ भदौंनेपाल भाषा साहित्य तःमुज्याको ४६ औं सृखला गोल्मढीमा हुने भएसँगै सो तःमुज्याको...
लोककल्याणकारी विज्ञापनको रकम कटौतीको निर्णय फिर्ता लिन काठमाडौं शाखाको माग, नसच्याए चरणबद्ध आन्दोलनको चेतावनी
2026-08-30 Comments Off on लोककल्याणकारी विज्ञापनको रकम कटौतीको निर्णय फिर्ता लिन काठमाडौं शाखाको माग, नसच्याए चरणबद्ध आन्दोलनको चेतावनी
लोककल्याणकारी विज्ञापनको रकम कटौतीको निर्णय फिर्ता लिन काठमाडौं शाखाको माग, नसच्याए चरणबद्ध आन्दोलनको चेतावनी काठमाडौं । नेपाल पत्रकार महासंघ काठमाडौं...
बाढी प्रभावितलाई टिआई नेपालद्वारा निरंतर सहयोगको आह्वान
2026-08-30 Comments Off on बाढी प्रभावितलाई टिआई नेपालद्वारा निरंतर सहयोगको आह्वान
बाढी प्रभावितलाई टिआई नेपालद्वारा निरंतर सहयोगको आह्वानभक्तपुर, भाद्र १४ गतेभाद्र १० गतेका दिन भोटेकोशीको नदि र त्रिशुली नदि क्षेत्रमा आएको...
महाकाली र लाखे नाचका प्रशिक्षार्थीलाई दीक्षान्त तथा गुरु सम्मान कार्यक्रम सम्पन्न
2026-08-28 Comments Off on महाकाली र लाखे नाचका प्रशिक्षार्थीलाई दीक्षान्त तथा गुरु सम्मान कार्यक्रम सम्पन्न
महाकाली र लाखे नाचका प्रशिक्षार्थीलाई दीक्षान्त तथा गुरु सम्मान कार्यक्रम सम्पन्नभक्तपुर भाद्र १२ गते । मुक्ति संगीत प्रशिक्षण केन्द्र भक्तपुरको...














