अन्तर नगर महिला कबडडी प्रतियोगितामा मैलोली नगरपालिको जित

अन्तर नगर महिला कबडडी प्रतियोगितामा मैलोली नगरपालिको जित
भक्तपुर, चैत्र ३ गते
देशमै पहिलो पटक भएको अन्तर नगर महिला कबडडी प्रतियोगिता २०८०मा मैलोली नगरपालिका प्रथम हुन सफल भएको छ । आज भक्तपुरमा आयोजित फाइनल खेलमा मेलौली नपाका खेलाडीहरुले प्रतिद्ध्न्दी बुटबल उपमहानगरपालिकालाई २२ विरुद्ध ५२ अंकले पराजित गरेका हुन । तेस्रो र चौथौंमा पोखरा महानगरपालिका र भिमदत्त नगरपालिका भएका थिए । आज भएको फाइनल खेल सम्पन्न भएपछि नेमकिपा सचिव एवं सांसद प्रेम सुवाल, भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले नगद सहित मेडल तथा प्रमाण पत्रहरु वितरण गरेको थियो ।
भक्तपुर नगरपालिकाले शहीद स्मृति खेल मैदानमा फाल्गुण १८ गतेबाट सुरु गरेकोे अन्तर नगर महिला कबड्ी प्रतियोगितामा विभिन्न नगरपालिकाहरुका १५ओटा टिमले प्रतिस्पर्धा गरेका थिए । प्रतियोगितामा प्रथम हुनेलाई नगद रु १ लाख ५० हजार देस्रो हुनेलाई १ लाख तथा तेश्रो र चौथौं हुनेलाई नगद रु ५०।५० हजार नगद सहित पुरस्कृत गरेको थियो ।