दशैंमा बजार अनुगमन

दशैंमा बजार अनुगमन

भक्तपुर, २८ असोज । भक्तपुर नगरपालिका अनुगमन समितिका संयोजक राजकृष्ण गोराको नेतृत्वमा सुकुलढोका रहेको पसलहरुमा बजार अनुगमन भयो । दर्ता नभएको र म्याद नाघेको समानहरु भेटिएकोले दशैंको हुलमुल विक्रि वितरण गर्ने मनसायले राखेकोले जफत गरिएको बताउनुभयो ।
अनुगमनमा शाख मार्ट २ बर्षको नविकरण बाकी भएकोले नविकरण गर्न, प्याकेजि· सामानमा खाद्य अनुज्ञापत्र लिई लेवल राखी मात्र विक्रिवितरण गर्न निर्देशन दिई म्याद नाघेको सामान ओइट मिल २ बट्टा नष्ट गर्न निर्देशन दियो ।
त्यस्तै जय माता जी फ्रुट सेन्टरमा सरसफाईमा ध्यान दिन, बासी सडेगलेको फलफुल विक्रि वितरण नगर्न निर्देशन दियो ।
त्यस्तै जय सन्तोषि मा“ फलफुल मसलको दर्ता कागजातदेखि ओखरको खरिद विलसमेत नभएकोले कागजात सहित तीन दिन भित्र नगरपालिकामा उपस्थित हुन, प्याकेजि· सामान ओखरमा खाद्य अनुज्ञापत्र लिई लेवल राखी मात्र विक्रिवितरण गर्न र म्याद नाघेको सामानहरु डाइजेस्टिभ विस्कुट ५ पाकेट, क्यानवेरी १ वटा, फ्रुटि १ वटा जफत गरी नष्ट गरियो ।
त्यस्तै भक्तपुर मिनि मार्टमा पनि अनुगमन गरियो ।
अनुगमनमा विदेशबाट आउने ड्राइ फुडमा भन्सार छली ल्याएका सामानहरु सस्तोमा फुटपाथमा विक्रि वितरण नियन्त्रण गर्नुपर्ने र फुटपाथमा विक्रि हुने नरिवाल, ओखर लगायतका विक्रेताहरुले भ्याट समेत नतिर्ने जसले गर्दा सस्तोमा विक्रि गर्ने तर भन्सार तिरेर भ्याट तिर्नेको समान महगो हुने भएकोले त्यस्ता विक्रेता र सामानहरु जिल्ला प्रशासन र जिल्ला प्रहरीबाट नियन्त्रण गर्नुपर्ने व्यवसायी जितेन्द्र सुवालले बताउनुभयो ।
अनुगमन समितिका सदस्य श्यामकृष्ण खत्री सुवाल, रिता फसिकवा, भनपा श्यानिटेशका न.नि. दिलिपकुमार सुवाल, वडा निरिक्षक रामकृष्ण प्रजापति, कर शाखाका राजन लिवी, राष्ट्रिय उपभोक्ता मञ्चका लक्ष्मी भण्डारी, उद्योग बाणिज्य संघका विश्वनाथ मगजु, भक्तपुर घरेलु तथा साना उद्योग संघका सुमित्रा श्रेष्ठ, उद्योग–बाणिज्य तथा पर्यटन कार्यालयका लक्ष्मी प्रसाद कासुला, नगरप्रहरी एलिना न्हेम्हाफुकी र सुजन कुस्माको सहभागी थियो ।