भक्तपुरको त्रिपुरा सुन्दरी मन्दिर परिसरमा बाल चित्रकला प्रतियोगिता सम्पन्न, विजेताहरूलाई पुरस्कार वितरण
भक्तपुर — भक्तपुरको ऐतिहासिक त्रिपुरा सुन्दरी मन्दिर परिसरमा आज बाल चित्रकला प्रतियोगिता भव्यताका साथ सम्पन्न भएको छ। त्रिपुरा सुन्दरी क्षेत्रको बजारलाई पुनस्र्थापित गर्ने उद्देश्यले स्थानीय पालिका र स्थानीय युवा समूहबीचको सहकार्यमा केही हप्तादेखि सञ्चालन हुँदै आएको ‘हाट बजार’ कार्यक्रमअन्तर्गत नयाँ पुस्तामा सम्पदाप्रतिको आस्था र रुचि जगाउने उद्देश्यले यस प्रतियोगिताको आयोजना गरिएको हो।
आयोजक समितिका सत्यराम सुवालका अनुसार प्रतियोगितामा ३२ जना बालबालिकाहरूले उत्साहजनक सहभागिता जनाएका थिए। बालबालिकाको उमेर समूहका आधारमा तीन चरणमा विभाजन गरी सञ्चालन गरिएको सो प्रतियोगितामा उत्कृष्ट हुनु भएका बालबालिकाहरूलाई आजै स्थानीय जनप्रतिनिधि योगेन्द्रमान बिजुक्छेले पुरस्कार तथा प्रमाणपत्र वितरण गर्नुभयो।
प्रतियोगितामा विजयी हुनु भएका बालबालिकाहरू:
- समूह ५–८ वर्ष:
- बिनम्रा श्रेष्ठ (रोल नं. ०५)
- स्तुति वैद्य (रोल नं. १३)
- रिमान कर्माचार्य (रोल नं. ०६)
- समूह ९–११ वर्ष:
- आरभ बन्धु थापा (रोल नं. १०३)
- विभानी साइनु (रोल नं. ११२)
- स्वोस्निम सुवाल (रोल नं. १११)
- समूह १२–१८ वर्ष:
- प्रयत्न गैञ्जु (रोल नं. ३०१)
- नियसा प्रधानङ्ग (रोल नं. ३०५)
- क्रिविस साइनु (रोल नं. ३०६)
कार्यक्रममा उपस्थित वक्ताहरूले ऐतिहासिक सम्पदा क्षेत्रको संरक्षण र प्रवर्द्धनमा यस्ता रचनात्मक कार्यक्रमहरूले महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका थिए।














