भक्तपुर, चैत्र २६ गते
कल डाउनको समयमा पनि भक्तपुरका बजारहरुको नियमन र अनुगमणलाई निरन्तरता दिएको छ । भक्तपुरका नगरपालिकाका जनप्रतिनिधी, कर्मचारी र जिल्ला प्रशासन कार्यालय सहित सरोकारवाला निकायहरु बजार ब्यवस्थापनको सहजिकरणका लागि लागि परेका हुन ।
कोरना भाइरस रोकथाम, नियन्त्रण, उपचार र राहत वितरण प्रभावकारी बनाउन एकद्वारा प्रणालीलाई आत्म साथ गर्न विपद् व्यवस्थापन केन्द्र भक्तपुरले सरोकारवाला निकायहरुलाई आह्वान पनि गरेको छ । विपद्मा मानविय सहयोग गर्ने संघ संस्थाहरुलाई आफ्ना सहयोगहरुलाई सम्बन्धित नगरपालिकामा बुझाएर एकद्वार प्रणालीबाट वितरणमा सहयोग गर्न आग्रह गरेको हो । जिल्ला विपद व्यवस्थापन केन्द्र भक्तपुरका अध्यक्ष हुमकला पाण्डेले मंगलबार भक्तपुर नगरपालिकाका मेयर सुनिल प्रजापति सहित जनप्रतिनिधीहरुसँग छलफल गर्दै लक डाउनको बेला अति आवश्यक वस्तु र सेवालाई सहज र सरल बनाउन, कृत्रिम अभाव सृजना गरी कालोबजारी गर्न सक्ने सम्भावनालाई ध्यानमा राखी नियमित रुपमा बजार अनुगमन गर्ने र कृत्रिम अभाव तथा बढी मूल्य लिने प्रवृत्तिलाई निरुत्साहित गर्ने र यसको लागि सम्बन्धित भक्तपुर उद्योग वाणिज्य संघ, घरेलु तथा साना उद्योग संघ लगायतसँग समन्वय गर्ने निर्णय गरेको छ । स्वास्थ्य क्षेत्रमा काम गर्ने स्वास्थ्यकर्मी डाक्टर, नर्स र कर्मचारीहरुको लागि आवश्यक पिपिई, पन्जा, मास्क लगायत अन्य सामाग्रीहरु उपलब्ध गराउन सम्बन्धित क्षेत्रमा पहल गर्ने र कोरोना भाइरस रोग लागेमा उपचारको लागि चाहिने आवश्यक सामाग्री तथा उपकरणहरुको व्यवस्था समितिले गर्ने भएको छ । नगरपालिका भित्र विदेशबाट आएका व्यक्तिहरुको विवरण अद्यावधिक गरी ट्रेसिङ्ग र ट्रयाकिङ्ग कार्य सुरक्षा निकाय र वडा कार्यालयहरुले समन्वयात्मक रुपमा मिलाउने भएको छ ।
सो केन्द्रले जिल्लामा विदेशबाट आएका १३४ जनाको पहिचान गरी सेल्फ क्वारेन्टाइनमा रहेको जनाएको छ ।
सो सेन्टरको स्थापनासँगै भक्तपुर जिल्लामा ३ वटा क्वारेन्टाइनस्थलमा २९४ बेड, विभिन्न अस्पतालहरुमा १७ वटा भेन्टिलेटर ८७ वटा आइसोलेसन बेड तयार रहेको र ४ वटा डेडिकेटेट एम्बुलेन्सलाई तयारी अवस्थामा राख्नुका साथै जिल्लामा सञ्चालित २२ वटा एम्बुलेन्सको स्वरुप परिवर्तन गरी सुरक्षित र तयारी अवस्थामा राखिएको छ । जुन विश्वव्यापीरुपमा फैलिएको कोरना भाइरसको महामारीको जोखिम अनुसार निकै कम मात्र तयारी भएको टिप्पणी भएका छन् ।
https://www.culturalsurvival.org/news/kathmandus-newar-indigenous-community-warns-climate-change-destroying-their-ancient-culture
Featured Posts – Style 1
इतिहासविद् डा. प्रा. पुरुषोत्तमलोचन श्रेष्ठ रेडियो जनसञ्चार र जनसञ्चार टेलिभिजनद्वारा सम्मानित
2026-10-16 Comments Off on इतिहासविद् डा. प्रा. पुरुषोत्तमलोचन श्रेष्ठ रेडियो जनसञ्चार र जनसञ्चार टेलिभिजनद्वारा सम्मानित
इतिहासविद् डा. प्रा. पुरुषोत्तमलोचन श्रेष्ठ रेडियो जनसञ्चार र जनसञ्चार टेलिभिजनद्वारा सम्मानित भक्तपुर इतिहास, पुरातत्त्व तथा संस्कृतिका क्षेत्रमा अतुलनीय योगदान पुर्याउनुभएका...
देको मिवा ईतापाके जग्गा एकीकरण आयोजनासम्बन्धी भक्तपुर नगरपालिकाको महत्त्वपूर्ण सूचना
2026-10-16 Comments Off on देको मिवा ईतापाके जग्गा एकीकरण आयोजनासम्बन्धी भक्तपुर नगरपालिकाको महत्त्वपूर्ण सूचना
देको मिवा ईतापाके जग्गा एकीकरण आयोजनासम्बन्धी भक्तपुर नगरपालिकाको महत्त्वपूर्ण सूचना भक्तपुर। भक्तपुर नगरपालिकाद्वारा सञ्चालित 'देको मिवा ईतापाके जग्गा एकीकरण आयोजना'...
सूर्यविनायक अन्तर वडास्तरीय फुटबल: वडा नं. १० बन्यो च्याम्पियन, ट्रफीसहित पाए एक लाख
2026-10-16 Comments Off on सूर्यविनायक अन्तर वडास्तरीय फुटबल: वडा नं. १० बन्यो च्याम्पियन, ट्रफीसहित पाए एक लाख
सूर्यविनायक अन्तर वडास्तरीय फुटबल: वडा नं. १० बन्यो च्याम्पियन, ट्रफीसहित पाए एक लाख भक्तपुर, ३० असोज। सूर्यविनायक नगरपालिकाद्वारा आयोजित अन्तर...
दसैँ राष्ट्रिय पहिचान र सुरक्षासँग जोडिएको पर्व हो: संस्कृतिविद् प्रा.डा. श्रेष्ठ
2026-10-16 Comments Off on दसैँ राष्ट्रिय पहिचान र सुरक्षासँग जोडिएको पर्व हो: संस्कृतिविद् प्रा.डा. श्रेष्ठ
दसैँ राष्ट्रिय पहिचान र सुरक्षासँग जोडिएको पर्व हो: संस्कृतिविद् प्रा.डा. श्रेष्ठ भक्तपुर । स्वतन्त्र पत्रकार संघ भक्तपुरले शुक्रबार भक्तपुरमा ‘दसैँ...
भक्तपुर योङ्ग सर्कलद्वारा ‘अन्तर सदयीय उडबल प्रतियोगिता’ आयोजना हुँदै
2026-10-16 Comments Off on भक्तपुर योङ्ग सर्कलद्वारा ‘अन्तर सदयीय उडबल प्रतियोगिता’ आयोजना हुँदै
भक्तपुर योङ्ग सर्कलद्वारा 'अन्तर सदयीय उडबल प्रतियोगिता' आयोजना हुँदै भक्तपुर। "कला, खेलकूद र मित्रता - युवा जगतको आवश्यकता" भन्ने मूल...














