मैत्रीपूण ह्विल चियर बास्केटबल प्रतियोगिताका खेलाडीहरु पुरस्कृत
भक्तपुर, कार्तिक १७ गते
ह्विल चियर मैत्रीपूर्ण बास्केट बल प्रतियोगितामा नेपाली सेना प्रथम भएको छ भने स्प्राइनल कर्ड इन्जुरी नेटवर्क नेपाल दोश्रो भएको छ । विजयी खेलाडीहरुलाई आज पुस्कृत गर्दै भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीले फरक क्षेमताका खेलाडीहरुको उत्कृष्ठ खेलले उर्जा थपेको चर्चा गर्दै आगामी मंसिर १७ गते हुने अपांगता दिवसको दिनमा पनि यसै खेललाई प्रस्तुत गरी अपांगता भएका व्यक्ति र परिवारहरुलाई हौसला दिलाउने बताए । अपांगता भएकाहरुले पनि उत्कृष्ठ खेल देखाउन सकेकोमा प्रशंसा गर्दै भक्तपुर नगरपालिकाले कम्तिमा वर्षको एक दिन भए पनि अपांगता भएका व्यक्तिहरुसँगै बसेर कार्यक्रम आयोजना गर्दै आएको बताउनु भयो । ८० हजार जनसँख्या भएको भक्तपुर नगरपालिका भित्र ६ सय भन्दा बढी अपांगता भएका व्यक्तिहरु रहेको उल्लेख गर्दै उपप्रमुख जोशीले तिनीहरुको सहजताकालागि क्रियाशिल रहेको बताउनु भयो ।
एभरेष्ट स्कुल मिवाछें व्यासी भक्तपुरको आयोजनामा र समानताकालागि आवाज संस्थाको समन्वयमा आयोजित एभरेष्ट ह्विलचियर बास्केटवल फे्रण्डसिप म्याच मैत्रीपूर्ण खेलमा त्रिभुवन आर्मी क्लवका रामबहादुर तामांग मस्त भ्यालुएवल प्लेयर हुनुभएको थियो ।
कार्यक्रममा आयोजक स्कुलका संस्थापक प्रिन्सिपल भक्त राजभण्डारीले खेलमा हारजित भन्दा पहिलो मित्रता हुने त्यसपछि मात्रै प्रतिस्पर्धाकोे कुरा आउने बताउनु भयो । उहाँले खेलमा राम्रो खेल्नेले जितिन्छ हार्नेले सिकिन्छ भन्नु भयो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामगोपाल कर्माचार्यको सभापत्तिवमा भएको सो प्रतियोगिता हुनुपूर्वभक्तपुर नगरपालिकाकी उपप्रमुख जोशीले खेलडीहरुलाई बल हस्तान्तरण गरी प्रतियोगिताको उदघाटन गर्नुभएको थियो ।
Featured Posts – Style 1
२ राउण्ड गोली र लागू औषध सहित मानिस नियन्त्रणमा
2026-06-02 Comments Off on २ राउण्ड गोली र लागू औषध सहित मानिस नियन्त्रणमा
२ राउण्ड गोली र लागू औषध सहित मानिस नियन्त्रणमाभक्तपुर, जेष्ठ १९ गतेभक्तपुर प्रहरीले २ राउण्ड गोली र लागू औषध सहित...
होटलमा पैसा नतिरी व्यवसायीलाई धम्काउने १जनालाई प्रहरीद्वारा पक्राउ
2026-06-02 Comments Off on होटलमा पैसा नतिरी व्यवसायीलाई धम्काउने १जनालाई प्रहरीद्वारा पक्राउ
होटलमा पैसा नतिरी व्यवसायीलाई धम्काउने १जनालाई प्रहरीद्वारा पक्राउभक्तपुर, जेष्ठ १९ गतेभक्तपुर प्रहरीले होटलमा पैसा नतिरी व्यवसायीलाई धम्काउने १जनालाई पक्राउ गरिएको...
भक्तपुरका प्रमुख जिल्ला अधिकारी विनोदकुमार खड्कालाई स्वागत
2026-06-02 Comments Off on भक्तपुरका प्रमुख जिल्ला अधिकारी विनोदकुमार खड्कालाई स्वागत
भक्तपुरका प्रमुख जिल्ला अधिकारी विनोदकुमार खड्कालाई स्वागत २०८३ जेठ १९ गते भक्तपुर नगरपालिकाले भक्तपुरमा सरुवा भई आउनुभएका प्रमुख जिल्ला अधिकारी...
१५ दिने ‘बोटल आर्ट तालिम सम्पन्न: सिपलाई व्यवसायसँग जोड्नु पर्ने
2026-06-02 Comments Off on १५ दिने ‘बोटल आर्ट तालिम सम्पन्न: सिपलाई व्यवसायसँग जोड्नु पर्ने
१५ दिने ‘बोटल आर्ट तालिम सम्पन्न: सिपलाई व्यवसायसँग जोड्नु पर्ने भक्तपुर, जेठ १९ उद्योग तथा वाणिज्य कार्यालय, भक्तपुरको आयोजना...
भन्सार छलि ल्याएको सामान प्रहरी नियन्त्रणमा
2026-06-01 Comments Off on भन्सार छलि ल्याएको सामान प्रहरी नियन्त्रणमा
भन्सार छलि ल्याएको सामान प्रहरी नियन्त्रणमाभक्तपुर, जेष्ठ १८ गतेभक्तपुर प्रहरीले भन्सार छलि ल्याएका सामग्रीलाई आवश्यक कार्वाहीका लागि राजश्व अनुसन्धान विभाग...













