२८औं स्थापना दिवसकोको उपलक्ष्यमा आयोजित खुल्ला रक्तदान कार्यक्रम सम्पन्न

२८ औं स्थापना दिवसकोको उपलक्ष्यमा आयोजित खुल्ला रक्तदान कार्यक्रम सम्पन्न

भक्तपुर।२०८३ श्रावण २ गते शनिवार। श्री बाराही बचत तथा ऋण सहकारी संस्था लि.को आयोजनामा सामाजिक उत्तरदायित्व अन्तर्गत आयोजित रक्तदान कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ।

मानव जीवन बचाउने पवित्र उद्देश्यका साथ आयोजित उक्त कार्यक्रममा संस्थाका सञ्चालक समिति, उपसमिति, कर्मचारी, सदस्य तथा स्थानीय समुदायका व्यक्तिहरूको उत्साहजनक सहभागिता रहेको थियो। कार्यक्रममा रक्तदाताहरूले स्वेच्छिक रूपमा रक्तदान गरी सामाजिक सेवाप्रति आफ्नो प्रतिबद्धता व्यक्त गरेका थिए।

कार्यक्रमलाई सम्बोधन गर्दै संस्थाका उपाअध्यक्ष श्री बलराम प्रजापति र व्यवस्थापक शिवजी हाकुदुवालले रक्तदान जीवनदान भएकाले यस्ता मानवीय तथा सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई संस्थाले हरेक वर्ष गर्दै आएको र आगामी दिनमा पनि निरन्तरता दिने बताउनुभयो। साथै सहकारी संस्था केवल वित्तीय कारोबारमा मात्र सीमित नरही समाजप्रति उत्तरदायी संस्थाका रूपमा स्वास्थ्य, शिक्षा, वातावरण तथा सामाजिक सेवाका विविध कार्यक्रम सञ्चालन गर्दै आएको उल्लेख गर्नुभयो।

रक्तसञ्चार सेवाको प्राविधिक सहयोगमा सम्पन्न कार्यक्रममा सहभागी ४८ जना रक्तदाताका साथै सम्पूर्ण स्वयंसेवक, सहयोगी संस्थाका पदाधिकारी तथा कार्यक्रम सफल बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग पुर्‍याउने सबैप्रति संस्थाले हार्दिक धन्यवाद व्यक्त गरेको छ।

समाजमा रक्तको अभाव न्यूनीकरण गर्न तथा मानवीय सेवाको भावनालाई प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको यस कार्यक्रमले सहकारीको सामाजिक उत्तरदायित्वलाई थप सुदृढ बनाएको विश्वास संस्थाले व्यक्त गरेको छ।