‘अमेरिकाको प्रजातन्त्र’ पुस्तक सार्वजनिक

‘अमेरिकाको प्रजातन्त्र’ पुस्तक सार्वजनिक
भक्तपुर, श्रावण १९ गते
स्वतन्त्रतासंग्रामसँगै उडाएको अमेरिकी साम्राज्यबादको चिरफार गर्दै नेपाल मजदुर किसान पार्टीका अध्यक्ष एवं वरिष्ठ राजनीतिज्ञ नारायणमान विजुक्छें (रोहित) ले आज भक्तपुरमा आयोजित एक समारोह बीच ‘अमेरिकाको प्रजातन्त्र’ पुस्तकको सार्वजनिकीकरण एवं परिचर्चा गर्नु भएको छ । जगैदेखि बलियो नभएसम्म समाजबाद दीगो नहुने विश्लेषण गर्नु हुँदै अध्यक्ष विजुक्छेले सो अवसरमा विश्वमै पहिलो पटक स्वतन्त्रता आन्दोलनबाट उडाएको अमेरिकाले विछ्याएका बमहरुले अहिले पनि मानविय क्षति भई रहेको बेला अमेरिकाको विरोध गर्न डराउन नहुने बताउनु भयो । बेलायतबाट भारत शासित भइरहेको बेला अमेरिका स्वतन्त्रता आन्दोलन गर्दैथ्यो अध्यक्ष विजुक्छेले भन्नु भयो ।


विश्वविद्यालयका प्रध्यापकहरु विश्वमा प्रजातन्त्रको उदाहरण दिन अमेरिका र बेलायतलाई लिने गरेको कुरा गलत भएको भन्दै अध्यक्ष विजुक्छेले भन्नु भयो ‘हामीले विश्व विद्यालय सञ्चालन गरेपछि कुन देश प्रजातान्त्रिक छ पढाउने छौं’, भेतनाम, लावस, कोरिया, क्युवा लगायत विश्वका विभिन्न क्षेत्रमा युद्ध गर्ने देश प्रजातान्त्रिक हुन नसक्नेमा अध्यक्ष विजुक्छेको जोड थियो ।

पत्रकार, लेखकहरुले विषयवस्तुलाई राम्रोसँग अध्ययन र बुझेर लेख्नुपर्नेमा जोड दिदै अध्यक्ष विजुक्छेले जुन सुकै दलमा पनि तल्लो देखि माथिसम्मका कार्यकर्ताहरु इमान्दार नभए त्यो पार्टि इमान्दार नहुने, शासक दलका नेताहरु इमान्दार नभए सरकार र देश राम्रो नहुने बताउनु भयो । पार्टीहरुमा विचौलियाहरु रहेको कुरा आजभोलिका पत्रपत्रिकाहरुबाट पुष्टि भएको भन्दै अध्यक्ष विजुक्छेले कार्यकर्ताहरु आलोचक हुनुपर्नेमा जोड दिनु भयो । व्यक्तिबादी भन्दा व्यापक समाजको हितको लागि हेर्न आग्रह गर्दै अध्यक्ष विजुक्छेले रुसी समाजबादको पटनका घटनाक्रमहरुको समीक्षा गर्दै समाजबादी व्यवस्था बारे व्यापक छलफल गर्नुपर्नेमा जोड दिनु भयो ।

पत्रकार समाजका अध्यक्ष अनुराधा थापा मगरको सभपतित्वमा भएको सो कार्यक्रममा श्रष्टा समाजका अध्यक्ष लक्ष्मण जोशीले अमेरिकाको प्रजातन्त्रले जनताको सेवा गर्न नसकेकोे टिप्पणी गर्दै निर्वाचनमा पनि अमेरिकी तानाशाह झल्केको, अमेरिकाको प्रजातन्त्र नमूना नभइ तानाशाह भएको बताउनु भयो । बागमति प्रदेश सांसद सदस्य सृजना सैंजूले संयुक्त राज्य अमेरिका जातिय विभेडका कारण सृजित राजनैतिक, आर्थिक, नैतिक, कानुनी र नागरिकका समस्याहरुबाट कुरुप देश रहेको बताउनु भयो । नेक्राविसंघका सुरेश परियारले अमेरिकाले साह्रै सुन्दर प्रजातन्त्रको परिभाषा दिइरहेको बेला यसको विपक्षमा यस पुस्तकले अमेरिकी साम्राज्यको अमानविय विषयहरु पस्केको बताउनु भयो । पत्रकार समाजका उद्धव सुजखु र निरज लवजुले पनि बोल्नु भएको सो कार्यक्रममा भक्तपुर नगरपालिकाका जनप्रतिनिधी योगेन्द्रमान विजुक्छेले संयुक्त राज्य अमेरिकाको उत्पति, विकासक्रम र भूराजनैकिक विषयवस्तुहरुको जानकारीमूलक विषयहरु प्रस्तुत गर्नु थियो ।
एक सय साठी पृष्ठको सो पुस्तकले अमेरिकी कर्तुतको २४० वर्षका टिपोटहरु सहित बेलायति उपनिवेश र अमेरिकी स्वतन्त्रताका आन्दोलनकासाथै अमेरिकी साम्राज्य र नाकाबन्दीको विरुद्धमा भएका विभिन्न युद्ध र आन्दोलनहरुको विवरण पनि प्रस्तुत गरिएको छ ।