गत असारमा भक्तपुरमा २४ जघन्य तथा गम्भीर अपराधका घटना
भक्तपुर, श्रावण ४ गते
जिल्ला प्रहरी कार्यालय भक्तपुरले गत असार महिनाभर भएका कार्यसम्पादनहरु बारे जानकारी दिदै आज एक प्रेस विज्ञप्ति जारी गरेको छ । जिल्लाको शान्ति सुरक्षाको समग्र प्रतिवेदन प्रस्तुत गर्दै जारी प्रेस विज्ञप्तिमा अपराध अनुसन्धान तथा नियन्त्रणतर्फ गत जेष्ठ महिनाको १९४ मुदा दर्ता भएका मध्ये ७३ वटा फर्छौट र गत असार महिनामा दर्ता भएका १४८ मुद्दाहरुमा ५२ वटा फर्छौट गरेको जनाएको छ । चालू मुद्दाका ७६ जना प्रतिवादीहरुलाई पक्राउ गरेको भक्तपुर प्रहरीमा २४ महिला र १५६ पुरुष प्रतिवादी रहेको र त्यस मध्ये २० महिला र ८४ पुरुष फरार प्रतिवादी रहेको जनाएको छ ।
जघन्य तथा गम्भीर अपराध अन्तर्गत असार महिनामा २४ वटा घटना भएको जनाउँदै प्रेस विज्ञप्तिमा भनिएको छ लागू औषधका १२, कर्तव्य ज्यानका २, जबरजस्ती करणीका ५, ज्यान मार्ने उद्योग १, जबरजस्ती करणी उद्योग २, बाल योन दुरुपयोग १ र डाँका सम्बन्धी १ घटना भएको जनाएको छ।
घरेलु हिंसाका ७ घटना भएकोमा ४ वटा शारीरिक हिंसा, ३ वटा मानसिक हिंसा रहेको भन्दै ठाडो उजुरीको संख्या २६० रहेकोमा २५८ फछ्र्यौट भएका र २ वटा बाँकी रहेको जनाएको छ।
भक्तपुर प्रहरीका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक दिपक कुमार कार्कीद्वारा जारी सो प्रेस विज्ञप्तिको विस्तृत जानकारी यस प्रकार रहेका छन् ।
Featured Posts – Style 1
दाइजोको निहुँमा आरतीको हत्या भएको माइती पक्षको आरोप, दोषीलाई पक्राउ नगरेको भन्दै पत्रकार सम्मेलन
2026-09-04 Comments Off on दाइजोको निहुँमा आरतीको हत्या भएको माइती पक्षको आरोप, दोषीलाई पक्राउ नगरेको भन्दै पत्रकार सम्मेलन
दाइजोको निहुँमा आरतीको हत्या भएको माइती पक्षको आरोप, दोषीलाई पक्राउ नगरेको भन्दै पत्रकार सम्मेलन प्रेमचन्द्र झाभदौ १९ गते रौतहट ।...
‘भक्तपुर विकास सहयोग संघ’ द्वारा पठाइएको १०० थान शव व्यवस्थापन ब्याग रसुवा प्रजिअ कार्यालय पुग्यो
2026-09-01 Comments Off on ‘भक्तपुर विकास सहयोग संघ’ द्वारा पठाइएको १०० थान शव व्यवस्थापन ब्याग रसुवा प्रजिअ कार्यालय पुग्यो
‘भक्तपुर विकास सहयोग संघ’ द्वारा पठाइएको १०० थान शव व्यवस्थापन ब्याग रसुवा प्रजिअ कार्यालय पुग्यो काठमाडौँ / भक्तपुर‘भक्तपुर विकास सहयोग...
४६ औं तःमुज्याको ग्वसाखलको आज गरियो उद्घाटन ।
2026-08-30 Comments Off on ४६ औं तःमुज्याको ग्वसाखलको आज गरियो उद्घाटन ।
४६ औं तःमुज्याको ग्वसाखलको आज गरियो उद्घाटनभक्तपुर, १४ भदौंनेपाल भाषा साहित्य तःमुज्याको ४६ औं सृखला गोल्मढीमा हुने भएसँगै सो तःमुज्याको...
लोककल्याणकारी विज्ञापनको रकम कटौतीको निर्णय फिर्ता लिन काठमाडौं शाखाको माग, नसच्याए चरणबद्ध आन्दोलनको चेतावनी
2026-08-30 Comments Off on लोककल्याणकारी विज्ञापनको रकम कटौतीको निर्णय फिर्ता लिन काठमाडौं शाखाको माग, नसच्याए चरणबद्ध आन्दोलनको चेतावनी
लोककल्याणकारी विज्ञापनको रकम कटौतीको निर्णय फिर्ता लिन काठमाडौं शाखाको माग, नसच्याए चरणबद्ध आन्दोलनको चेतावनी काठमाडौं । नेपाल पत्रकार महासंघ काठमाडौं...
बाढी प्रभावितलाई टिआई नेपालद्वारा निरंतर सहयोगको आह्वान
2026-08-30 Comments Off on बाढी प्रभावितलाई टिआई नेपालद्वारा निरंतर सहयोगको आह्वान
बाढी प्रभावितलाई टिआई नेपालद्वारा निरंतर सहयोगको आह्वानभक्तपुर, भाद्र १४ गतेभाद्र १० गतेका दिन भोटेकोशीको नदि र त्रिशुली नदि क्षेत्रमा आएको...













