प्लोस्स्टाइनमाथि इजरायली आक्रमण बिरुद काठमाण्डौमा विरोध जुलुस र सभा
काठमाण्डौं, कार्तिक १७ गते
प्लोस्स्टाइनमाथि इजरायली आक्रमण विरुद्ध काठमाण्डौमा जुलुस र सभा हुने भएको छ । नेपाल मजदुर किसान पार्टीको जनवर्गीय संगठन नेपाल क्रान्तिकारी युवा संघ र नेपाल क्रान्तिकारी विद्यार्थी संघको संयुक्त आयोजनामा जुलुस तथा सभा आयोजना गरेको हो ।


प्यालेस्टनइनमा इजरायली फासीवादी बर्बरता अन्त्य गर, प्यालेस्टाइनी शरणार्थीहरुलाई आफ्नो पुख्र्यौली भूमि प्यालेस्टाइनमा फर्किन र क्षतिपूर्ति पाउने अधिकार देऊ भन्ने माग सहित आज काठमाण्डौमा जुलुस र सभा गरेकोे हो । रत्नपार्कबाट सुरु भई काठमाण्डौ महानगरपालिका परिक्रममा गरी पुन: रत्न पार्कमा पुगेर विरोध जुलुस गर्ने आयोजकहरुको कार्यक्रम रहेको सञ्चारकर्मी विकुराम तजलेले जनाएको छ । यहुदीवादीहरुद्वारा लुटिएको आफ्नो भूमि फिर्ता लिने प्यालेस्टनइनी जनताको अधिकार भएको भन्दै गाजापट्टी, पश्चिम किनार र जेरुसेलमका प्यालेस्टाइनी जनताको जीवन सुनिश्चित गर्न, प्रजातान्त्रिक प्यालेस्टानइनी राज्य स्थापना गर्न, इजरायलमा थुनिएका प्यालेस्टाइनी युद्धवन्दीहरुलाई तत्काल रिह गर्न र प्यालेस्टाइनमा इजरायली फासीवादी बर्बरता अन्त्य गर्नुपर्ने माग सहित आयोजक समतिले एक अपिल पनि प्रकाशित गरेको छ ।
आज भएको जुलुस पछिको सभालाई सम्बोधन गर्दै नेमकिपाका सचिव एवं सांसद प्रेम सुवालले प्यालेस्तानिहरुको आप्mनो भूमि नै नहुने गरी इजरायले नक्सा जारी गरेपछि आफ्नो भुमिका लागि प्यालेस्तानीहरुले प्रत्याकरण गरेको बताउनु भयो ।
कार्यक्रममा बागमति प्रदेशका सदस्य सुरेनद्रराज गोसाई र सृजना सैंजू, नेक्राविसंघका सुरेश परियार, नेक्रायुसंघका मिनबहादुर बाता सहितका बक्ताहरुले पनि इजरायली सेनाद्वारा प्यालेस्थानीहरु माथि गरेको ज्यादतिको भत्सर्ना गरेका थिए ।




फोटो: बिकु तजले












