स: दबू साहित्यमा स्रष्टा रामेश श्रेष्ठकाे एकल लघुकथा वाचन
ललितपुर,
– राजुराम मुनंकर्मी
बि.सं. २०८२ चैत्र ७ गते देखि हरेक महिनाकाे पहिलाे शनिबारका दिन एकजना स्रष्टाकाे एकल लघुकथा वाचन कार्यक्रम शुरू गर्दै आईरहेकाे स: दबू साहित्यकाे पाँचाैं संस्करण अन्तर्गत स्रष्टा रामेश श्रेष्ठकाे एकल लघुकथा वाचन कार्यक्रम सम्पन्न भएकाे छ ।
ललितपुरकाे तलाछें टाेलमा आयाेजित उक्त एकल वाचन कार्यक्रममा साँखु निवासी स्रष्टा रामेश श्रेष्ठका विविध परिवेशलाई समेटिएर विविध थरीका स्वाद सहितका नेपालभाषाका १५ वटा लघुकथाहरू पस्किएका थिए । ३ चरणमा बाँडिएकाे उक्त वाचित लघुकथाहरूमा पहिलाे चरणमा ५ वटा लघुकथाहरू क्रमश: “पित्या प्वाया आतङ्क” , “सिना याय मा:गु ज्या सिनाज्या” , ” चिबाखँ” , ” प्रतिगमनया हिस्सेदार जि, छि अले झी ” र “स्वम्हेसिया बाखँ” रहेका छन् भने दाेस्राे चरणका ५ वटा लघुकथाहरूमा क्रमश: “झसुका: आगतया ” , अले बाैम्ह झसङ्ग वन ” , “वा या दुने जाकी दु” ,”पश्चाताप ” र “हिउपा” रहेका छन् । त्यसैगरी तेस्राे चरणका ५ वटा लघुकथाहरूमा क्रमश: “काय् या म्हगस” , ” चेतना” ” काय् यात अंश, म्हयाय् यात हंश ” ” धेंधेंबल्ला” र ” चि या धर्म” रहेका छन् ।
वर्तमान समय, परिस्थिति, सामाजिक परिवेश, विकृति विसङ्गतिलाई उजागर गर्दै तयार पारिएका लघुकथाहरू सुन्दर, समय सान्दर्भिक र चेतनामूलक देखिन्छन् ।
छाेटाे मिठाे कार्यक्रम अन्तर्गत स: दबू साहित्यका कविन्द्र लाल प्रधानले स्रष्टा रामेशलाई माला लगाई स्वागत गर्नुभयाे भने सुधिर ख्वविले सबैलाई धन्यबाद ज्ञापन गर्दै स्रष्टा रामेशलाई मायाकाे चिनाे प्रदान गर्नुभएकाे थियाे । त्यसैगरी स: दबू साहित्यका समा श्रीले स्रष्टा रामेशकाे संक्षिप्त परिचय सहित कार्यक्रमकाे सहजिकरण गर्नुभएकाे थियाे ।
स्मरणिय छ, स दबू साहित्यले यसअघि हालसम्म सञ्चालन गरिसकेका ४ वटा संस्करणहरूमध्ये पहिलाे संस्करण स्रष्टा पूर्णराम मुनंकर्मी, दाेस्राे संस्करण स्रष्टा राजेश्वरी राजाेपाध्याय, तेस्राे संस्करण स्रष्टा अमृत रत्न शाक्य र चाैथाे संस्करण स्रष्टा अन्जना ताम्राकारकाे एकल लघुकथा वाचन रहेकाे थियाे ।
Featured Posts – Style 1
दाइजोको निहुँमा आरतीको हत्या भएको माइती पक्षको आरोप, दोषीलाई पक्राउ नगरेको भन्दै पत्रकार सम्मेलन
2026-09-04 Comments Off on दाइजोको निहुँमा आरतीको हत्या भएको माइती पक्षको आरोप, दोषीलाई पक्राउ नगरेको भन्दै पत्रकार सम्मेलन
दाइजोको निहुँमा आरतीको हत्या भएको माइती पक्षको आरोप, दोषीलाई पक्राउ नगरेको भन्दै पत्रकार सम्मेलन प्रेमचन्द्र झाभदौ १९ गते रौतहट ।...
‘भक्तपुर विकास सहयोग संघ’ द्वारा पठाइएको १०० थान शव व्यवस्थापन ब्याग रसुवा प्रजिअ कार्यालय पुग्यो
2026-09-01 Comments Off on ‘भक्तपुर विकास सहयोग संघ’ द्वारा पठाइएको १०० थान शव व्यवस्थापन ब्याग रसुवा प्रजिअ कार्यालय पुग्यो
‘भक्तपुर विकास सहयोग संघ’ द्वारा पठाइएको १०० थान शव व्यवस्थापन ब्याग रसुवा प्रजिअ कार्यालय पुग्यो काठमाडौँ / भक्तपुर‘भक्तपुर विकास सहयोग...
४६ औं तःमुज्याको ग्वसाखलको आज गरियो उद्घाटन ।
2026-08-30 Comments Off on ४६ औं तःमुज्याको ग्वसाखलको आज गरियो उद्घाटन ।
४६ औं तःमुज्याको ग्वसाखलको आज गरियो उद्घाटनभक्तपुर, १४ भदौंनेपाल भाषा साहित्य तःमुज्याको ४६ औं सृखला गोल्मढीमा हुने भएसँगै सो तःमुज्याको...
लोककल्याणकारी विज्ञापनको रकम कटौतीको निर्णय फिर्ता लिन काठमाडौं शाखाको माग, नसच्याए चरणबद्ध आन्दोलनको चेतावनी
2026-08-30 Comments Off on लोककल्याणकारी विज्ञापनको रकम कटौतीको निर्णय फिर्ता लिन काठमाडौं शाखाको माग, नसच्याए चरणबद्ध आन्दोलनको चेतावनी
लोककल्याणकारी विज्ञापनको रकम कटौतीको निर्णय फिर्ता लिन काठमाडौं शाखाको माग, नसच्याए चरणबद्ध आन्दोलनको चेतावनी काठमाडौं । नेपाल पत्रकार महासंघ काठमाडौं...
बाढी प्रभावितलाई टिआई नेपालद्वारा निरंतर सहयोगको आह्वान
2026-08-30 Comments Off on बाढी प्रभावितलाई टिआई नेपालद्वारा निरंतर सहयोगको आह्वान
बाढी प्रभावितलाई टिआई नेपालद्वारा निरंतर सहयोगको आह्वानभक्तपुर, भाद्र १४ गतेभाद्र १० गतेका दिन भोटेकोशीको नदि र त्रिशुली नदि क्षेत्रमा आएको...













