स: दबू साहित्यमा स्रष्टा रामेश श्रेष्ठकाे एकल लघुकथा वाचन
ललितपुर,
– राजुराम मुनंकर्मी
बि.सं. २०८२ चैत्र ७ गते देखि हरेक महिनाकाे पहिलाे शनिबारका दिन एकजना स्रष्टाकाे एकल लघुकथा वाचन कार्यक्रम शुरू गर्दै आईरहेकाे स: दबू साहित्यकाे पाँचाैं संस्करण अन्तर्गत स्रष्टा रामेश श्रेष्ठकाे एकल लघुकथा वाचन कार्यक्रम सम्पन्न भएकाे छ ।
ललितपुरकाे तलाछें टाेलमा आयाेजित उक्त एकल वाचन कार्यक्रममा साँखु निवासी स्रष्टा रामेश श्रेष्ठका विविध परिवेशलाई समेटिएर विविध थरीका स्वाद सहितका नेपालभाषाका १५ वटा लघुकथाहरू पस्किएका थिए । ३ चरणमा बाँडिएकाे उक्त वाचित लघुकथाहरूमा पहिलाे चरणमा ५ वटा लघुकथाहरू क्रमश: “पित्या प्वाया आतङ्क” , “सिना याय मा:गु ज्या सिनाज्या” , ” चिबाखँ” , ” प्रतिगमनया हिस्सेदार जि, छि अले झी ” र “स्वम्हेसिया बाखँ” रहेका छन् भने दाेस्राे चरणका ५ वटा लघुकथाहरूमा क्रमश: “झसुका: आगतया ” , अले बाैम्ह झसङ्ग वन ” , “वा या दुने जाकी दु” ,”पश्चाताप ” र “हिउपा” रहेका छन् । त्यसैगरी तेस्राे चरणका ५ वटा लघुकथाहरूमा क्रमश: “काय् या म्हगस” , ” चेतना” ” काय् यात अंश, म्हयाय् यात हंश ” ” धेंधेंबल्ला” र ” चि या धर्म” रहेका छन् ।
वर्तमान समय, परिस्थिति, सामाजिक परिवेश, विकृति विसङ्गतिलाई उजागर गर्दै तयार पारिएका लघुकथाहरू सुन्दर, समय सान्दर्भिक र चेतनामूलक देखिन्छन् ।
छाेटाे मिठाे कार्यक्रम अन्तर्गत स: दबू साहित्यका कविन्द्र लाल प्रधानले स्रष्टा रामेशलाई माला लगाई स्वागत गर्नुभयाे भने सुधिर ख्वविले सबैलाई धन्यबाद ज्ञापन गर्दै स्रष्टा रामेशलाई मायाकाे चिनाे प्रदान गर्नुभएकाे थियाे । त्यसैगरी स: दबू साहित्यका समा श्रीले स्रष्टा रामेशकाे संक्षिप्त परिचय सहित कार्यक्रमकाे सहजिकरण गर्नुभएकाे थियाे ।
स्मरणिय छ, स दबू साहित्यले यसअघि हालसम्म सञ्चालन गरिसकेका ४ वटा संस्करणहरूमध्ये पहिलाे संस्करण स्रष्टा पूर्णराम मुनंकर्मी, दाेस्राे संस्करण स्रष्टा राजेश्वरी राजाेपाध्याय, तेस्राे संस्करण स्रष्टा अमृत रत्न शाक्य र चाैथाे संस्करण स्रष्टा अन्जना ताम्राकारकाे एकल लघुकथा वाचन रहेकाे थियाे ।
https://www.culturalsurvival.org/news/kathmandus-newar-indigenous-community-warns-climate-change-destroying-their-ancient-culture
Featured Posts – Style 1
जग्गा ठगी प्रकरणमा जनकपुरका सजित शाह पक्राउ, मालपोत कर्मचारी र अन्य व्यक्तिको भूमिकामाथि छानबिन गर्न माग
2026-10-19 Comments Off on जग्गा ठगी प्रकरणमा जनकपुरका सजित शाह पक्राउ, मालपोत कर्मचारी र अन्य व्यक्तिको भूमिकामाथि छानबिन गर्न माग
जग्गा ठगी प्रकरणमा जनकपुरका सजित शाह पक्राउ, मालपोत कर्मचारी र अन्य व्यक्तिको भूमिकामाथि छानबिन गर्न माग ललितपुर । जग्गा खरिद...
भक्तपुर नगरपालिकाका जनप्रतिनिधि र सफाइकर्मीबीच शुभकामना आदानप्रदान
2026-10-17 Comments Off on भक्तपुर नगरपालिकाका जनप्रतिनिधि र सफाइकर्मीबीच शुभकामना आदानप्रदान
भक्तपुर नगरपालिकाका जनप्रतिनिधि र सफाइकर्मीबीच शुभकामना आदानप्रदान भक्तपुर, २०८३ असोज ३१ भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्यतामा विजयादशमी तथा...
फिल्म ‘३६ को आँकडा’ को गीत ‘बहुलाउँछु कि क्या हो?’ सार्वजनिक
2026-10-17 Comments Off on फिल्म ‘३६ को आँकडा’ को गीत ‘बहुलाउँछु कि क्या हो?’ सार्वजनिक
अभिनेत्री रेखा थापा अभिनीत फिल्म ‘३६ को आँकडा’ को गीत ‘बहुलाउँछु कि क्या हो?’ सार्वजनिक भएको केही दिनमै युट्युबमा एक...
६५ वर्षीया एकल महिला नानी कान्छी खत्रीलाई घर बनाइदिने घोषणा
2026-10-17 Comments Off on ६५ वर्षीया एकल महिला नानी कान्छी खत्रीलाई घर बनाइदिने घोषणा
धादिङ । वरिष्ठ पत्रकार तथा स्वतन्त्र नागरिक अभियान नेपालका संयोजक ऋषि धमलाले बाढीले घरबार गुमाएकी ६५ वर्षीया एकल महिला नानी...
इतिहासविद् डा. प्रा. पुरुषोत्तमलोचन श्रेष्ठ रेडियो जनसञ्चार र जनसञ्चार टेलिभिजनद्वारा सम्मानित
2026-10-16 Comments Off on इतिहासविद् डा. प्रा. पुरुषोत्तमलोचन श्रेष्ठ रेडियो जनसञ्चार र जनसञ्चार टेलिभिजनद्वारा सम्मानित
इतिहासविद् डा. प्रा. पुरुषोत्तमलोचन श्रेष्ठ रेडियो जनसञ्चार र जनसञ्चार टेलिभिजनद्वारा सम्मानित भक्तपुर इतिहास, पुरातत्त्व तथा संस्कृतिका क्षेत्रमा अतुलनीय योगदान पुर्याउनुभएका...













