मैत्रीपूण ह्विल चियर बास्केटबल प्रतियोगिताका खेलाडीहरु पुरस्कृत
भक्तपुर, कार्तिक १७ गते
ह्विल चियर मैत्रीपूर्ण बास्केट बल प्रतियोगितामा नेपाली सेना प्रथम भएको छ भने स्प्राइनल कर्ड इन्जुरी नेटवर्क नेपाल दोश्रो भएको छ । विजयी खेलाडीहरुलाई आज पुस्कृत गर्दै भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीले फरक क्षेमताका खेलाडीहरुको उत्कृष्ठ खेलले उर्जा थपेको चर्चा गर्दै आगामी मंसिर १७ गते हुने अपांगता दिवसको दिनमा पनि यसै खेललाई प्रस्तुत गरी अपांगता भएका व्यक्ति र परिवारहरुलाई हौसला दिलाउने बताए । अपांगता भएकाहरुले पनि उत्कृष्ठ खेल देखाउन सकेकोमा प्रशंसा गर्दै भक्तपुर नगरपालिकाले कम्तिमा वर्षको एक दिन भए पनि अपांगता भएका व्यक्तिहरुसँगै बसेर कार्यक्रम आयोजना गर्दै आएको बताउनु भयो । ८० हजार जनसँख्या भएको भक्तपुर नगरपालिका भित्र ६ सय भन्दा बढी अपांगता भएका व्यक्तिहरु रहेको उल्लेख गर्दै उपप्रमुख जोशीले तिनीहरुको सहजताकालागि क्रियाशिल रहेको बताउनु भयो ।
एभरेष्ट स्कुल मिवाछें व्यासी भक्तपुरको आयोजनामा र समानताकालागि आवाज संस्थाको समन्वयमा आयोजित एभरेष्ट ह्विलचियर बास्केटवल फे्रण्डसिप म्याच मैत्रीपूर्ण खेलमा त्रिभुवन आर्मी क्लवका रामबहादुर तामांग मस्त भ्यालुएवल प्लेयर हुनुभएको थियो ।
कार्यक्रममा आयोजक स्कुलका संस्थापक प्रिन्सिपल भक्त राजभण्डारीले खेलमा हारजित भन्दा पहिलो मित्रता हुने त्यसपछि मात्रै प्रतिस्पर्धाकोे कुरा आउने बताउनु भयो । उहाँले खेलमा राम्रो खेल्नेले जितिन्छ हार्नेले सिकिन्छ भन्नु भयो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामगोपाल कर्माचार्यको सभापत्तिवमा भएको सो प्रतियोगिता हुनुपूर्वभक्तपुर नगरपालिकाकी उपप्रमुख जोशीले खेलडीहरुलाई बल हस्तान्तरण गरी प्रतियोगिताको उदघाटन गर्नुभएको थियो ।
https://www.culturalsurvival.org/news/kathmandus-newar-indigenous-community-warns-climate-change-destroying-their-ancient-culture
Featured Posts – Style 1
व्यक्तिहरुका सीप र क्षमतालाई जनहितमा उपयोग गर्नुपर्ने – का.रोहित
2026-10-25 Comments Off on व्यक्तिहरुका सीप र क्षमतालाई जनहितमा उपयोग गर्नुपर्ने – का.रोहित
व्यक्तिहरुका सीप र क्षमतालाई जनहितमा उपयोग गर्नुपर्ने – का.रोहित भक्तपुर । भक्तपुरमा शुक्रबारदेखि सुरु भएको ४६ औँ नेपालभाषा साहित्य तःमुंज्या...
दुईदिने नेपाल भाषा साहित्य तःमुंज्या सुरु
2026-10-25 Comments Off on दुईदिने नेपाल भाषा साहित्य तःमुंज्या सुरु
दुईदिने नेपाल भाषा साहित्य तःमुंज्या सुरु भक्तपुर । भक्तपुरमा शुक्रबारदेखि दुई दिने ४६ औँ नेपालभाषा साहित्य तःमुंज्या (बृहत साहित्य सम्मेलन)...
हर्षोल्लासका साथ तःमुंज्या सम्पन्न गर्न सुकुन्दा र्याली
2026-10-23 Comments Off on हर्षोल्लासका साथ तःमुंज्या सम्पन्न गर्न सुकुन्दा र्याली
हर्षोल्लासका साथ तःमुंज्या सम्पन्न गर्न सुकुन्दा र्याली भक्तपुर, कार्तिक ५ गते, विहीबार । जनता म्वाःसा भाषा म्वाइ अर्थात जनता बाँचे...
बृहत् सुकुन्दा न्याली गोल्मढीबाट सञ्चालन हुने
2026-10-22 Comments Off on बृहत् सुकुन्दा न्याली गोल्मढीबाट सञ्चालन हुने
बृहत् सुकुन्दा न्याली गोल्मढीबाट सञ्चालन हुने भक्तपुर, २०८३ कार्तिक ४ पीखुक्वगु नेपालभाषा साहित्य तःमुंज्या तथा सांस्कृतिक ब्वज्याको आयोजनामा वृहत् प्रचारप्रसार...
जग्गा ठगी प्रकरणमा जनकपुरका सजित शाह पक्राउ, मालपोत कर्मचारी र अन्य व्यक्तिको भूमिकामाथि छानबिन गर्न माग
2026-10-19 Comments Off on जग्गा ठगी प्रकरणमा जनकपुरका सजित शाह पक्राउ, मालपोत कर्मचारी र अन्य व्यक्तिको भूमिकामाथि छानबिन गर्न माग
जग्गा ठगी प्रकरणमा जनकपुरका सजित शाह पक्राउ, मालपोत कर्मचारी र अन्य व्यक्तिको भूमिकामाथि छानबिन गर्न माग ललितपुर । जग्गा खरिद...













