भनपा १०मा ८ सय भन्दा बढीलाई खुवाए ‘भिटामिन ए’

भनपा १०मा ८ सय भन्दा बढीलाई खुवाए ‘भिटामिन ए’
भक्तपुर, कार्तिक १८ गते
राििष्ट्रय भिटामिन ए अभियान अन्तर्गत भक्तपुर नगरपालिका १०का ८ सय भन्दा बढी बालबालिकाहरुलाई भिटामिन ए , जुकाको औषधी खुवाएका छन् । हिजो र आज गरी दुई दिनसम्म भएको सो अभियान अन्तर्गत यस वडाका ९सय भन्दा बढी बालबालिकाहरु मध्ये आज दिउँसोसम्म भिटामिन खुवाउने बालबालिकाको संख्या ८ सय नाघेको हो । घरदैलो तथा चोक चोकमा शिविर राखेर भिटामिन ए खुवाएका हुन । ६ महिना देखि ५९ महिना उम्मेर समूहका बालबालिकाकालागि यो अभियान देशभर एक्कै साथ गरेको छ । वर्षको दुई पटक यो अभियान अन्तगत बालबालिकाहरुकालागि भिटामिन ए र जुकाको आषधी तथा बाल भिटा खुवाउने सरकारी कार्यक्रम अन्तर्गत यस वडामा पनि भिटामिन ए खुवाएका हुन ।


जिल्लामा ३० हजार भन्दा बढी बालबालिकाका लागि भिटामिन ए खुवाउने तयारी गरेको स्वास्थ्य कार्यालय भक्तपुरले २ सय भन्दा बढी सामुदायिक स्वास्थ्य स्वयम्सेवकहरु परिचालन गरेको छ । पहिलो दिन घर दैलो र दोस्रो दिन टोल टोलमा शिविर राखेर भिटामिन ए खुवाएका हुन भने हिजो र आज छुटेका बालबालिकाकालागि नजिकैको स्वास्थ्य चौकीबाट पनि खुवाउन सकिने खोप अधिकृत भोला पौड्यलले बताए ।