विद्यार्थी रहेको होस्टेल दशौं बर्षदेखि दर्ता विना संचालनमा
भक्तपुर, २७ साउन । भक्तपुर नगरपालिका अनुगमन समितिका संयोजक राजकृष्ण गोराको संयोजकत्वमा भनपा ८ लिवालीमा रहेको होस्टेलहरुमा बुधबार अनुगमन गरियो । धेरै होस्टेल दर्ता नगरी संचालनमा रहेको संयाजक गोराले भन्नुभयो ।
२८ जना विद्यार्थी रहेको होस्टेल लिवाली विगत दशौं बर्षदेखि नगरपालिकामा विना दर्ता संचालन गरिरहेकोले तीन दिन भित्र दर्ता गरी नगरपालिकामा उपस्थित हुन निर्देशन दियो ।
होस्टेल भक्तपुर विगत दश बर्षदेखि नगरपालिकामा विना दर्ता संचालन गरिरहेकोले तीन दिन भित्र दर्ता गरी नगरपालिकामा उपस्थित हुन निर्देशन दियो भने फ्रिज सफा र व्यवस्थित गर्ने, भान्छा कोठाको सरसफाईमा ध्यान दिने निर्देशन दियो ।
१२ जना विद्यार्थी रहेको नवदुर्गा होस्टेल विगत तीन बर्षदेखि नगरपालिकामा विना दर्ता संचालन गरिरहेकोले दर्ता गराई सरसफाइमा ध्यान दिन, खानेकुरा राख्ने भाँडाबर्तन व्यवस्थित र सफा राख्न, प्यानमा दर्ता गर्न निर्देशन दियो ।
१८ जना रहेको होम स्टाइल होस्टेल ४ बर्षदेखि नविकरण नगरी संचालन गरेको नविकरण गरी तीन दिन भित्र नगरपालिकामा उपस्थित हुने निर्देशन दिई मुल्य सुचि राख्न, प्यानमा दर्ता गर्न र सरसफाइमा ध्यान दिने निर्देशन दियो ।
इन्स गल्र्स होस्टेल १८ जना रहेको नविकरण गर्न निर्देशन दियो ।
अनुगमनमा समितिका सदस्य श्यामकृष्ण खत्री, रोशन मैया सुवाल, ज्ञान बहादुर मानन्धर, रिता फसिकवा, भनपा श्यानिटेशका न.नि. दिलिपकुमार सुवाल, वडानिरिक्षक रामकृष्ण प्रजापति, कर शाखाका मोहनदेवी व्याञ्जू, जिल्ला प्रशासन कार्यालय भक्तपुरका नवराज पोखरेल, महानगरिय प्रहरि परिसरका प्र.स.नि. कृष्ण बहादुर खत्री, राष्ट्रिय उपभोक्ता मञ्चका मनोज थापा, भक्तपुर घरेलु तथा साना उद्योग संघका लक्ष्मी प्रसाद बाटी, बाणिज्य तथा उद्योग कार्यालयका लक्ष्मी प्रसाद कासुला, भक्तपुर उद्योग बाणिज्य संघका बैकुण्ठ मानन्धरको सहभागिता थियो ।















