चालक अनुमतिपत्रको अनलाइन फारम पुनः अवरुद्ध ।
चालक अनुमतिपत्रको अनलाइन फारम सुरु भएको केही दिनमा नै प्राविधिक कारणले गर्दा अवरुद्ध भएको छ । कात्तिक ८ गते चालक अनुमतिपत्रको अनलाइन आवेदन खुलाइएको भए पनि १० गते नै समस्याका कारण स्थगित भएको विभागले जनाएको छ । सफ्टवेयरमा समस्या आएपछि अहिले प्राविधिकले मर्मत गरिरहेको विभागका प्रवक्ता डा लोकनाथ भुषालले बताउनुभयो । जतिसक्दो चाँडो त्यसको समस्या समाधान गरेर सेवा चालू गर्न खोजिएको उहाँले बताउनुभयो ।
उहाँले भन्नुभयो, “हामीले जतिसक्दो चाँडो भनेका छौँ कति दिन लाग्छ भन्न सकिँदैन ।” अनुमतिपत्रका लागि आवेदन गर्दा नयाँ आवेदन र अर्को अनुमतिपत्र लिइसकेकाको वर्ग थपिने गरिएको छ । नयाँ अनुमतिपत्रका लागि आवेदन दिँदा समस्या भए पनि अर्को वर्ग थप्नेमा सबै विवरण भरेर फाइल बुझाउने समयमा समस्या देखिएको प्रवक्ता डा भुषालले बताउनुभयो । एकै पटक धेरै सेवाग्राहीले आवेदन भर्न खोजेकाले समस्या देखिएको हुनसक्ने उहाँले बताउनुभयो ।
नियमित रुपमा चालू नभएको सेवा खुलाउनाथ सेवाग्राहीको चाप हुने गरेको छ । विगतमा पनि अनलाइन फारम भर्दा पनि समस्या भइरहेको थियो । अहिलेको आवश्यकताअनुसार त्यसको क्षमता नभएको हुनसक्ने भन्दै प्राविधिकले ‘अपडेट’ गरिरहेको उहाँले बताउनुभयो ।
https://www.culturalsurvival.org/news/kathmandus-newar-indigenous-community-warns-climate-change-destroying-their-ancient-culture
Featured Posts – Style 1
भक्तपुर नगरपालिकाका जनप्रतिनिधि र सफाइकर्मीबीच शुभकामना आदानप्रदान
2026-10-17 Comments Off on भक्तपुर नगरपालिकाका जनप्रतिनिधि र सफाइकर्मीबीच शुभकामना आदानप्रदान
भक्तपुर नगरपालिकाका जनप्रतिनिधि र सफाइकर्मीबीच शुभकामना आदानप्रदान भक्तपुर, २०८३ असोज ३१ भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्यतामा विजयादशमी तथा...
फिल्म ‘३६ को आँकडा’ को गीत ‘बहुलाउँछु कि क्या हो?’ सार्वजनिक
2026-10-17 Comments Off on फिल्म ‘३६ को आँकडा’ को गीत ‘बहुलाउँछु कि क्या हो?’ सार्वजनिक
अभिनेत्री रेखा थापा अभिनीत फिल्म ‘३६ को आँकडा’ को गीत ‘बहुलाउँछु कि क्या हो?’ सार्वजनिक भएको केही दिनमै युट्युबमा एक...
६५ वर्षीया एकल महिला नानी कान्छी खत्रीलाई घर बनाइदिने घोषणा
2026-10-17 Comments Off on ६५ वर्षीया एकल महिला नानी कान्छी खत्रीलाई घर बनाइदिने घोषणा
धादिङ । वरिष्ठ पत्रकार तथा स्वतन्त्र नागरिक अभियान नेपालका संयोजक ऋषि धमलाले बाढीले घरबार गुमाएकी ६५ वर्षीया एकल महिला नानी...
इतिहासविद् डा. प्रा. पुरुषोत्तमलोचन श्रेष्ठ रेडियो जनसञ्चार र जनसञ्चार टेलिभिजनद्वारा सम्मानित
2026-10-16 Comments Off on इतिहासविद् डा. प्रा. पुरुषोत्तमलोचन श्रेष्ठ रेडियो जनसञ्चार र जनसञ्चार टेलिभिजनद्वारा सम्मानित
इतिहासविद् डा. प्रा. पुरुषोत्तमलोचन श्रेष्ठ रेडियो जनसञ्चार र जनसञ्चार टेलिभिजनद्वारा सम्मानित भक्तपुर इतिहास, पुरातत्त्व तथा संस्कृतिका क्षेत्रमा अतुलनीय योगदान पुर्याउनुभएका...
देको मिवा ईतापाके जग्गा एकीकरण आयोजनासम्बन्धी भक्तपुर नगरपालिकाको महत्त्वपूर्ण सूचना
2026-10-16 Comments Off on देको मिवा ईतापाके जग्गा एकीकरण आयोजनासम्बन्धी भक्तपुर नगरपालिकाको महत्त्वपूर्ण सूचना
देको मिवा ईतापाके जग्गा एकीकरण आयोजनासम्बन्धी भक्तपुर नगरपालिकाको महत्त्वपूर्ण सूचना भक्तपुर। भक्तपुर नगरपालिकाद्वारा सञ्चालित 'देको मिवा ईतापाके जग्गा एकीकरण आयोजना'...












