मध्यपुर थिमिमा आज ‘नेपाल–जापान सांस्कृतिक महोत्सव २०८३’ आयोजना दुई देशको कला र सम्पदाको प्रदर्शनी

मध्यपुर थिमिमा आज ‘नेपाल–जापान सांस्कृतिक महोत्सव २०८३’ आयोजना दुई देशको कला र सम्पदाको प्रदर्शनी
भक्तपुर, मंसिर ४ ९२०८३० — नेपाल र जापानबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औँ वार्षिकोत्सवको अवसरमा आज भक्तपुरको मध्यपुर थिमिमा ‘नेपाल–जापान सांस्कृतिक महोत्सव २०८३’ आयोजना भइका छ । मध्यपुर थिमि नगरपालिकाको आयोजनामा चपाचोस्थित ऐतिहासिक पोटरी स्क्वायरमा महोत्सव आयोजना गरिएको हो ।


कला, संस्कृति, परम्परा र सम्पदाको संरक्षण तथा आदानप्रदान गर्ने उद्देश्यले आयोजित यस महोत्सवमा नेपाल र जापानका मौलिक कला, परम्परागत संगीत, नृत्य तथा विविध सांस्कृतिक प्रस्तुतिहरू गरिएको छ । ७० वर्ष लामो ऐतिहासिक कूटनीतिक यात्राको उत्सव मनाउँदै दुई देशबीचको जनस्तरको मित्रता र आपसी समझदारीलाई थप प्रगाढ बनाउन सो महोत्सवले महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको छ।
नगरपालिकाले स्थानीय कला, संस्कृति र सम्पदाको प्रवर्द्धनसँगै नेपाल–जापान मित्रताको उत्सवको रुपमा यो महात्वस आयोजना गरिएको छ । महोत्सवमा नेवारी परिकार सहित अन्य खाद्य स्थल तथा स्थानीय उत्पादन, जुत्ता चपल एवं अन्य उत्पादनहरुको दर्जनौ स्थलहरु का साथै नेपाल र जापानको मुद्रा प्रदर्शनी पनि आयोजना गरिएको थियो भने विभिन्न विद्यालय, कलेज तथा संघ संस्थाहरुको प्रतिनिधीत्व गर्दै आधुनिक तथा परम्परागत साँस्कृतिक कार्य आयोजना गरिएको थियो ।