भक्तपुरको बेखाल–कमलविनायक सडक खण्डमा मर्मत तथा स्तरोन्नति सुरु हुँदै, वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह

भक्तपुरको बेखाल–कमलविनायक सडक खण्डमा मर्मत तथा स्तरोन्नति सुरु हुँदै, वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह
भक्तपुर, मंसिर ४ गते, भक्तपुर नगरपालिका वडा नं। १० स्थित बेखाल स्वास्थ्य केन्द्रदेखि कमलविनायक चोकसम्मको नगरकोट सडक खण्डमा मर्मत तथा स्तरोन्नति कार्य हुने भएको छ। वडा कार्यालयले आज ९मंसिर ५ गते शनिबार० देखि उक्त कार्य सुरु हुने जनाउँदै काम अवधिभर वैकल्पिक बाटो प्रयोग गरी सहयोग गरिदिन सर्वसाधारण तथा सवारी चालकहरूलाई अनुरोध गरेको छ। आज भक्तपुर नगरपालिका वडा नं. १०का जनप्रतिनिधी, डिभिजन बन कार्यालय भक्तपुरका प्राविधिक तथा ठेक्केदार बीच भएको स्थलगत निरिक्षण पश्चात भोलि देखि निर्माण कार्य थाल्ने निश्चित गरेको हो । भक्तपुर नगरपालिका १० नं। वडा कार्यालय, कमलविनायकले जारी गरेको सूचनाअनुसार सडक मर्मत र स्तरोन्नतिको काम जारी रहने अवधिभर सो खण्डमा आवतजावत गर्दा वैकल्पिक मार्ग अपनाउनुपर्नेछ। पूर्वाधार सुधार तथा सडक स्तरोन्नतिका क्रममा हुने आवागमनको असुविधाप्रति वडा कार्यालयले क्षमायाचना गर्दै स्थानीयवासी र यात्रुवर्गबाट सहकार्यको अपेक्षा गरेको छ।
नगरकोट जाने–आउने तथा कमलविनायक–बेखाल क्षेत्र प्रयोग गर्ने सवारीसाधन र पैदलयात्रुलाई मर्मत अवधिभर वैकल्पिक मार्ग रोज्न सहज हुने गरी यात्राको योजना बनाउन सूचित गरिएको छ। विद्युत, टेलिकम, इन्टरनेट सहितका बाहिरी टारहरुलाई भूमिगत गर्न पाइप बिछ्याउनेक्रममा हिलामे र धुलामे भएपछि ३५ लाख लागत इष्टिमेटमा सो सडक निर्माणकालागि डिभिजन सडकले ठेक्का लागाएको थियो । ठेक्का लागेर पनि जेन्जी आन्दोलनको बाहानामा सो सडक निर्माण कार्य विलम्ब भइरहेको भन्दै स्थानीयवासीको गुनासो र समस्यालाई मध्यनजर गर्दै स्थानीय वडाका जनप्रतिनिधीहरुको पहलमा सो सडक निर्माण कार्य थालनिकालागि आज स्थलगत निरिक्षण भएको वडाध्यक्ष लक्ष्मीप्रसाद ह्यौमिखाले जनाएको छ ।