चानपाको नीति तथा कार्यक्रम सार्वजनिक

चानपाको नीति तथा कार्यक्रम सार्वजनिक
भक्तपुर, असार ८ गते
चाँगुनारायण नगरपालिकाले आज १३ औं नगर सभा आयोजना गर्दै नगरपालिकाको नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । नगर प्रमुख जीवन खत्रीले “सबल स्थानीय सरकारः समुन्नत गाउँ, समुन्नत नगर” भन्ने नारा र चाँगुनारायण नगरपालिकाको दीर्घकालीन सोच कृषि, पर्यटन र सामाजिक विकासः समृद्ध चाँगुनारायणको मूल आधारलाई व्यवहारिक रुपमा कार्यानवय गर्न, उपलब्ध श्रोत साधनको उच्चतम उपयोग, दिगो विकासका समग्र लक्ष्यहरुको सम्बोधन, सुशासन प्रवद्र्धन, बित्तीय अनुशासन तथा पारदर्शिताका साथ नगरपालिकाको प्रथम पञ्चवर्षिय आवधिक योजना तथा मध्यकालीन खर्च संरचनाबाट निर्धारण गरिएका प्राथमिकताका क्षेत्र, गौरवका योजना र रुपान्तरणकारी योजनाहरुलाई तथा कार्यक्रमहरुलाई क्रमशः कार्यान्वयन गर्ने गरी वार्षिक बजेट तथा कार्यक्रम तर्जुमा गरी कार्यान्वयनमा ल्याउने नीति अवलम्बन गरिने जनाएको छ ।