मतदाता नामावली अध्यावधिक फाल्गुण २२ गते देखि सुरु हुने
भक्तपुर, फाल्गुण १७ गते
जिल्ला निर्वाचन कार्यालय भक्तपुरले मतदाता नामाबली अधावधिक (दाबी विरोध समेत) २०७९ कार्यक्रम गर्ने भएको छ । यही फाल्गुण २२ गते देखि चैत्र १ गतेसम्मको कार्यक्रम सार्वजनिक गर्दै आज भक्तपुरका सरोकारवाला निकायहरु बीच छलफल गरेका हुन । जिल्लाका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिझालले सहभागि सरोकारवालाहरुको गुनासाहरुको सुनुवाई गर्दै सूचनाप्रविधिको प्रयोगबाट मतदाता नामाबली अधावधिक गर्नु प्रभावकारी हुने विचार ब्यक्त गर्नु भयो । सबैसँगको समन्वयमा सबैभन्दा बढी सुद्धता काम गर्न सकिने गरी मतदाता नामाबली अधावधिक गर्न सकिने धारणा राख्नु भयो । अनलाईनबाट पनि मतदाता नामाबली भर्न सकिने व्यवस्था गरिए पनि आम नागरिक नछुट्ने र नदोहरीने तथा त्रुटी नहुने गरी अधावधिक गर्नुपर्नेमा जोड दिनु भयो भने जिल्ला निर्वाचन अधिकृत नरेन्द्रप्रसाद न्यौपानेले चितवन २को उपनिर्वाचनलाई लक्षित गरी मतदाता नामावली संकलन कार्य यही फार्गुन २२ गतेबाट चैत्र १ गतेसम्म हुन लागेको बताउनु भयो । उहाँको प्रस्तुतीमा फागुर्ण २२ गते कार्यक्रमको सूचना तथा नामाबली प्रकाशन गर्ने , २३ गते देखि २५ गतेसम्म प्रकाशित मतदाना नामाबलीमा रहेका त्रुटि सच्याउने, उजुरी दिने, एक भन्दा बढी मतदान केन्द्रमा नामाबली समावेस भएको भए एक ठाउँमामात्र कायम हुने गरी निवेदन दिने तथा मृत्यु भएका वा नागरिकता त्याग गरेकाहरुको नामाबली हटाउन निवेदन दिने कार्यक्रम रहेको छ भने फाल्गुण २३ गते देखि २६ गतेसम्म बसाइ सरी अन्यत्र गएका वा मृत्यु भएका वा नागरिकता त्याग गरेका वा नागरिकता रद्द भएका मतदाताको विवरण स्थानीय पंचिकाधिकारीबाट प्राप्त गर्ने, २७ गतेसम्म उजुरी परेको मतदातालाई प्रमाण सहित सफाईको मौका दिने, प्राप्त विवरणको जाँच बुझ र छानविन गरी रद्द भएका नामाबली हटाउने, २८ गते मतदाताले दिएको दिएको सफाइको आधारमा नामाबलीबाट हटाउने वा राख्ने विषयमा निर्णय गर्ने, जाँचबुझ गरी त्रुटि सच्याउने, २९ गते हटाइएको सूचना प्रकाशन गर्ने र चैत्र १ गते फरक फरक जिल्लामा दोहोरो नाम परेको सम्बन्धमा निवेदन प्राप्त भए सोको छुटै विवरण तयार गरी जिल्लामा अधावधिक भएको डाटासँगै आयोगमा पठाउने कार्यक्रम रहेको छ ।
सो कार्यक्रमहरु मथि छलफल गर्दै नेमकिपा, एमाले, कांग्रेस, जनमोर्चा सहितका पाटीका प्रतिनिधीहरुले मतदाता नामाबली संकलनलाई सहज बनाउन समयाबधि थप्नुपर्ने सुझाब दिदै मतदाता नामाबलीमा देखिएका समस्याहरु बारे छलफल गरे । मतदाता नामाबली संकलनमा सूचना प्रविधिको प्रयोग, सरकारी निकायहरु र स्थानीय तह बीचको समन्वय मतदाता नामाबली मानिसको जन्म देखि मृत्युसम्म जाडेर नियमित गर्न सकिने सुझाबहरु प्रस्तुत गरेका थिए । सो अवसरमा भक्तपुर नगरपालिकाले मात्रै मतदाताहरुको व्यक्तिगत घटना दर्ता विवरण उपलब्ध गराएर जिल्ला निर्वाचन कार्यालयलाई मतदाता नामाबली अधावधिक गर्न सहयोग गरिरहेको कार्यालय प्रमुख न्यौपानेले जनाए । उहाँले यसै गरी सही सूचना दिएर नामाबली संकलनमा सहजिकरण भएमा देशकै व्यविस्थित र सुद्ध मतदाता नामाबली भक्तपुरको हुने उहाँले बताए ।
Featured Posts – Style 1
महासंघका नव-निर्वाचित पदाधिकारीहरूलाई बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न
2026-07-16 Comments Off on महासंघका नव-निर्वाचित पदाधिकारीहरूलाई बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न
महासंघका नव-निर्वाचित पदाधिकारीहरूलाई बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न भक्तपुर घरेलु तथा साना उद्योग संघ र भक्तपुर घरेलु बचत तथा ऋण...
इताछें विनायक साकाेसले गर्याे याेजना तर्जुमा गाेष्ठी
2026-07-15 Comments Off on इताछें विनायक साकाेसले गर्याे याेजना तर्जुमा गाेष्ठी
इताछें विनायक साकाेसले गर्याे याेजना तर्जुमा गाेष्ठीभक्तपुर,गत वर्ष भक्तपुर जिल्ला सहकारी संघबाट भक्तपुर जिल्लाकाे उत्कृष्ठ सहकारी हुन सफल ईताछें विनायक...
मधेसी भएकै कारण कुटपिट?’— माजिदसँग भेटेपछि महतोद्वारा निष्पक्ष छानबिनको माग
2026-07-14 Comments Off on मधेसी भएकै कारण कुटपिट?’— माजिदसँग भेटेपछि महतोद्वारा निष्पक्ष छानबिनको माग
मधेसी भएकै कारण कुटपिट?’— माजिदसँग भेटेपछि महतोद्वारा निष्पक्ष छानबिनको माग माजिद अन्सारी प्रकरणमा राजेन्द्र महतोको प्रश्न : कानुनी आधारबिनै पक्राउ...
भक्तपुर उवासंघको संस्थागत क्षमता स्वःमूल्यांकन कार्यक्रम सम्पन्न
2026-07-14 Comments Off on भक्तपुर उवासंघको संस्थागत क्षमता स्वःमूल्यांकन कार्यक्रम सम्पन्न
भक्तपुर उवासंघको संस्थागत क्षमता स्वःमूल्यांकन कार्यक्रम सम्पन्न भक्तपुरः भक्तपुर उद्योग वाणिज्य संघको संस्थागत क्षमता स्वःमूल्यांकन कार्यक्रम सम्पन्न भएको छ ।...
शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा कलेजो प्रत्यारोपणको निरन्तरता
2026-07-14 Comments Off on शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा कलेजो प्रत्यारोपणको निरन्तरता
शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा कलेजो प्रत्यारोपणको निरन्तरता शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, भक्तपुरमा केही समयको लागि रोकिएको कलेजो प्रत्यारोपण...














