ब्यवसायीको माग सम्बोधन गर्न ध्यानाकर्षण
भक्तपुर, असार ८ गते
https://youtu.be/wySgNC9smWc
बैंक तथा वित्तीय संस्थाहरु सिमित उच्च घरानाहरुको स्वामित्वमा रहेकाले जनतासँग पैसा नहुँने र व्यापारीहरु टाँत् पल्तिएपनि बैंकहरुले प्रशस्त नाफा कामाइरहेको चर्चा गर्दै भक्तपुर उद्योग वाणिज्य संघ भक्तपुरले उद्यमीहरुलाई उच्च सम्मानको माग गरेका छन् । राज्यलाई ८५ प्रतिशत रोजगार दिने र ८१ प्रतिशत कर तिर्ने व्यवसायीलाई राज्यले सम्बोधन नगरेको भन्दै व्यवसायीहरु कि त आन्दोलनकालागि सडकमा जानुपर्ने नभए सरकारसँग सहमतिमा समस्या सम्बोधन गराउन लाग्नुपर्ने बाध्यता रहेको जनाए ।
भक्तपुर जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष शिव मानन्धरको अध्यक्षतामा आज भएको व्यवसायको बर्तमान अवस्था र बैंक कर्जा तथा ब्याजदर सम्बन्धि छलफल कार्यक्रममा सांसद सन्तोष परियारले सामाजिक र नीजि क्षेत्र बीच द्वन्द चर्किरहेको बेला भक्तपुरका व्यवसायीहरुको सामाजिक उत्तरदायित्व सहितको व्यवसाय प्रवर्धन गर्ने उदेश्य प्रभावकारी रहेको जनाउँदै उद्यमीहरुको साझा समस्याहरुलाई राज्यबाट नीतिगत रुपमा सम्बोधनकालागि प्रयास गर्ने बताए भने कार्यक्रमका अर्का अतिथी नेपाल उद्योग वाणिज्य संघका उपाध्यक्ष सुरकृष्ण बैद्यले सरकारले कोरोनापछिको आर्थिक मन्दिले पारेको प्रभावलाई सहजिकरण हुने गरी अर्थतन्त्र उकास्न उद्यमीलाई साथ दिनुपर्नेमा जोड दिदै उद्यमीका साझा समस्या सम्बोधन गराउन पहल भइरहेको भन्दै आफूले व्यक्त गरेका कुरा व्यक्तिगत धारणा नभई नेपाल उद्योग वाणिय संघको धारणाको रुपमा लिन जोड दिनु भयो । कार्यक्रमका सहयोगीहरुलाई धन्यवाद दिदै भक्तपुर उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष रोशनी धौवन्जाले सरकारले उद्यमीको स्नोतीकालागि पनि बजेट दिनुपर्र्ने, उद्यम पछिको जीवनका लागि उद्यमीलाई पनि राहतका कार्यक्रम घोषाणा हुनुपर्ने लगायतका व्यवसायीहरुको हक हितका सावालहरुमा धारणा राख्नु भयो । सो अवसरमा पूर्व अध्यक्ष केपी अवाल, रामप्रसाद प्रजापति युवक राजभण्डारी सहितका अतिथीहरुले सहभागि व्यवसायीहरु बीच व्यवसायको बर्तमान अवस्था र बैंक कर्जा तथा ब्याजदर सम्बन्धि छलफल गर्दै व्यवसायीका साझा समस्याहरु बारे चर्चा गरेका थिए । कार्यक्रममा संघका महासचिव दिनेश गोसाईले पनि बोल्नु भएको थियो ।













