नेपाल जेसीजको राष्ट्रिय अध्यक्षमा रश्मि शिल्पकारको उम्मेदवारी घोषणा

नेपाल जेसीजको राष्ट्रिय अध्यक्षमा रश्मि शिल्पकारको उम्मेदवारी घोषणा

भक्तपुर — नेपाल जेसीज अभियानमा सक्रिय भक्तपुरकी चेली रश्मि शिल्पकारले फेरी पनि नेपाल जेसीजको नेतृत्व गर्न पहल थालेकी छिन । गत निर्वाचनमा उपविजयता बनेको शिल्पकारले जेसीजको अभियानलाई दह्रो पारेर नेतृत्व गर्ने संकल्प गरेकी हुन । उनले आज भक्तपुरमा पत्रकार सम्मेलन आयोजना गर्दै नेपाल जेसीजको आगामी ५३ औँ राष्ट्रिय महाधिवेशनमा भक्तपुर लेडी जेसीजकी रश्मि शिल्पकारले वर्ष २०२७ का लागि राष्ट्रिय अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेकी हुन। शनिबार भक्तपुरमा आयोजित एक पत्रकार सम्मेलनमार्फत उनले आफ्नो उम्मेदवारी सार्वजनिक गरेकी हुन् ।

नेपाल जेसीज वर्ष–२०२६ को ५३ औँ राष्ट्रिय महाधिवेशन आगामी पौष ८ देखि १० गतेसम्म झापाको भद्रपुर नगरपालिका–०८ स्थित मेची रङ्गशालामा भद्रपुर जेसीजको आतिथ्यतामा हुँदैछ ।

पत्रकार सम्मेलनमा बोल्दै शिल्पकारले संस्थाभित्र देखिएको अनियमितताको अन्त्य गर्नु नै आफ्नो उम्मेदवारीको मुख्य एजेन्डा रहेको बताइन् । जेसीज अभियानमा विगत १७ वर्षदेखि निरन्तर सक्रिय उनले संस्थाका विभिन्न तहमा रहेर नेतृत्वदायी भूमिका निर्वाह गरिसकेकी छिन् ।

जेसीज यात्रा र अनुभव
सन् २००९ देखि जेसीज अभियानमा जोडिएकी शिल्पकारले साधारण सदस्य हुँदै शाखा अध्यक्षको जिम्मेवारी सफलतापूर्वक पूरा गरिसकेकी छिन् । राष्ट्रिय तहमा उनले एरिया ुसीु ट्रेनिङ कोअर्डिनेटर, नेसनल लेडी एकेडेमी डाइरेक्टर, नेसनल भाइस प्रेसिडेन्ट ९एनभीपी० तथा नेसनल एक्जुकेटिभ भाइस प्रेसिडेन्ट ९एनईभीपी० को भूमिकामा काम गरिसकेकी छिन् । यसका साथै राष्ट्रिय प्रशिक्षक तथा जेसीआई एकेडेमीमा समेत अनुभव सँगालेकी उनले सिंगापुरमा आयोजित एसियन एकेडेमी र जापानमा राष्ट्रिय प्रशिक्षकका रूपमा अन्तर्राष्ट्रिय कार्यक्रममा सहभागिता जनाइसकेकी छिन् ।

रश्मिको व्यावसायिक तथा सामाजिक अभियान
जेसीज अभियानसँगै स्वास्थ्य, शिक्षा तथा व्यवसाय क्षेत्रमा समेत शिल्पकारको सक्रियता रहेको छ । उनी भक्तपुर हार्ट एन्ड डायबेटिक सेन्टरको प्रमोटर, डाइटिसियन तथा मार्केटिङ म्यानेजर हुन् । त्यस्तै, उनी ुकेटाकेटी ए कम्प्लिट किड्स फेसन कलेक्सनु की सञ्चालक, ुएलिभेट एकेडेमीु की प्रबन्ध निर्देशक, ुभिजन नेपालु की कार्यकारी बोर्ड सदस्य तथा नेपाल लाइफ इन्स्योरेन्स कम्पनीकी वरिष्ठ एजेन्सी म्यानेजर समेत हुन् ।

स्थापनाको ३४ वर्ष पूरा गरेको भक्तपुर लेडी जेसीजले महिला सशक्तीकरण र नेतृत्व विकासमा काम गर्दै आएको छ । शिल्पकारको उम्मेदवारीले महिला नेतृत्वको राष्ट्रिय प्रतिनिधित्व सुनिश्चित गर्नुका साथै भक्तपुरको पहिचानलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जेसीआई सञ्जालमा थप उचाइमा पुर्‍याउने विश्वास संस्थाले लिएको छ ।

पत्रकार सम्मेलनमा भक्तपुर जेसीजका अध्यक्ष रेमण कोजू, भक्तपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णमुरारी न्यौपाने लगायतका वक्ताहरूले नेपाल जेसीजमा महिला नेतृत्वको आवश्यकता औँल्याउँदै शिल्पकारको उम्मेदवारीप्रति शुभकामना व्यक्त गरेका थिए ।