खरिपाटीको सरकारी क्वारेन्टिन आइसोलेशनमा परिणत

भक्तपुर, भाद्र ५ गते
कोरना संक्रमण संभावितलाई राख्न सरकारले बनाएको खरिपाटीको सरकारी क्वारेन्टिनलाई कोरोना संक्रमितको उपचारकालागि आइसोलेशनमा परिणत गरेको छ । देशमै पहिलो पटक कोरना भाइरस ब्यवस्थापनका लागि सरकारी स्तरबाट भक्तपुरमा स्थापना गरेको सो क्वारेन्टिनलाई आइसोलेशनमा परिनणत गरेको हो । भक्तपुरस्थित खरिपाटीको विद्युत तालिम केन्द्रमा सरकारले बनाएको ३ सय शैय्याको क्वारेन्टिनलाई आइसोलेशनमा परिणत गरेको छ ।

कोरोना भाइरसको उद्गम स्थल चीनको बुहानबाट ल्याएका १ सय ७५ नेपाली विद्यार्थीलाई व्यवस्थापन गर्न खरिपाटीमा ३ सय शैय्याको क्वारेन्टिन बनाएको थियो । हाल देशभर कोरना संक्रमति बढ्न थालेपछि क्वारेन्टिनलाई भन्दा उपचारको लागि ओसोलेशनलाई जोड दिन थालेपछि सो क्वारेन्टिनलाई आइसोलेशनको रुपमा विकास गरेको हो । क्वारेन्टिन ३ सय शैयाको भए पन आसोलेशन भने २ सय शैया मात्र सञ्चालनमा ल्याएको भक्तपुर अस्पतालका मेडिकल स्परटेण्डेन्ट डाक्टर सुमित्रा गौतमले बताउकी छिन् । सो क्षेत्रमा ३ सय शैय्याको आइसोलेशन बनाउन सकिने पनि उहाँले बताए । कोरोना संक्रमण बढेपछि भक्तपुरको कोरना हब अस्पतालको रुपमा रहेको भक्तपुर अस्पतालाई ५ सय शैयाको आसोलेशन बनाउन सरकारले अनुरोध गरेपछि खरिपाटीको सरकारी क्वारेन्टिनलाई नै आइसोलेशन बनाएको हो । क्वारेन्टिनलाई आइसोलेशन बनाउन प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेको निर्देशनमा जिल्लाका सुरक्षा निकाय, बीरदल गण सूर्यविनायक लगायतले क्वारेन्टिनलाई आइसोलेशनको रुपमा तयार गरेका हुन । हाल २ सय मध्ये १ सय शैया ततकाल सञ्चालनमा ल्याउन सकिने गरी तयारी भएको डा. गौतमले बताए । खरिपाटी क्वारेन्टिनस्थलमा ३ सय शैय्याको आइसोलेशनको रुपमा विकास गर्न सकिने पनि बताइएको छ । सो आइसोलेशन सञ्चालनकोलागि भक्तपुर अस्पताल, शहीद धर्मभक्त राष्ट्यि प्रत्यारोपण केन्द र भक्तपुर क्यान्सर अस्पतालका ७ जना चिकित्सकहरुको संयुक्त टोली परिचालन गरेको छ । सो अस्पतालका चिकित्सकहरुको संयोजनमा भक्तपुर अस्पतालले कोरोना संक्रमितको उपचारको लागि पाँच शैय्याको आइसियू र तीन वटा भेन्टिलेटर सहितको १५ शैय्याको आइसोलेशन वार्ड पनि सञ्चालनमा ल्याएको छ ।