जिससको नियमन र मूल्याकन किन फितलो?

जिससको नियमन र मूल्याकन फितलो?
भक्तपुर, असार ८ गते
जिल्ला समन्वय समिति भक्तपुरले समितिको भूमिका तथा स्थानीय निकायहरुको योजना कार्यान्वय सम्बन्धी अन्तरक्रियात्मक समीक्षा कार्यक्रम गर्दै आज भक्तपुरमा समितिको काम,कर्तव्य र अधिकार बारे भक्तपुरका पत्रकारहरलाई साक्षात्कार गराएकोे छ । जिल्ला समन्वय अधिकारीद्वारा जिल्ला समन्वय समितिले गर्दै आएको अनुगमण र मूल्याकन तथा चुनौतिहरु एवं नीतिगत व्यवस्थाहरु बारे प्रस्तुतीकरण भएको सो कार्यक्रममा समितिका प्रमुख ईश्वर थापाले समितिका पदाधिकारीहरुले तलव सुविधा चाहि पाउने तर पर्याप्त रुपमा वजेट नहुँदा संविधानले दिएको अधिकार अनुसार कार्य सम्पादन गर्न नसकिरहेको कुरा औल्याएका थिए । प्रदेश तथा केन्द्रीय एवं अन्तर नगरपालिका समन्वय नियमन र मूल्यांकन समेतको कानूनी जिम्मेवारी पाएको सो समितिलाई स्थानीय तहहरु बीच पर्याप्त रुपमा समन्वय नभएको पनि उनले गुनासो गर भने सहभागि पत्रकारहरुले जिससले वर्षभरी गरेको महत्वपूर्ण कार्य सम्पादन बारे जानकारी पाए समाचार बनाउन सकिने उल्लेख गर्दै जिससले जनचासोका विषयमा नियमन र अनुगमण प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका थिए ।