लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको सन्दर्भमा भक्तपुरमा सरोकारवालाबीच अभिमुखिकरण आयोजना

लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको सन्दर्भमा भक्तपुरमा सरोकारवालाबीच अभिमुखिकरण आयोजना
भक्तपुर, १० मङ्सिर । लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको सन्दर्भ पारेर भक्तपुरमा सरोकारवाला पक्षसँग कार्य समूह सञ्जाल ९वर्किङ ग्रुप नेटवर्क० बैठक सम्पन्न भएको छ । महिला तथा बालबालिकामाथि हुने हिंसा नियन्त्रण, विद्यमान कानुनी व्यवस्था तथा पीडितको न्यायमा पहुँच अभिवृद्धि गर्ने उद्देश्यले महिला जनचेतना तथा विकास केन्द्र ९सीडब्लूएडी० ले बिहीबार अभिमुखिकरण कार्यक्रम आयोजना गरेको हो ।
कार्यक्रममा संस्थाका संस्थापक प्रा। डा। शशी अधिकारीले महिला तथा बालबालिकामाथि हुने हिंसा नियन्त्रणसम्बन्धी विद्यमान कानुनी व्यवस्था तथा न्यायमा पहुँच विषयमा प्रशिक्षण दिनुभएको थियो । प्रशिक्षणका क्रममा महिला तथा बालिकामाथि हुने हिंसा अन्त्यका लागि न्याय सुनिश्चित गर्ने, पीडित तथा जीवित व्यक्तिहरूको सुरक्षा गर्ने र दण्डहीनताको अन्त्य गर्ने विषयमा विशेष जोड दिइएको थियो ।
यसअन्तर्गत सबै प्रकारका हिंसाविरुद्ध व्यापक कानुन लागू गर्न प्रहरी, सरकारी वकिल र न्यायाधीशहरूलाई तालिम तथा आवश्यक स्रोतसाधन उपलब्ध गराउनुपर्ने, उजुरी दिन सुरक्षित र गोप्य माध्यमसहित कानुनी सहायता, स्वास्थ्य सेवा, मनोसामाजिक सहयोग र आश्रयस्थलको व्यवस्था गर्नुपर्ने तथा दोषीलाई जवाफदेही बनाउँदै संस्थागत कमजोरी सच्याउनुपर्ने उल्लेख गरियो । साथै, न्याय सुनिश्चित गर्न र दण्डहीनता अन्त्य गर्न न्याय प्रणालीलाई पीडितमैत्री बनाउने, हरेक चरणमा पीडितलाई सुरक्षा र समर्थन गर्ने, सबै स्थान तथा क्षेत्रमा न्याय सुनिश्चित गर्ने र रोकथाम तथा महिला अधिकार संस्थाहरूमा लगानी बढाउने चार प्रमुख कार्यहरूमाथि छलफल गरिएको थियो ।


यस्तै, डा। अनिता श्रेष्ठले पीडितमैत्री दृष्टिकोण, लैङ्गिक हिंसासम्बन्धी सेवा प्राप्तिमा देखिएका चुनौती, सरोकारवाला निकायको भूमिका तथा प्रभावकारी सेवा रेफरल संयन्त्र विषयमा प्रस्तुतीकरण गर्नुभएको थियो । उहाँको प्रस्तुतिमा समाजमा विद्यमान हिंसासम्बन्धी भ्रम ९मिथक० र वास्तविकताबारे स्पष्ट पारिएको थियो । पहिरनका कारण हिंसा हुने वा पुरुष हिंसाको सिकार नहुने जस्ता गलत धारणा चिर्दै हिंसा कहिल्यै पनि पीडितको दोष नहुने र जो कोही पनि हिंसाको सिकार हुन सक्ने वास्तविकता औँल्याइएको थियो ।
मनिता मुडभरीको सहजीकरणमा सम्पन्न उक्त कार्यक्रममा स्वागत मन्तव्यसँगै बैठकको उद्देश्यमाथि प्रकाश पारिएको थियो । बैठकमा विभिन्न स्थानीय तहका न्यायिक समितिका सदस्य, मेलमिलापकर्ता, विद्यालयका प्रतिनिधि, प्रहरीको महिला सेल तथा सरोकारवाला निकायका प्रतिनिधिहरूको सक्रिय सहभागिता रहेको थियो ।
छलफलका क्रममा सहभागीहरूले हिंसा प्रभावित व्यक्तिलाई मनोसामाजिक परामर्श, स्वास्थ्य उपचार, सुरक्षित आवास र कानुनी सहायता सहज रूपमा उपलब्ध गराउन स्थानीय तह, प्रहरी, विद्यालय र गैरसरकारी निकायबीचको समन्वय तथा रेफरल संयन्त्रलाई अझ प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका छन् ।
छलफलका क्रममा सहभागीहरूले हिंसाका घटना लुकाउने प्रवृत्ति अन्त्य गर्न समुदायस्तरमै सचेतना फैलाउनुपर्ने र पीडितलाई तत्काल उद्धार तथा न्याय दिलाउन स्थानीय तह, प्रहरी, विद्यालय र गैरसरकारी निकायबीचको समन्वय तथा रेफरल संयन्त्रलाई अझ प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका छन् ।
पीडितलाई न्याय कसरी दिन सकिन्छ भन्ने सवालमा छलफल गर्दै सहभागिहरुले प्रचलित कानून अनुसार पिडकलाई कार्वाही र पीडितलाई क्षतिपूर्ति सहित पुर्नस्थापनको व्यवस्था आवश्यक भएको भन्दै पीडितलाई सर्व प्रथम सुरक्षा दिनु पर्नेमा जोड दिएको थियो ।