भक्तपुरमा आज थपिए ११८ पोजेटिभ, देशभर २,३४०कोरोना मुक्त
भक्तपुर, असोज २० गते
भक्तपुरमा आज ११६ कोराना संक्रमित थपिएका छन् भने काठमाण्डौ उपत्यकामा १ हजार १७ जना संक्रमित थपिएका छन् । देशभर आज संक्रमितहरु १५५१ जना भएका मध्ये उपत्यकामा मात्रै १ हजार १७ जना संक्रमित थपिएका हुन । थपिएका संक्रमितहरुमा काठमाण्डौ जिल्लाका ७८३, भक्तपुरका ११६ र ललितपुरका ११८ जना रहेको स्वास्थ्य तथा जनंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जनाएको छ ।
आज थपिएका संक्रमितहरुसँगै देशभर कोरोना संक्रमितको संख्या ९० हजार ८१४ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ११ हजार ४७ जनाको पीसीआर परिक्षण गर्नेक्रममा १५५१ जना संक्रमित थपिएको जनाएको हो । पछिल्लो २४ घण्टामा २ हजार ३४० कोरोना संक्रमित निको भएसँगै हालसम्म कोरोना मुक्त हुनेको संख्या ६७ हजार ५४२ पुगेको छ । संक्रमित निको हुने दर ७४.३ प्रतिशत रहेको छ । कोरोना संक्रमितहरु मध्ये पछिल्लो २४ घण्टामा थप ९ जनाको मृत्यु भएको छ । योसँगै कोरोनाबाट मृत्युहुनेको संख्या ५६३ पुगेको छ ।
हाल आइसोलेसनमा २२ हजार ७०९ रहेका छन भने ४ हजार २२१ क्वारेन्टिनमा छन् । यसै गरी २४३ जना आइसीयू र ४० जना भेन्टिलेटरमा छन् ।
Featured Posts – Style 1
भक्तपुर औद्योगिक महोत्सवः ८० लाखको कारोबार
2026-04-21 Comments Off on भक्तपुर औद्योगिक महोत्सवः ८० लाखको कारोबार
भक्तपुर औद्योगिक महोत्सवः ८० लाखको कारोबारभक्तपुर, ८ वैशाखः नयाँ वर्ष २०८३ सालको अवसर पारेर भक्तपुरको सल्लाघारीस्थित १०९ रोपनी चौरमा आयोजना...
विस्का जात्राको आज ८ औदिन द्यः स्वगं बियगु जात्रा मनाइयो ।
2026-04-17 Comments Off on विस्का जात्राको आज ८ औदिन द्यः स्वगं बियगु जात्रा मनाइयो ।
विस्का जात्राको आज ८ औदिन द्यः स्वगं बियगु जात्रा मनाइयो ।भक्तपुर, बैशाख ४ गतेऐतिहासिक विस्का जात्राको आज ८ औं दिन...
बागमती प्रदेश मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ भक्तपुर भ्रमणमा
2026-04-17 Comments Off on बागमती प्रदेश मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ भक्तपुर भ्रमणमा
बागमती प्रदेश मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ भक्तपुर भ्रमणमा मिति २०८३ बैशाख ४ गते शुक्रबार । भक्तपुर नगरपालिकाको अवलोकन भ्रमणमा आउनु भएका...
भक्तपुर अभिभावक संघको ध्यानाकर्षण पत्र
2026-04-17 Comments Off on भक्तपुर अभिभावक संघको ध्यानाकर्षण पत्र
भक्तपुर अभिभावक संघको ध्यानाकर्षण पत्रभक्तपुर, ३ बैशाख । अभिभावक संघ नेपाल भक्तपुर जिल्ला समितिका अध्यक्ष रामकृष्ण प्रजापतिको नेतृत्वमा गएका अभिभावकहरुले...
जिब्रो छेड्ने सुजनलाई बागमती प्रदेश सरकारले दियो २ लाख नगद
2026-04-16 Comments Off on जिब्रो छेड्ने सुजनलाई बागमती प्रदेश सरकारले दियो २ लाख नगद
जिब्रो छेड्ने सुजनलाई बागमती प्रदेश सरकारले दियो २ लाख नगद भक्तपुर । बोडेमा जिब्रो छेड्ने तयारीमा रहेका सुजन बाग श्रेष्ठलाई...











