सूर्यविनायक बँलाक्व टोल सुधार संस्थाको ९ औं बार्षिक साधारण सभा

सूर्यविनायक बँलाक्व टोल सुधार संस्थाको ९ औं बार्षिक साधारण सभा
भक्तपुर, २८ चैत । सूर्यविनायक बँलाक्व टोल सुधार संस्थाको ९ औं बार्षिक साधारण सभा प्रमुख अतिथि नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य एवम् बागमती प्रदेश सांसद सृजना सैंजूले पानसमा दीप प्रज्वलित गरी शनिवार सूर्यविनायक बँलाक्वमा उद्घाटन गर्नुभयो ।
प्रमुख अतिथि सृजना सैंजूले सरकारले मात्र गरिदिन्छ भनेर नबसिकन सामाजिक भावना लिएर पुस्तातरण कार्य गर्दै आएको टोल सुधार संस्थाको कार्य स¥हाणीय छ भन्नुभयो । उहाँले आयल निगमसंग जगेडा तेल भण्डार गर्ने क्षमता नभएको नराखेकोले अभाव हुँदा हाम्रो जीवन कष्टकर हुने स्थिति हुँदा छिमेकि देशहरुसंग कुटनीतिक सम्बन्ध राम्रो र सन्तुलन बनाउँदै एमसिसि र एसपिपि जस्ता देशघाटी सम्झौताहरु बारे पनि टोलमा छलफल हुनु आवश्यक छ भन्नुभयो ।
अतिथि प्रहरि निरिक्षक कञ्चन राजथलाले समाजमा हुने विकृति, अपराधहरु नियन्त्रण् र शान्तिसुरक्षा कायम गर्न समाज र टोलबासीहरुको सहयोगको अपेक्षा गर्दै टोल सुधारसंग समन्वय गरी कार्य गर्न पाउँदा खुशिका साथ शुभकामना व्यक्त गर्नुभयो ।
अतिथि ८ नं वडाध्यक्ष पुष्पराज बस्नेतले टोलमा सबै मानिसहरु राम्रोमात्र नहुने नकारात्मक सोच राख्नेहरु पनि भएकोले युवा पुस्तालाई सामाजिक कार्यमा लगाई सचेत गर्नुपर्ने बताउँदै विकसित देशहरुभन्दा नेपालको समाज उत्कृष्ट छ भन्नुभयो ।
अतिथि ६ नं वडाध्यक्ष इश्वर खड्काले टोलको समस्या छलफल र सहलहबाट समाधान हुने बताउँदै टोल संस्थालाई आवश्यक श्रोतसाधन सहयोग गर्न तत्परता रहेको बताउनुभयो ।
कार्यक्रम टोल सुधार संस्थाका अध्यक्ष लक्ष्मी सुन्दर शिल्पकारको सभापतित्वमा सम्पन्न कार्यक्रममा स्वागत उपाध्यक्ष गौतम सुजख सचिव रमेश त्वी त्वीले बार्षिक प्रगति प्रतिवेदन कोषाध्यक्ष लक्ष्मी प्रसाद त्वानाबासुले बार्षिक आयव्यय विवरण प्रस्तुत गर्नुभयो भने निवर्तमान अध्यक्ष पृथ्व कुमार प्रजापतिले संस्थाको गतिविधि र संचालन सदस्य संगिता कायष्ठले गर्नुभएको थियो ।