विस्का जात्राको आज ८ औदिन द्यः स्वगं बियगु जात्रा मनाइयो ।
भक्तपुर, बैशाख ४ गते
ऐतिहासिक विस्का जात्राको आज ८ औं दिन द्यः स्वगं वियगु जात्रा मनाइएको छ । आजकै दिन मातातिर्थ औंसी अर्थात आमाको मुख हेर्ने दिन परेकाले भने द्यः स्वगं बियगु जात्रा भएपनि समूहगत रुपमा हुने ब्व छाय्गु अर्थात भोज चढाउने पर्व भने भएन । भक्तपुर नगरका विभिन्न टोलबाट सामूहिकरुपमा देवतलाई ८४ बेन्जन चढाउने भक्तपुरको मौलिक पर्व थियो । यद्यपी भक्तपुर नगरका टोल टोलमा विराजमान गराइएका देवदेवीहरुको प्रतिमाहरुमा टोल टोल वा घर घरबाट आएका भक्तजनहरुले आफ्नो स्वइच्छाका सामग्रीहरुमा चढाएर द्यः स्वगं बियगु जात्रा मनाएका हुन । स्वगं भनेपछि दहि माछा मासु सहितको नेवार समुदायको परम्परागत टिका हो । भद्रकालीको विस्का जात्रा मनाउन देवगृहबाट निस्केका देवगणहरुलाई जात्रा सम्पन्न गरेबापत धन्यवाद स्वरुप सगुन दिने परम्परा रहेको इतिहासकारहरु बताउँछन् । इतिहासमा भद्रकालिको २ दिने विस्का जात्रा मात्र हुन्थ्यो । भद्रकालीको जात्रा हेर्न आएका कासी भैरवलाई भक्तपुरका तान्त्रिकले पहिचान गरेपछि भैरवले आफ्नो शरीरलाई जमिनमा लुगाउन थालेपछि बाँकी रहेको टाउको मात्रै समाएर हसियाँले छेड्न गरी कासि भैरवका जात्रा समेत चलन थालेपछि कालान्तरमा यो जात्रा आठ रात ९ दिनको हुन पुगेको इतिहासकारहरु बताउँछन । कासी भैरवको टाउको भक्तपुरमा र शरीरको अन्य भाग भारतको कासिस्थित मन्दिरमा रहेकोले यो ऐतिहासिक एवं तान्त्रिक जात्राको रुपमा लिने प्रचलन छ । सो जात्रा अन्तर्गत आज द्य।स्वगं वियगु जात्रा सम्पन्न गरी देवदेवीहरु आआफ्नो देवगृहमा विराजमान गराइने प्रचलन छ ।
विस्का जात्राको अन्तिम दिन भोली गःहिटीमा रहेको भैरवनाथको रथलाई ठने अर्थात तौमढीतर्फ तानेर जात्रा समापन गर्ने प्रचलन छ । यो अवधिमा भक्तपुरका छुमा गणेश सहित विभिन्न क्षेत्रमा भोली बेलुकासम्म जात्रा पर्व हुने गर्दछ । छुमा गणेशको जात्रा नै विस्का जात्राको अन्तिम जात्रा भएको स्थानीयको भनाई छ । किन कि भोली भैरवको रथ तौमढी तानिसक्दापनि छुमा गणेशको जात्रा भने जारी रहने छ ।
Featured Posts – Style 1
महासंघका नव-निर्वाचित पदाधिकारीहरूलाई बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न
2026-07-16 Comments Off on महासंघका नव-निर्वाचित पदाधिकारीहरूलाई बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न
महासंघका नव-निर्वाचित पदाधिकारीहरूलाई बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न भक्तपुर घरेलु तथा साना उद्योग संघ र भक्तपुर घरेलु बचत तथा ऋण...
इताछें विनायक साकाेसले गर्याे याेजना तर्जुमा गाेष्ठी
2026-07-15 Comments Off on इताछें विनायक साकाेसले गर्याे याेजना तर्जुमा गाेष्ठी
इताछें विनायक साकाेसले गर्याे याेजना तर्जुमा गाेष्ठीभक्तपुर,गत वर्ष भक्तपुर जिल्ला सहकारी संघबाट भक्तपुर जिल्लाकाे उत्कृष्ठ सहकारी हुन सफल ईताछें विनायक...
मधेसी भएकै कारण कुटपिट?’— माजिदसँग भेटेपछि महतोद्वारा निष्पक्ष छानबिनको माग
2026-07-14 Comments Off on मधेसी भएकै कारण कुटपिट?’— माजिदसँग भेटेपछि महतोद्वारा निष्पक्ष छानबिनको माग
मधेसी भएकै कारण कुटपिट?’— माजिदसँग भेटेपछि महतोद्वारा निष्पक्ष छानबिनको माग माजिद अन्सारी प्रकरणमा राजेन्द्र महतोको प्रश्न : कानुनी आधारबिनै पक्राउ...
भक्तपुर उवासंघको संस्थागत क्षमता स्वःमूल्यांकन कार्यक्रम सम्पन्न
2026-07-14 Comments Off on भक्तपुर उवासंघको संस्थागत क्षमता स्वःमूल्यांकन कार्यक्रम सम्पन्न
भक्तपुर उवासंघको संस्थागत क्षमता स्वःमूल्यांकन कार्यक्रम सम्पन्न भक्तपुरः भक्तपुर उद्योग वाणिज्य संघको संस्थागत क्षमता स्वःमूल्यांकन कार्यक्रम सम्पन्न भएको छ ।...
शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा कलेजो प्रत्यारोपणको निरन्तरता
2026-07-14 Comments Off on शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा कलेजो प्रत्यारोपणको निरन्तरता
शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा कलेजो प्रत्यारोपणको निरन्तरता शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, भक्तपुरमा केही समयको लागि रोकिएको कलेजो प्रत्यारोपण...













