सय वर्षपछिको भक्तपुर पुस्तकको तेस्रो संस्करण सार्वजनिक
भक्तपुर, चैत्र २९ गते
भक्तपुर नगरपालिकाले सय वर्षपछिको भक्तपुर पुस्तकको तेस्रो सृंखला आज सार्वजनिक गरेको छ । ख्वप इन्जिनियरिङ्ग कलेजको सभा हलमा आज आयोजित विशेष कार्यक्रममा लेखक नेपाल मजदुर किसान पार्टीका अध्यक्ष एवं वरिष्ठ राजनैतिक नारायणमान विजुक्छेले कार्यक्रमका अतिथिहरुसँगै संयुक्त रुपमा सो पुस्तकको विमोचन गर्नु गर्नु भयोे । लेखक विजुक्छेको अनुमतिमा भक्तपुर नगरपालिकाद्वारा प्रकाशित सो पुस्तकको आज सार्वजनिकीकरण सँगै सो पुस्तकमाथि परिचर्चा कार्यक्रम पनि भएको छ । गातासहित २४४ पृष्ठको सो पुस्तकमा लेखक विजुक्छेंले लेख्नु भएको लेखकहरुको संग्रहको रुपमा प्रकाशित छ । सो पुस्तकले सय वर्षपछिको भक्तपुर पुस्तकको पहिलो, दोस्रो पुस्तकको औचित्यमाथि प्रकाश पार्दै तेस्रो संस्कणको महत्व बारे प्रकास पारेका छन् । नाचगानको राजधानी भक्तपुर एक टिप्पणीको प्रकाशकीयसँगै नेपालको कला र संस्कृतिको अध्ययनका निम्ति आवश्यक पृष्ठभूमि, भक्तपुर जिल्लालाई पर्यटकीय गन्तव्य तथा शिक्षा र संस्कृतिको केन्द्र बनाउने बारे विचार, भक्तपुर नगरलाई सांस्कृतिक नगर घोषणा गर्ने सम्बन्धी अध्ययन प्रतिवेदन बारे विचारसहित पचास वर्ष पहिले, पचास वर्षपछिको नेपाल र सय वर्षपछिको भक्तपुरका तस्विर, केही रेखाचित्र र नक्सा सहित सो पुस्तक प्रकाशित गरेका हुन ।
इतिहासको जगबाट मात्रै विकास संभव हुने भन्दै कार्यक्रमका अतिथिहरुले जति सुक्कै परिवर्तन र विकासकार्य भए पनि सांस्कृतिक सभ्यतालाई बिर्सन नहुने चर्चा गर्नु भयो । कार्यक्रमका अतिथिहरुले सभ्यताको जगबाट मात्रै इतिहास रच्न सकिने भन्दै सो पुस्तकले भक्तपुरको सांस्कृतिक जीवनलार्ई युगौसम्म मार्गर्निशित गरिरहने धारणा राखेका थिए । हरेक विकासकार्य गर्नु पहिला योजना बनाउन आवश्यक भएको भन्दै अतिथीहरुले भक्तपुरको साँस्कृतिक सभ्यतालाई जीवन्त राख्न नेमकिपा अध्यक्ष विजुक्छेंको परिकल्पना सय वर्षपछिको भक्तपुर पुस्तकले सबैकालागि प्रेरणा दिइरहने बताउनु भयो ।
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको सभापतित्वमा भएको कार्यक्रममा भक्तपुर मासिकका सम्पादक लक्ष्मण जोशी, प्रा.डा. पुरुषोतमलोचन श्रेष्ठ, प्रा.डा सुरेश ढकाल, इं पद्मसुन्दर जोशी, सम्पदाविद् रविन्द्र पुरी, पुरातत्व विभागका महानिर्देशक सौभाग्य प्रधानाङ्ग, भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशी, वडाध्यक्ष रविन्द्र ज्याख्व शिक्षक राजेन्द्र कायष्ठ, आर्किटेक्चर, रविना शिल्पकार र नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वसन्त भट्टराई सहितका अतिथिहरुले सय वर्षपछिको भक्तपुर पुस्तकमा उल्लेखित विषयवस्तुहरुमाथि प्रकाश पार्दै सो पुस्तकको महत्व बारे आआफ्नो धारणा व्यक्त गरेका थिए ।
https://www.culturalsurvival.org/news/kathmandus-newar-indigenous-community-warns-climate-change-destroying-their-ancient-culture
Featured Posts – Style 1
इतिहासविद् डा. प्रा. पुरुषोत्तमलोचन श्रेष्ठ रेडियो जनसञ्चार र जनसञ्चार टेलिभिजनद्वारा सम्मानित
2026-10-16 Comments Off on इतिहासविद् डा. प्रा. पुरुषोत्तमलोचन श्रेष्ठ रेडियो जनसञ्चार र जनसञ्चार टेलिभिजनद्वारा सम्मानित
इतिहासविद् डा. प्रा. पुरुषोत्तमलोचन श्रेष्ठ रेडियो जनसञ्चार र जनसञ्चार टेलिभिजनद्वारा सम्मानित भक्तपुर इतिहास, पुरातत्त्व तथा संस्कृतिका क्षेत्रमा अतुलनीय योगदान पुर्याउनुभएका...
देको मिवा ईतापाके जग्गा एकीकरण आयोजनासम्बन्धी भक्तपुर नगरपालिकाको महत्त्वपूर्ण सूचना
2026-10-16 Comments Off on देको मिवा ईतापाके जग्गा एकीकरण आयोजनासम्बन्धी भक्तपुर नगरपालिकाको महत्त्वपूर्ण सूचना
देको मिवा ईतापाके जग्गा एकीकरण आयोजनासम्बन्धी भक्तपुर नगरपालिकाको महत्त्वपूर्ण सूचना भक्तपुर। भक्तपुर नगरपालिकाद्वारा सञ्चालित 'देको मिवा ईतापाके जग्गा एकीकरण आयोजना'...
सूर्यविनायक अन्तर वडास्तरीय फुटबल: वडा नं. १० बन्यो च्याम्पियन, ट्रफीसहित पाए एक लाख
2026-10-16 Comments Off on सूर्यविनायक अन्तर वडास्तरीय फुटबल: वडा नं. १० बन्यो च्याम्पियन, ट्रफीसहित पाए एक लाख
सूर्यविनायक अन्तर वडास्तरीय फुटबल: वडा नं. १० बन्यो च्याम्पियन, ट्रफीसहित पाए एक लाख भक्तपुर, ३० असोज। सूर्यविनायक नगरपालिकाद्वारा आयोजित अन्तर...
दसैँ राष्ट्रिय पहिचान र सुरक्षासँग जोडिएको पर्व हो: संस्कृतिविद् प्रा.डा. श्रेष्ठ
2026-10-16 Comments Off on दसैँ राष्ट्रिय पहिचान र सुरक्षासँग जोडिएको पर्व हो: संस्कृतिविद् प्रा.डा. श्रेष्ठ
दसैँ राष्ट्रिय पहिचान र सुरक्षासँग जोडिएको पर्व हो: संस्कृतिविद् प्रा.डा. श्रेष्ठ भक्तपुर । स्वतन्त्र पत्रकार संघ भक्तपुरले शुक्रबार भक्तपुरमा ‘दसैँ...
भक्तपुर योङ्ग सर्कलद्वारा ‘अन्तर सदयीय उडबल प्रतियोगिता’ आयोजना हुँदै
2026-10-16 Comments Off on भक्तपुर योङ्ग सर्कलद्वारा ‘अन्तर सदयीय उडबल प्रतियोगिता’ आयोजना हुँदै
भक्तपुर योङ्ग सर्कलद्वारा 'अन्तर सदयीय उडबल प्रतियोगिता' आयोजना हुँदै भक्तपुर। "कला, खेलकूद र मित्रता - युवा जगतको आवश्यकता" भन्ने मूल...













