अपांगता सम्बन्धी रिपोटिङ्गका अनुभव र चुनौति बारे पत्रकार साक्षात्कार
भक्तपुर, चैत्र २९ गते
अपांगता समबन्धी रिपोटिङ्ग गर्दाका अनुभव र चुनौतीहरुका सवालहरुमा आज भक्तपुरका पत्रकारहरु बीच अभिमुखिकरण गरेको छ । अपांगता भएका बालबालिका र महिलाहरुको अधिकार र सशक्तिकरणमा क्रियाशिल रहेको एक्सिस प्लानेटले अभिमुखिकरण कार्यक्रम आयोजना गरेका हुन । संसारमा १६ प्रतिशत गंम्भिर अपांगता र नेपालमा १० प्रतिशत ब्यक्तिगत अपंगाता भएको चर्चा गर्दै एक्सिस प्लानेटका निर्देशक लक्ष्मी नेपालीले राष्ट्रिय जनगणना २०७८को तथ्यांग अनुसार देशमा २.२ प्रतिशत मात्रै अपांगता अभिलेख रहेको बताए ।


अपंगता भएका व्यक्तिलाई होच्याउने, हप्पने, गिज्याउने भन्दा सम्मानजन मानविय व्यवहारको आवश्यकतामा जोड दिदै उहाँले अपांगतालाई हेर्न दयामुखी, चिकित्सकीय, सामाजिक, आधिकारमुखी र अपांगतामा आधारित अवधारणाहरु बारे जानकारी दिनु भयो । शारिरीक र मानिसिक अपांगताका आधारमा हाल १० प्रकारले अपांगता भएका व्यक्तिहरुको पहिचान गरी शारीरिक, दृिष्ट, सुनुवाई, श्रवण दृष्टिविहिन, स्वरबााई, मानसिक वा मनोसामाजिक, बौद्धिक, अनुवंशीक, अटिजम,र बहु अपांगता गरी १० प्रकारले वर्गीकरण गरी पूर्ण अशक्त, अति अशक्त, मध्य अशक्त र सामान्य गरी परिचय पत्र र सरकारी सेवा सुविधाहरु पनि उपलब्ध हुँदै आए पनि सबै प्रकारका अपांगता भएका व्यक्तिहरुको पहिचान, बर्गिकरण र सुविधाहरु विस्तार हुन नसकेको भन्दै नेपाली पत्रकारीताको क्षेत्रमा अपांगता भएका व्यक्तिहरुको विषयमा पनि एजेण्डा बन्नुपर्ने, समाचार लेख्नुपर्नेमा उहाँले जोड दिनु भयो । समाचार लेख्दा अपांग नभनि अपांगता भएका व्यक्ति भन्नेर बालाउँदा कुनै आपति नहुने तर राजनैतिक नेता देखि विभिन्न क्षेत्रमा अपांगता भएका व्यक्तिहरुलाई होच्याएर गरिने गालिगलौज ठीक नभएको उहाँले बताए ।
आफू दृष्टिविहिन भएर पनि एक्सिस प्लानेटको निर्देशक भइ अपांगता भएका समुदायको हकहितकालागि लागि परेको स्मरण गर्दै उहाँले नेपाली सञ्चार माध्यम र सञ्चारकर्मीले अपांगता भएका व्यक्तिहरुको समाचार बनाउँदा सकारात्मक भएर लेखि दिन आग्रह गर्नु भयो साथै उहाँले अपांग मत्री भौतिक सरचना र पहुँच युक्त सेवाको आवश्यकतालाई जोड दिदै यस विषयमा लेख्न बोल्न आवश्यक भएका सम्बन्धित व्यक्तिसँगै कुराकानी गरेर तथ्य बुझ्नुपर्ने धारणा राखेका छन् । परिवारमा एकजना अपांग भएपछि परिवारले नै दुःखपाइरहेको प्रशंगमा अपांगता भएका व्यक्तिहरुको हकहितका सावालमा प्रेस काउसिलको अपांगता सम्बन्धि आचार संहितालाई पूर्ण कार्यान्वयन गरिदिन आग्रह गर्दै उहाँले डिडिटल मिडिया पनि अपांग मैत्री बनाउन आवश्यक भएकोमा जोड दिएका थिए । सो अवसरमा एक्सिस प्लानेटका मनिसा पलले सहजिकरण गरेका थिए ।














