भक्तपुर महोत्सवकालागि एउटा आकर्षण, बन्दै गरेको टेराकोटाको घर
भक्तपुर, मंसिर १७गते
कलाकार रमेश प्रधानले आफ्नो गोल्मढीको नीजी आवासलाई परम्परागत शैलीमा पर्यटन मैत्री बनाएका छन् । माटो मुर्तिहरुलाई पोलेर बनेको कलाकृर्तिहरुले सजाउँदै प्रधानले आफ्नो घरलाई टेराकोटाको नमूना घर बनाएको बताएका हुन । विगत दुई तिन वर्षदेखि ढलानको घर बनाइरहेको प्रधानले आफूले सिकेको मूर्तिकलालाई सदुपयोग गर्दै आफ्नो घरलाई टेराकोटाको घर बनाएका हुन । उनले आफ्नो घरलाई आफू बस्ने मात्र नभई स्वदेशी तथा विदेशी पर्यटकहरुलाई बस्ने तथा कलाप्रेमीहरुकोलागि अध्ययन अवलोकन गर्ने स्थलको रुपमा विकास गर्ने बताए । नगरपालिकाको भवन संिहतालाई पूर्ण परिपालन गर्दै कलाकार प्रधानले आफ्नो घरलाई टेराकोटा र ढुंगा, माटो र सिमेटको मुत्र्ति बनाउने स्टुडियोको रुपमा विकास गर्न चाहेको बताएका छन् । जनसञ्चार खवरसँग कुरा गर्दै उहाँले भक्तपुरमा टेराकोटाका आफ्नो सहित ३ वटा मात्रै घर भएको उल्लेख गर्दै टेराकोटाको घर बनाउँन चाहनेहरुलाई आफ्नो तर्फबाट पनि सहयोग गर्ने जनाएका छन् ।


आसन्न भक्तपुर महोत्सवको एउटा आकर्षक घरको रुपमा पनि प्रस्तुत गर्ने सोच भएपनि निर्माण कार्य पूरा नभएकाले प्रर्दशनीमा नाम उल्लेख भन्ने गरी नसकेको तर हेर्न आउनेलाई भने मजाले टेराकोटाको महत्वको बारेमा जानकारी दिन इच्छुक रहेको जनाएको छ । टेराकोटाका मुर्ति र घर कसरी बनाउन सकिन्छ भन्ने ज्ञानसिप भने देखाउन सकिने बताएका हुन । तुछिमलाको टेराकोटाको घर सम्पदा भइसकेको र त्यसपछि सूर्यमढीमा पनि टेराकोटाको एउटा घर बनाएको थाहा पाएका प्रधानले अरुको घर मात्र होइन आफ्नो घरलाई पनि मौलिक शैलीमै बनाउने उदेश्यले टेराकोटाको घर बनाएको बताए । भित्र भित्र ढलान र बाहिरी स्वरुप मात्रै टेराकोटाको हुँदा अलि नमजा लागेको उल्लेख गर्दै कलाकार प्रधानले सिंगो घरलाई परम्परागतशैलीमै बनाउने आफ्नो चाहना भएर पनि पर्याप्त श्रोतको अभावले यस्तो घर बनाउन परेको गुनासो गरेका छन् । बाबु छोरा मिलेर टेराकोटाका मौलिक तथा चलनचल्टिको मुर्तिले घर सजाउँदै गर्दा २।३ वर्ष लागेको उल्लेख गर्दै अझै २।३ वर्षपछि मात्रै पूर्णरुपमा आफ्नो घर टेराकोटाले सजि सक्ने अनुमान कलाकार प्रधानले गरेको छ ।














