दशैंमा तलेजुभित्र बली नदिने र विधिपूर्वक सामान्य पुजामा सीमित गर्ने निर्णय
२०७७ असोज २० गते, मंगलबार
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा जिल्ला प्रशासन कार्यालय र महानगरीय प्रहरी परिसरका प्रतिनिधि, गुठी संस्थान भक्तपुरका प्रमुख र तलेजुका पुजारीहरूको उपस्थितिमा नजिकिँदै गरेको बिजया दशमी (दशैं) को अवधिमा भक्तपुर दरबार क्षेत्रस्थित तलेजु परिसरमा हुने विभिन्न जात्रासँग सम्बन्धित सरोकारवालाहरूको बैठक मंगलबार बस्यो ।
बैठकमा नगर प्रमुख प्रजापतिले कोरोना संक्रमणको जोखिमका कारण भक्तपुरमा मनाइने सम्पूर्ण जात्रा र पर्वहरूलाई औपचारिकतामा सीमित गरी मनाउने निर्णयमा जनताको साथ र सहयोग रहँदै आएको स्मरण गर्नुहुँदै नजिकिँदै गरेको दशैंलाई पनि सुरक्षित ढंगले मनाउनु सबैको कर्तव्य भएको बताउनुभयो ।
नगरपालिकाले व्यक्तिगत हित भन्दा पनि सामूहिक हितलाई ध्यानमा राखी जात्रासँग सम्बन्धित सरोकारवालाहरूको राय–सुझाव लिएर मात्र आवश्यक निर्णय गरिरहेको छ । नगर प्रमुख प्रजापतिले भन्नुभयो — यस वर्षको दशैं पनि धेरै हुल जम्मा नहुने गरी सहज वातावरणमा सुरक्षित ढंगले सम्पन्न गर्नुपर्ने अवधारणाका साथ अगाडि बढिरहेका छौं ।
बैठकले विजया दशमीको अवसरमा यस वर्ष भक्तपुरको तलेजु मन्दिर परिसरभित्र हुने सबै प्रकारका पुजामा बली नदिने र तलेजु भवानीको पुजालाई स्वास्थ्य सुरक्षा मापदण्ड र सामाजिक दुरी कायम गरी विधिपूर्वक सामान्य पुजामा मात्र सीमित गर्ने निर्णय ग¥यो ।
बैठकले विश्वव्यापी महामारीको रुपमा पैmलिरहेको कोरोना भाइरस (कोभिड–१९) को विषम अवस्थामा यस वर्षको विजया दशमी २०७७ को अवधि घटस्थापनादेखि कोजाग्रत पूर्णिमाको दिनसम्म भीडभाड नगरी औपचारिकतामा मात्र सीमित गर्न नगरबासीहरूलाई आव्हान गर्ने निर्णय ग¥यो ।
साथै उक्त बैठकले विजया दशमी २०७७ को घटस्थापनाको दिनदेखि विजया दशमीको दिनसम्म नगरका विभिन्न शक्ति पीठहरूमा हुने मेला, पुजा र नवरातको समयमा बाजा लिई वा नलिई कुनै किसिमले भीड हुने गरी मन्दिरहरूमा नजानको लागि जनतालाई आह्वान गर्ने पनि निर्णय ग¥यो ।
बैठकले दशैं अवधिभर तलेजु परिसरमा पूजासँग सम्बन्धितबाहेक अन्य नागरिकलाई प्रवेशमा रोक लगाउने निर्णय ग¥यो ।
गुठी संस्थानले तलेजु पुजाको लागि दशैं अवधिमा ६० वटा बोका, ३१ वटा राँगा, ३० वटा हाँस दिने प्रचलनलाई यस वर्ष नदिने भएको छ ।
बैठकमा भक्तपुर जिल्ला प्रशासन कार्यालयका प्र.अ. यज्ञराज जोशी, गुठी संस्थान भक्तपुरका प्रमुख आनन्दप्रसाद कर्माचार्य, महानगरी प्रहरी परिसरका प्र.ना.उ केशवकुमार थेवे, भक्तपुर नपा वडा नं. ७ का वडाध्यक्ष, भक्तपुर नपाका प्रमुख प्रशासकीय अधिकृत रामलाल श्रेष्ठ, नपाका प्रशासकीय अधिकृत दामोदर सुवाल, तलेजुमा हुने जात्रासँग सम्बन्धित सरोकारवाला सिद्धिवीर कर्माचार्य, प्रज्ञेशराज राजोपाध्याय, पदम कर्माचार्य र महेश कर्माचार्यले कोरोनाको विषम् परिस्थितिमा यस वर्षको दशैंलाई सामान्य औपचारिकतामा सीमित गरी सुरक्षित रुपमा चाडपर्व मनाउनुपर्ने धारणा व्यक्त गर्नुभयो ।
Featured Posts – Style 1
एभरेस्ट स्काउट क्याम्पबाट नेतृत्व र सहकार्यको सीप
2026-09-06 Comments Off on एभरेस्ट स्काउट क्याम्पबाट नेतृत्व र सहकार्यको सीप
एभरेस्ट स्काउट क्याम्पबाट नेतृत्व र सहकार्यको सीप भक्तपुर, भाद्र २१ गते, विद्यार्थीमा नेतृत्व क्षमता, अनुशासन, सहकार्य तथा सामाजिक सद्भावको विकास...
लोकेश्वर साकोसबाट दुबोको माला बनाउने तालिम सम्पन्न
2026-09-06 Comments Off on लोकेश्वर साकोसबाट दुबोको माला बनाउने तालिम सम्पन्न
लोकेश्वर साकोसबाट दुबोको माला बनाउने तालिम सम्पन्नलोकेश्वर बचत तथा ऋण सहकारी संस्था लि., को महिला उप–समितिको आयोजनामा भएको एक दिने...
कृष्णजन्माष्टमीमा भोटेकोशी बाढीपीडितका लागि भक्तपुरको पञ्चमहालक्ष्मीमा विशेष अनुष्ठान
2026-09-04 Comments Off on कृष्णजन्माष्टमीमा भोटेकोशी बाढीपीडितका लागि भक्तपुरको पञ्चमहालक्ष्मीमा विशेष अनुष्ठान
कृष्णजन्माष्टमीमा भोटेकोशी बाढीपीडितका लागि भक्तपुरको पञ्चमहालक्ष्मीमा विशेष अनुष्ठान भक्तपुर । नेपालमा हालै आएको विनाशकारी भोटेकोशी बाढीका कारण दिवङ्गत भएका नागरिकहरूको...
दाइजोको निहुँमा आरतीको हत्या भएको माइती पक्षको आरोप, दोषीलाई पक्राउ नगरेको भन्दै पत्रकार सम्मेलन
2026-09-04 Comments Off on दाइजोको निहुँमा आरतीको हत्या भएको माइती पक्षको आरोप, दोषीलाई पक्राउ नगरेको भन्दै पत्रकार सम्मेलन
दाइजोको निहुँमा आरतीको हत्या भएको माइती पक्षको आरोप, दोषीलाई पक्राउ नगरेको भन्दै पत्रकार सम्मेलन प्रेमचन्द्र झाभदौ १९ गते रौतहट ।...
‘भक्तपुर विकास सहयोग संघ’ द्वारा पठाइएको १०० थान शव व्यवस्थापन ब्याग रसुवा प्रजिअ कार्यालय पुग्यो
2026-09-01 Comments Off on ‘भक्तपुर विकास सहयोग संघ’ द्वारा पठाइएको १०० थान शव व्यवस्थापन ब्याग रसुवा प्रजिअ कार्यालय पुग्यो
‘भक्तपुर विकास सहयोग संघ’ द्वारा पठाइएको १०० थान शव व्यवस्थापन ब्याग रसुवा प्रजिअ कार्यालय पुग्यो काठमाडौँ / भक्तपुर‘भक्तपुर विकास सहयोग...














