समाचार
भक्तपुर, २८ चैत्र ।
नेपाल मजदुर किसान पार्टी भ.न.पा. ४ वडा एकाई समितिको आयोजनामा शनिबार विश्व प्रसिद्ध बिस्काःजात्रा तथा नवबर्ष २०८३ को सुखद उपलक्ष्यमा सम्पुर्ण नेपाली जनताहरुमा सुख,शान्ती,समृद्धि,सु–स्वास्थ्यसहित दिर्घायुको कामना गर्दैै स्थानीय दुमलाचा टोलमा शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न भयो ।
नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य एवं बागमती प्रदेश सभा सदस्य सुरेन्द्र राज गोसाईले प्रमुख अतिथिको आसनबाट बोल्दै नेपाल कला संस्कृति र जात्रामा विश्वमै धनि देशको रुपमा रहेको हु“दा आफनो संस्कृति सभ्यता जोगाउदै मौलिक सीप कौशलतालाई टोल टोलमा भेला राखेर अन्र्तक्रिया गर्नुपर्ने आवश्यकता औल्याउनुभयो । विदेश गएका कुनै पनि नेपालीहरुलाई सधैंभरी सम्मानित भएर जीवनयापन गर्ने अवस्था नहुने भएकोले आफनो देशको स्वाधिनता रक्ष्ाँ गर्दै स्वदेशमै रोजगारीको बन्दोबस्त गरी देश आत्मानिर्भर बन्नुपर्ने बताउनुभयो । देश विकासको लागि अरबौं रुपैया“ विदेशी ऋण लिने प्रवृतिले देशको अस्तित्व नै खतरा पर्ने भएकोले जेन्जीको आन्दोलनको नाममा अमेरीकी साम्राज्यवाद र भारतीय विस्तारवादले भुमिका खेलेकै कारण देशको मुटुको रुपमा परिचित सिहदरबारलगायतको देशको सम्पती खरानी भएको हो । दुई तिहाईको वर्तमान सरकारले सो विध्वंस मचाउने तत्वलाई पत्ता लगाउन नसक्नु अपराधलाई छोपेर अपराधीलाई प्रोत्साहन दिनु सरह हो भन्नु भयो । अमेरीकी सरकारले इरानमा गरेको युद्धको कारण विदेशमा रहेको नेपालीको ज्यान जोखिममा परेकोले सरकारले युद्धको विरोध नगरी समर्थन गरेको देशको लागि दुरभाग्य हो भन्नु भयो । देशको अर्थतन्त्र दामाडोल भएको अवस्थामा सरकारी कार्यालय तथा अन्य शिक्ष्ँण संस्थामा दुई दिने बिदा दिनु देशको हित विपरीत छ । बरु देशले शिक्ष्ाँ र स्वास्थ्यलाई मजबुत बनाउन धेरै विदा दिने चलनलाई हटाउनुपर्ने बताउनु भयो ।
नेपाल मजदुर किसान पार्टी भक्तपुर नगर समितिका प्रतिनित्रि गंगाराम ज्याख्वले कामदार वर्गको हितको लागि ने म कि पाले गरेको योगदानको कारण शिक्ष्ाँ र स्वास्थ्य क्षेत्रमा निम्न वर्गीय जनताले सस्तो शुल्कमा उच्च शिक्ष्ाँ र स्वास्थ्य सेवा हासिल गर्न सकेको छ । जनतालाई राजनैतिक रुपले सचेत बनाउने काम पंचायतकालदेखि गरिआएकोमा हालको सरकारले राजनैतिक पार्टीको जनवर्गीय संगठन हटाउने नितीसंग नेमकिपा असहमत रहेको बताउनु भयो ।
भ.न.पा. ४ वडा कार्यालयका वडाध्यक्ष उपेन्द्र सुवालले वडा समितिले गर्दै आइरहेको विभिन्न गतिविधिबारे जानकारी दिंदै भक्तपुरको आठ दिन नौरात सम्म चल्ने भक्तपुरको टोलटोलमा भएको जात्राहरुको व्यवस्थापन गर्न युवापुस्ताको सक्रियता आवश्यक छ भन्नुभयो । आयोजक समितिका अध्यक्ष पशुपति प्रजापतिको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा कृष्ण लक्ष्मी दुवालले स्वागत तथा राजेन्द्र माकले पनि बोल्नु भएको थियो ।














