विश्व पर्यटन दिवसको अवसरमा भक्तपुर नपाद्वारा संस्कृतिकर्मी, कलाकार, पर्यटन व्यवसायी तथा सांस्कृतिक गुरुहरूको सम्मान
भक्तपुर । २०८३ असोज ११ गते, आइतबार
नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छे“ (रोहित) को प्रमुख आतिथ्यमा भक्तपुर नगरपालिकाको आयोजनामा भएको विश्व पर्यटन दिवसको अवसरमा गुन्हीपुन्ही सापारु, २०८३ मा प्रदर्शन गरेका घिन्ताङघिसी र माक प्पाख“ तथा परम्परागत एवं आधुनिक सा“स्कृतिक विधाहरुलाई पुरस्कार वितरण, पुुस्तक सार्वजनिकीकरण तथा सा“स्कृतिक गुरुहरु र पर्यटन सम्बद्व संघ संस्था व्यवसायी र सहयोगीहरुलाई सम्मान कार्यक्रम आइतबार एक भव्य समारोहबीच सम्पन्न भयो ।
सोही अवसरमा अध्यक्ष बिजुक्छेँले भक्तपुर नगरपालिकाद्वारा प्रकाशित ‘चिनियाँ मित्रहरु भक्तपुरमा’ नामक पुस्तक सार्वजनिक गर्नुभयो ।
कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि बिजुक्छेँले आज सम्मानित संस्कृतिकर्मी र सांस्कृतिक गुरुहरुलगायत सबैलाई बधाईज्ञापन गर्नुभयो ।
अध्यक्ष बिजुक्छेँले भक्तपुरका जनताको मुख्य सम्पत्ति यहाँको कला, संस्कृति तथा मूर्त अमूर्त सम्पदा रहेको बताउँदै अमूर्त सम्पदालाई समेत लिपिबद्ध गर्न सके त्यसको संरक्षणसँगै व्यापक जनसमुदायमाझ पु¥याउन सकिने र त्यसले जीवन्तता पाउने उल्लेख गर्नुभयो ।


सांस्कृतिक नाच शारीरिक व्यायामसँग समेत सम्बन्धित रहेको उल्लेख गर्दै उहाँले यसले स्वस्थ रहन सहयोग गर्ने बताउनुभयो ।
बाल्यकालमा सिकेको सीप जीवनभर उपयोगी हुने भन्दै उहाँले भक्तपुरका जनता नै कलाकार भएको धारणा राख्नुभयो । पुराना सांस्कृतिक गुरुहरुको योगदानको कदर गर्नुपर्ने र गुरुहरुको योगदानकै कारण भक्तपुरको कला तथा संस्कृति आजसम्म जीवित रहेको उहाँले बताउनुभयो ।
महिलाहरु शैक्षिक रुपमा अगाडि बढे सामाजिक रुपमा अगाडि बढ्ने बताउँदै उहाँले सरकारको मुख नताकी स्थानीय सरकारले जनताका लागि व्यवहारमै काम गरेर देखाउनुपर्ने धारणा राख्नुभयो ।
भक्तपुर नगरपालिकाद्वारा प्रकाशित पुस्तकले नेपाल—चीन सम्बन्ध र दुई देशबीचको सहकार्य तथा सांस्कृतिक अनुभव आदानप्रदानलाई उजागर गर्ने उहाँले बताउनुभयो ।
दुई देशबीचको सम्बन्धलाई थप प्रगाढ बनाउन भाषाको महत्वपूर्ण भूमिका हुने उल्लेख गर्दै उहाँले सभ्यताको विकासमा महिलाहरुको भूमिका पनि महत्वपूर्ण रहेको बताउनुभयो ।
समाजको विकासमा महिलाहरुको योगदान महत्वपूर्ण भएकोले महिलालाई राम्रो शिक्षा प्रदान गर्नुपर्ने उहाँको भनाइ थियो ।
कार्यक्रमका सभापति भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले विश्व पर्यटन दिवसको अवसरमा पुरस्कृत हुने सबैमा बधाई एवम् धन्यवाद ज्ञापन गर्नुभयो ।
उहाँले भक्तपुरका सांस्कृतिक गुरुहरुले पुस्तौंदेखि अमूर्त सम्पदाको संरक्षण र पुस्तान्तरणमा पु¥याउँदै आएको योगदानको प्रशंसा गर्दै सांस्कृतिक सम्पदा संरक्षणमा समुदायको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो ।
यसैक्रममा नेपाल चीनबीचको सम्बन्ध तथा भक्तपुर नगरपालिकासँगको सहकार्यलाई थप उजागर गर्ने उद्देश्यले आज ‘चिनियाँ मित्रहरु भक्तपुर’ मा नामक पुस्तकको विमाचेन गरिएको बताउनुभयो ।
पुस्तकमा भक्तपुर र चीनबीचको भगिनी सम्बन्ध तथा दुई पक्षबीचको सहकार्यका महत्वपूर्ण विवरणहरु समेटिएको नगर प्रमुख प्रजापतिले बताउनुभयो ।
भक्तपुर भ्रमण गर्ने विदेशी पर्यटकमध्ये चिनियाँ पर्यटक दोस्रो स्थानमा रहेको उल्लेख गर्दै उहाँले भक्तपुरको कला, संस्कृति र अमूर्त सम्पदाले विदेशी पर्यटकलाई आकर्षित गरिरहेको बताउनुभयो । अमूर्त सम्पदाको संरक्षण र पुस्तान्तरणका लागि स्थानीय जनतालाई निरन्तर उत्साहित गर्दै आएको उहाँले बताउनुभयो ।
त्यस्तै नेमकिपाका केन्द्रीय सदस्य एवम् बागमती प्रदेश सभा सदस्य सुरेन्द्रराज गोसाइँले चिनियाँ मित्रहरु भक्तपुरमा पुस्तकले भक्तपुरको सम्बन्ध र यात्राको मार्ग कहाँ गइरहेको छ भन्ने कुरा स्पष्ट पारेको बताउनुभयो । मित्र राष्ट्रको नजरमा भक्तपुर कहाँ छ भन्ने विषयलाई समेत पुस्तकले स्पष्ट पार्ने उहाँको भनाई थियो ।
उहाँले पुस्तक प्रकाशन नयाँ संस्कृतितर्फको पाइला भएको बताउँदै नयाँ पुस्तालाई प्रोत्साहित गर्ने माध्यमका रुपमा यसलाई लिइनुपर्ने धारणा राख्नुभयो ।
सांस्कृतिक गुरु तथा संस्कृतिकर्मीहरुलाई सम्मान गर्र्दै भक्तपुर नगरपालिकाले संस्कृतिको संरक्षण गर्दै आएको उदाहरण भएको उहाँले बताउँदै पुरानो पुस्तालाई अभिप्रेरित र नयाँ पुस्तालाई उत्प्रेरित गर्ने यस्तो कार्य उल्लेखनीय भएको बताउनुभयो ।
भक्तपुर नपाका उप्रमुख रजनी जोशीले सांस्कृतिक नगरको पहिचान बोकेको भक्तपुरका अमूर्त सम्पदाको संरक्षणमा महत्वपूर्ण भूमिका खेल्दै आएको सांस्कृतिक गुरुह्ररुलाई सम्मान गर्न पाउँदा गौरवको अनुभूति भएको बताउनुभयो ।
भक्तपुरले आत्मनिर्भरतालाई विशेष जोड दिँदै उपभोक्ता समितिमार्फत सम्पदा पुनःनिर्माण तथा संरक्षणको काम गर्दै आएको उाँले बताउनुभयो । स्थानीय समुदायको सहभागिता र सांस्कृतिक गुरुहरुको योगदानले भक्तपुरको मौलिक कला, सांस्कृतिक तथा सम्पदा संरक्षणमा महत्वपूर्ण भूमिका खेलेको उहाँको भनाइ थियो ।
भक्तपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी विनोदकुमार खड्काले जनताको प्रतिभाको कदर गर्दै जनतालाई सम्मान गर्ने कार्यक्रम उल्लेखनीय रहेको बताउनुभयो ।
भक्तपुरको कला, संस्कृति र परम्परा एउटै परिवारका तीन पुस्ताले संरक्षण गर्दै पुस्तान्तरण गरिरहेको उल्लेख गर्दै उहाँले स्थानीय कला तथा संस्कृतिको संरक्षणमा यहाँका समुदायको महत्वपूर्ण योगदान रहेको बताउनुभयो ।
स्रष्टा समाज भक्तपुरका अध्यक्ष एवम् भक्तपुर मासिक पत्रिकाका सम्पादक लक्ष्मण जोशीले चिनिया“ मित्रहरु भक्तपुरमा पुस्तकले नेपाल चीनबीचको ऐतिहासिक सम्बन्धलाई वर्तमान अवस्थास“ग जोड्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो । पुस्तकमा चिनिया“ प्रतिनिधिहरुले भक्तपुरमा गरेका भ्रमण तथा भक्तपुरका प्रतिनिधिहरुले चीन भ्रमण गर्दाका विभिन्न विवरणहरु समावेश गरिएको उहाँले बताउनुभयो ।
नेपाल र चीनबीच सदियौंदेखि रह“दै आएको मैत्रीपूर्ण सम्बन्धलाई वर्तमान अवस्थामा समेत निरन्तरता दिन पुस्तक सहयोगी उहा“ले बताउनुभयो ।
कार्यक्रममा भक्तपुर नपा वडा नं. ७ का वडाध्यक्ष उकेश कवांले सांस्कृतिक विधाहरूको मूल्यांकनको समीक्षा गर्नुभएको थियो भने भक्तपुर नपाका प्रमुख प्रशासकीय अधिकृत जमुना मिश्रले धन्यवादज्ञापन मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रममा भक्तपुर नपा वडा नं. ९ का वडाध्यक्ष रबिन्द्र ज्याख्वले यो वर्ष भक्तपुर नगरपालिकाले नगरभित्रका ३३ जना सांस्कृतिक गुरुहरुलाई उहँ“हरुको योगदानको कदर गर्दै भक्तपुर नपाले सम्मान गरिएको बताउनुभयो ।
उक्त कार्यक्रममा प्रमुख अतिथि बिजुक्छेंले उत्कृष्ट कलाकारहरुलाई पुरस्कार वितरण तथा सांस्कृतिक गुरुहरुलाई सम्मान गर्नुका साथै पर्यटन सम्बद्ध संघ संस्था÷पर्यटन सम्बद्व पथ प्रदर्शकहरु÷ ट्राभल एजेन्सी ÷पर्यटन व्यवसायी संस्थाहरु र सहयोगीहरुलाई कदर पत्र प्रदान गर्नुभयो ।
सोही क्रममा नगर प्रमुख प्रजापतिले मुल्याकंनकर्ताहरुलाई मायाको चिनो, सांसद गोसाईले आधुनिक विधा र परम्परागत विधाको पुरस्कार वितरण, उपप्रमुख जोशीले सहयोगीहरुलाई मायाको चिनो, प्रजिअ खड्काले माक प्याखंका बिजेताहरुलाई पुरस्कार वितरण वितरण गर्नुभयो ।
ऋाज सम्मानित हुनुभएका सांस्कृतिक गुरुहरूलाई दोसल्ला ओढाई नगद रु. २०,०००।– सहित सम्मान पत्र प्रदान गरिएको थियो भने घिन्ताङघिसी, आधुनिक तथा परम्परागत विधामा उत्कृष्ट कलाकारहरुलाई रु. ५००० नगद पुरस्कारबाट पुरस्कृत गरिएको थियो ।
कार्यक्रममा सिद्धि गणेश बा“सुरी बाजा समुह, भ.न.पा ७ को नागाचा प्याख“, खिछें दाफा भजन खलः, भ.न.पा ५ को जंगली प्याख“, सांस्कृतिक समूह, भ.न.पा ६ को ध्याच्चु प्याख““, आस्था सा“स्कृतिक समूह, भ.न.पा ८ को फाकंदली प्याख“ पनि देखाइएको थियो ।
परम्परागत विधातर्फ उत्कृष्ट महिला कलाकार कमिचागल्ली बाँसुरी बाजा समूह भनपा ९ लाखे प्याख“का रिद्धि ग्वाछा, उत्कृष्ट पुरुष कलाकारमा खिछे“ दाफा भजन खलः, खिछे“ ५ को जंगली प्याखंका सर्जल आचार्य, उत्कृष्ट बालकलाकारमा जेन्यूइन सेकेन्डरी स्कूल देकोचा १० का वाद्यवादक अभिनव सुवाल र उत्कृष्ट निर्देशकमा मुक्ति संगीत प्रशिक्षण केन्द्र, भनपा ५ देवी प्याखँका मुक्तिसुन्दर जधारी सम्मानित हुनुभयो ।
त्यस्तै आधुनिक विधातर्फ उत्कृष्ट महिला कलाकारमा जेंला सांस्कृतिक समाज भनपा ८ नासागु लु“का ईसा सायजु, उत्कृष्ट पुरुष कलाकारमा पासा पुच भनपा ९ ध्याच्चु प्याख“का दिलबहादुर कासिछ्वा, उत्कृष्ट बाल कलाकारमा दुमलाचा सांस्कृतिक परिवार तालाक्व ४ न्हुगु वासिङ मेसिनका रसिक माक, उत्कृष्ट निर्देशकमा आरम्भ वाद्यशाला खौमा ३ फाकंदलीका रसिला कुम्पाख, उत्कृष्ट लेखकमा स्टार वाचनालय, वाचुत्व ७ को गाइ“चाबाट रमेश प्रजापति र घिन्ताङघिसीतर्फ उत्कृष्ट कलाकार घिन्ताङघिसी ब्यासी २ का तुल्सीभक्त कोजु सम्मानित हुनुभयो ।
आज सम्मानित सांस्कृतिक गुरुतर्फ भनपा १ का लक्ष्मीनारायण राजलवट, धर्मरत्न बज्राचार्य, सत्यम किलम्बु, भनपा २ का रत्नकाजी नायभारी, न्हुछेंबहादुर बोयजु, अष्टमान बासुकला, भनपा ३ का रामप्रसाद बखुन्छें, गोविन्द मल्ल, तुल्सीभक्त त्वायना, सिद्धिरत्न शाक्य, भनपा ४ का रामगोविन्द प्रजापति, कृष्णलाल किजु, रामगोपाल कपाली, भनपा ५ का विकुबहादुर त्वानाबासु, कृष्ण कर्माचार्य, पूर्णप्रसाद आचार्य, रुपेक द्योला, भनपा ६ का हरिकृष्ण खड्गी, अकलबहादुर अवाल, रामचन्द्र अवाल, भनपा ७ का महेन्द्रराज शाक्य, जसलाल लाखा, रामभक्त लागे, इन्द्रबहादुर वनमाला, भनपा ८ का विष्णुगोपाल प्रजापति, पुन्यराम बोहजु, कृष्णराम त्योछिन, भनपा ९ का कृष्णगोपाल उलक, विष्णुबहादुर मानन्धर, मोतिमाया प्रजापति र भनपा १० का शेरबहादुर बुयो, विष्णुप्रसाद जरेजु र रत्नसुन्दर शाक्य हुनुहुन्छ ।














