१० औ राष्ट्रिय कर दिवस सम्पन्न, कर तिर्नेलाई दुःख नदिन व्यवसायीको आग्रह ।

१० औ राष्ट्रिय कर दिवस सम्पन्न, कर तिर्नेलाई दुःख नदिन व्यवसायीको आग्रह ।
भक्तपुर, मंसिर ७ गते
१० औ राष्ट्रिय कर दिवस सप्ताह व्यापीमा विभिन्न कार्यक्रम आयोजना गरी आज सम्पन्न गरेको छ । हरेक वर्ष मंसिर १ गते देखि ७गतेसम्म मनाइर्दै आएको कर सप्ताह अन्तरगत यस वर्ष उत्कृष्ठ करदातालाई सम्मानित र्र कर बारे जनचेतना अभिवृद्धिका गतिविधि आयोजना गरी मनाइएको आन्तरिक राजश्व कार्यालय भक्तपुरका कार्यालय प्रमुख ताराप्रसाद भूसालले जनाएको छ ।

कर तिर्नुको महत्व बारे प्रकास पार्दै कार्यालय प्रमुख भूसालले विकास निर्माणमा चित्त नबुझे पनि व्यवसायीहरु करको दायरामा आउन आवश्यक भएको उल्लेख गर्दै पहिलो कर अधिकृत स्वयंम करदाता भएकाले आफूले गरेको कारोवारको स्वघोषण गरी मात्रै कर तिर्ने भएकाले करदातालाई दुःख दिने काम आफूहरुबाट नभएको बताउनु भयो ।कर तिरेर राष्ट्र निर्माणमा सहयोग गर्न आग्रह गर्दै उहाँले कर बारे जनचेतना नपुग्दा व्यवसायीमा समस्या देखिएको बताउँदै व्यवसायीका वास्तविक समस्या समाधानका लागि आफूले पहल गर्ने बताए ।
आयोजक समिति भक्तपुर उद्योग वाणिज्य संघका अध्यक्ष अध्यक्ष शिव मानन्घरले कर तिर्ने व्यवसायीलाई कर कार्यालयले दुःख नदिन आग्रह गर्दै बरु कर नतिर्नेलाई सचेतना दिनुपर्नेमा जोड दिन्दै कर नीति बारे प्रकास पार्न र यसमा व्यवसायीका समस्याहरुको समाधान गर्न भक्तपुर उद्योग व्यवासय संघले वस्तुस्तगत संघ संस्थाहरुलाई समेत सहभागिता जनाएर नियमित अन्तरक्रिया गर्दै जाने बताउनु भयो ।
कार्यक्रममा संघका वरिष्ठ उपाध्यक्ष रोशनी धौभन्जा, सदस्य जितेन्द्र खायमलि लगायतले व्यवासयीका व्यवहारिक कर समस्या र कर नीतिमा देखिएको अस्पष्टाहरु बारे कर अधिकृतहरुसँग अन्तिरक्रिया गरेका थिए ।