नगरकोट भ्रमण वर्षमा होटल व्यवसायीले कम्तिमा १०प्रतिशत छुट दिने ।

नगरकोट भ्रमण वर्षमा होटल व्यवसायीले कम्तिमा १०प्रतिशत छुट दिने ।
भक्तपुर, चैत्र ६गते
नगरकोट भ्रमण वर्षमा होटल व्यवसायीहरुले कम्तिमा पनि १० प्रतिशत छुट दिने भएको छ । आज आयोजक चाँगुनारायण नगरपालिकाको सभाहलमा आयोजित पर्यटन व्यवासयीहरुको मेलाबाट सो निर्णय गरेका हुन । चाँगुनारायण नगरपालिकाले आयोजना गरेको भएपनि मदन डेउपुर नगरपालिका, बनेपा नगरपालिका र शंखरापुर नगरपालिकाले पनि नगरकोट भ्रमण वर्षलाई सफल पार्न आआफ्नो ठाउँमा महत्वपूर्ण भूमिका खेल्ने प्रतिवद्धता जनाउँदै पर्यटन प्रर्वद्धनकालागि पर्यटन व्यवसायिकको धारणामा छलफल समेत गरेका हुन । सो अवसरमा होटल व्यवसायीले कम्तिमा १० प्रतिशत र सो भन्दा बढी छुट दिएर पर्यटन प्रर्वधनमा जोड दिने जनाएका हुन ।


नगरकोट भ्रमण वर्षकालागि गर्नुपर्ने विभिन्न तयारीहरु बारे समीक्षा गर्दै सहभागि पर्यटन व्यवसायीहरुले आन्तरिक तथा बाह्रय पर्यटकहरु बढी भन्दा बढी भित्र्याउन आआफ्नो ठाउँबाट भूमिका खेल्नुपर्नेमा जोड दिदै पर्यटन व्यवसायीले पर्यटक सधै आइरहने वातावरण बनाउन आग्रह गरेका थिए । सिजन अनुसार मूल्या थपघट गर्ने परिपार्ति रोकेर मूल्यमा एकरुपता ल्याउनुपर्ने भन्दै सहभागिहरुले नगरकोट आएर पर्यटक ठगिएको गनासो सुन्न नपर्ने गरी व्यवसाय प्रवर्धन गर्न आग्रह गरेका थिए।
सो अवसरमा चाागुनारायण नगरपालिकाका प्रमुख जीवन खत्रीले चाँगुनारायण नगर क्षेत्र समृद्ध भयोभनेर भ्रमण वर्ष अयोजना नगरेको उल्लेख गर्दै भएका कमिकमजोरी, समस्या गुनासाहरुलाई समेत सम्बोधन गर्दै जाने गरी नगरकोट भ्रमण वर्ष आयोजना भएको भन्दै उहाँले चारवटै नगरपालिकाले पनि भ्रमण वर्षमा एक्वद्धता जनाएर दीगो पर्यटन विकास गर्न सकिने धारणा व्यक्त गरेका थिए । सो अवसरमा बनेपा नगरपालिकाका प्रमुख शान्तिराज शाक्यले नगरकोट पुग्न सबैभन्दा छोटो बाटो बनेपाको बाटो भएको भन्दै नगरकोटबाट दृष्यावलोकन गर्न टावर चढ्न नपर्ने गरी विक्लप खोजि रहेको बताउनु भयो । कार्यक्रममा मदन डेउपुर नगरपालिकाका प्रमुख टोकबहादुर वाइवा सहितका अतिथिहरुले पनि नगरकोट भ्रमण वर्षलाई सफल पार्न आआफ्नो धारण व्यक्त गरेका थिए ।

सो अवसरमा पर्यटन व्यवसायी बद्री माकले छुटलाई बर्गिकरण गर्नुपर्ने बताए । खानामा १० प्रतिशत भए, पेय पदार्थमा १५, आवासमा २० वा सो भन्दा बढी छुटको वर्गिकरण गर्न सके पर्यटकहरुलाई बढी लाभ मिल्ने धारणा राखेका थिए ।