वागीश्वरीले बाढी पीडितका लागि ११ लाख ९५ हजार ३३३ रुपैया“ सहयोग
असोज १२, २०८३ सोमबार । गत भाद्र १० गते बुधबार रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले रसुवा, नुवाकोट, धादिङ र चितवन जिल्ला लगायत विभिन्न भागमा पु¥याएको मानवीय र भौतिक क्षतिप्रति वागीश्वरी परिवारले दुःख व्यक्त गदै विज्ञप्ति निकालेको छ ।
विज्ञप्ति मार्फत, प्राकृतिक विपदमा परी ज्यान गुमाउनु हुने मृतकहरुप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरुको स्वास्थ्य लाभको कामना गरेको छ । यस विषम परिस्थितिमा प्रभावित नागरिकहरुका लागि राहत तथा पुनस्र्थापनाका लागि वागीश्वरी माध्यमिक विद्यालय, कलेज परिवारको तर्फबाट सङ्कलित सहयोग रकम रु. ११ लाख ९५ हजार ३३३ रुपैया“ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दाखिला भएको जानकारी गराइएको छ ।
जसअन्तर्गत वागीश्वरी माध्यमिक विद्यालयबाट संस्थागत २ लाख, शिक्षक कर्मचारीहरुबाट ७ लाख २५ हजार ८२९ रुपैया“, विद्यार्थीहरुबाट ५४ हजार ४१८ रुपैया“, प्रा.डा. सिद्धिवीर कर्माचार्यबाट ४४ हजार ४४४ रुपैया“ गरी १० लाख २४ हजार ६९१ रुपैया“ रकम दाखिला भएको छ ।


वागीश्वरी कलेजबाट संस्थागत ५० हजार रुपैया“, शिक्षक कर्मचारीहरुबाट ६१ हजार ९ रुपैया“, विद्यार्थीहरुबाट ८ हजार गरी १ लाख १९ हजार ९ रुपैया“ रकम दाखिला भएको छ । त्यस्तै, वागीश्वरी कलेज अफ म्यानेजमेन्टको तर्फबाट संस्थागत २५ हजार रुपैया“, शिक्षक कर्मचारीहरुबाट १९ हजार ४५३ रुपैया“, विद्यार्थीहरुबाट सङ्कलित ७ हजार १८० रुपैया“ गरी जम्मा ५१ हजार ५३३ रुपैया“ रकम दाखिला भएको छ ।
दाखिला भएका भौचरहरुसहितको पत्र आज जिल्ला प्रशासन कार्यालय भक्तपुरका प्रमुख जिल्ला अधिकारी विनोद कुमार खड्कालाई विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रविन्द्र ज्याख्वले हन्तान्तरण गर्नुभयो ।














