भक्तपुर । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेंले साहित्य जनताको लागि हुनुपर्ने बताएका छन् । बिजुक्छें जेल पर्दा श्रीमती शोभा प्रधाननलाई लेखेका चिठीहरुको संगालो जेलका चिठीहरु नामक पुस्तकको अंग्रेजी संस्करणको शुक्रबार भक्तपुरमा विमोचन गर्दै उनले भक्तपुर काण्डका नाममा भक्तपुरका जनतालार्ई तत्कालिन पञ्चायती सरकारले बिध्वंस मच्चाएको स्मरण गरे । मेरो घरमा हामी जेल पर्दाका १८ महिनामा दुई जना मात्रै पुरुष घरभित्र पस्न पाए, उनले सम्झे, एकजना चिकित्सक र अर्र्का एकजना उपत्यका बाहिरको हाम्रा साथी भेष बदलेर भित्र जान पाएको बताए । चिकित्सक घरमा स्वास्थ्य समस्या बुझनका लागि जान पाएको उनले बताए ।
भक्तपुर काण्डपछि भक्तपुरमा एकजना लोग्ने मानिस वस्न नसक्ने अवस्था भएको उनले सुनाए । लोग्ने मानिसलाई देख्यो कि कुटने पिट्ने काम प्रशाशनले गरेकाले पूरै सहर केटाकेटी, बुढाबुढी र आइमाइ मात्रै वस्नुपरेको अवस्था रहेको उनले
विजुक्छें जेलमा हुँंदा श्रीमती स्वर्गीय शोभा प्रधानलाई लेखेका चिठीहरुको संकलनको अंग्रेजी संस्करण सार्वजनिक गरिएको हो । पुस्तक झण्डै एक दसक अघि नै नेपाली भाषामा प्रकाशित भइसकेको थियो । यही पुस्तकलाई अंग्रेजी संस्करण प्रकाशन गरिएको हो ।
विजुक्छें पञ्चायतकालमा २०४५ सालदेखि १८ महिना जेल परेका थिए । सोही जेल जीवनको बेला श्रीमती शोभाको नाममा लेखेका झण्डै दुई दजन चिठीहरुको संकलन पुस्तकका रुपमा प्रकाशित गरिएको हो । विजुक्छें २०४७ सालको सफल जनआन्दोलनपछि रिहा भएका थिए । विजुक्छें त्यो बेला आफूसहित ६८ नेता कार्यकर्ता जेल परेका थिए ।
पुस्तकले नयाँं पुस्तालाई तत्कालिन राजनीतिक अवस्था, स्वतन्त्रताका लागि पुराना पुस्ताले गरेको बलिदानबारे जानकारी दिने उद्देश्यले पुस्तकको प्रकाशन गरेको कार्यक्रममा जनाइयो । झण्डै ४० वर्षका ती लिखितहरु संकलन गरी पुस्तकको रुप दिइएको हो ।
कार्यक्रममा विजुक्छेसहित उनका कान्छो भाइ भक्तपुर नगरपालिका वडा नं ५ का वडा अध्यक्ष योगेन्द्रमान विजुक्छें, विजुक्छेंका जेठा छोरा एवं ख्वप इन्जिनियरिग कलेज लिवाली भक्तपुरका भाइस प्रिन्सिपल डा सुवेगमान विजुक्छें, प्रदेश सांसदहरु सुरेन्द्रराज गोसाईृ, सजना सैंजू, भक्तपुर अस्पताल निमित प्रमुख डा मजेशप्रताप मल्ल, बरिष्ठ चिकित्सक डा अशोकानन्द मिश्र, वरिष्ठ कवि, गीतकार, जीवनीकार नरेन्द्र प्रसाई, वरिष्ठ कवयित्री इन्दिरा प्रसाई, कवि तथा समिक्षक अभय श्रेष्ठ, काठमाडौं विश्वविद्यालय मोर्डन कलेजका सह प्राध्यापक शशी कसपाल, ख्वप इन्जिनियरिंग कलेजका सहप्राध्यापक नवराज बुढाथोकीलगायतले त्यो बेलाको घटना सम्झेका थिए ।
पुस्तकको अनुवाद लेखक तथा अनुवादक अणुराज जोशीले गरेका हुन् । पुस्तक दुइ सय २४ पष्ठको रहेको छ । पुस्तकको मूल्य चार सय रुपैयाँ (तीन अमेरिकी डलर) राखिएको छ ।
कार्यक्रममा प्रमुअ अतिथि विजुक्छेंले अनुवादक तथा लेखक अणुराज जोशी, रिडमोर पव्लिकेशनका आशष श्रेष्ठ र कभर पेज डिजाइन गरेका दामोदर सुवाललार्ई मायाको चिनो वितरण गरे ।
कार्यक्रमको सभापतित्व बाल विकास सेकेण्डरी स्कुल व्यवस्थापन समितिका अध्यक्ष तथा वरिष्ठ शिक्षासेवी मोहनप्रसाद प्रजापतिले गरेका थिए । पुस्तक बाल विकास सेकेण्डरी स्कुल लिवाली भक्तपुरले प्रकाशन गरेको हो ।
Featured Posts – Style 1
विस्का जात्राको आज ८ औदिन द्यः स्वगं बियगु जात्रा मनाइयो ।
2026-04-17 Comments Off on विस्का जात्राको आज ८ औदिन द्यः स्वगं बियगु जात्रा मनाइयो ।
विस्का जात्राको आज ८ औदिन द्यः स्वगं बियगु जात्रा मनाइयो ।भक्तपुर, बैशाख ४ गतेऐतिहासिक विस्का जात्राको आज ८ औं दिन...
बागमती प्रदेश मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ भक्तपुर भ्रमणमा
2026-04-17 Comments Off on बागमती प्रदेश मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ भक्तपुर भ्रमणमा
बागमती प्रदेश मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ भक्तपुर भ्रमणमा मिति २०८३ बैशाख ४ गते शुक्रबार । भक्तपुर नगरपालिकाको अवलोकन भ्रमणमा आउनु भएका...
भक्तपुर अभिभावक संघको ध्यानाकर्षण पत्र
2026-04-17 Comments Off on भक्तपुर अभिभावक संघको ध्यानाकर्षण पत्र
भक्तपुर अभिभावक संघको ध्यानाकर्षण पत्रभक्तपुर, ३ बैशाख । अभिभावक संघ नेपाल भक्तपुर जिल्ला समितिका अध्यक्ष रामकृष्ण प्रजापतिको नेतृत्वमा गएका अभिभावकहरुले...
जिब्रो छेड्ने सुजनलाई बागमती प्रदेश सरकारले दियो २ लाख नगद
2026-04-16 Comments Off on जिब्रो छेड्ने सुजनलाई बागमती प्रदेश सरकारले दियो २ लाख नगद
जिब्रो छेड्ने सुजनलाई बागमती प्रदेश सरकारले दियो २ लाख नगद भक्तपुर । बोडेमा जिब्रो छेड्ने तयारीमा रहेका सुजन बाग श्रेष्ठलाई...
चैत्र महिनाभरीको भक्तपुर प्रहरीको कार्यसम्पादन विवरण सार्वजनिक
2026-04-16 Comments Off on चैत्र महिनाभरीको भक्तपुर प्रहरीको कार्यसम्पादन विवरण सार्वजनिक
चैत्र महिनाभरीको भक्तपुर प्रहरीको कार्यसम्पादन विवरण सार्वजनिकभक्तपुर, बैशाख २ गतेजिल्ला प्रहरी कार्यालय भक्तपुरले चैत्र महिनाभरी गरेका कार्य सम्पादनहरुको विवरण आज...













