२३ हजार रक्तदाताको रगत परीक्षणमा १४ जनामा एचआइपी पुष्टि

२३ हजार रक्तदाताको रगत परीक्षणमा १४ जनामा एचआइपी पुष्टि
भक्तपुर, भाद्र १९ गते
रक्त सञ्चार केन्द्र भक्तपुरले गरेको २३ हजार जनाको रगत परीक्षणमा १४ जनामा एचआईपी संक्रमण पुष्टि भएको नेपाल रेडक्रस सोसाईटी भक्तपुरले जनाएको छ । ६३ औं नेपाल रेडक्रस सोसाईटी स्थापना दिवसको अवसरमा भक्तपुरमा आयोजित पत्रकार भेटघाट तथा सम्मान कार्यक्रममा सोसाईटीले सो बारे जानकारी दिएका हुन । २३ हजार २ सय९२ जनाको रक्तदान पश्चात गरिएको रगत परीक्षणमा १४ जनामा एचआईपी देखिएको भन्दै रेडक्रस भक्तपुरका मन्त्री धर्मराज थापाले यसरी संक्रमितहरुको पहिचान गरी उपचारका लागि परामर्श प्रदान भई सकेको भन्दै ति सक्रमितहरु भक्तपुरका भन्दा बाहिरी जिल्लाका मानिसहरु रहेको बताएका छन् ।


रगत नपाए भक्तपुर जानु भन्ने सन्देश बोकेको रेडक्रस भक्तपुृरले आज गरेको पत्रकार भेटघाटमा भक्तपुरबाट बागमती प्रदेश सरकारमा मन्त्री भएका स्वास्थ्य मन्त्री तथा रेडक्रसकर्मी किरण थापा र संस्कृति तथा पर्यटन मन्त्री तथा रेडक्रसका आजिवन सदस्य सुरेश श्रेष्ठलाई आज सम्मानित गरेको छ । सो अवसरमा रेडक्रस भक्तपुरमा १८ वर्षसम्म नियमित रात्रीकालिन सुरक्षा गार्डको कार्य गरी अवकाश प्राप्त गरेका तुल्सीभक्त सुवाल( माईला दाई)लाई पनि आज सम्मानित गरिेको छ ।
सम्मानित भएपछि स्वास्थ्य मन्त्री थापामगरले भक्तपुरलाई स्वास्थ्य हवकोरुपमा विकास गर्न भक्तपुरका अस्पतालहरुलाई विशेषज्ञ अस्पतालको रुपमा विकास गर्न चाहेको बताएका छन् । अस्पतालहरुको स्नोतीका लागि आर्थिक तथा उपकरणहरु उपलब्ध गराएर जिल्लालाई देशकै उत्कृष्ठ स्वास्थ्य सेवा दिने स्थानको रुपमा स्वास्थ्य हव बनाउने तयारीभएको भन्दै मन्त्री थापा मगरले सो अवसरमा प्रदेशका प्रत्येक जिल्लाहरुमा प्रदेश स्वास्थ्य मन्त्रालयको अनुभूति हुनेगरी कार्य गर्दैआएको उल्लेख गर्दै उहाँले आफू रेडक्रसकर्मी भएरै सबैलाई चिनाउन पाएको तथा आफ्नो सफलताको प्रतिक रेडक्रस भएको बताउनु भयो । सो अवसरमा संस्कृति तथा पर्यटन मन्त्री सुरेश श्रेष्ठले विपद् प्रतिकार्यमा रेडक्रसको अग्रणी भूमिकासँगै जनताको सांस्कृति गतिविधिहरुमा पनि महत्वपूर्ण भूमिका रहेको भन्दै आफू संस्कृति तथा पर्यटन मन्त्रीभएर भक्तपुर जिल्लाको नाम राख्न सकिने गरी काम गर्ने मन्त्रीको जिम्मेबारीताबारे अझै सिकारु भएको भन्दै उहाँले परीनाम आउने गरी काम गरेर देखाउने बताए भने रेडक्रस भक्तपुरका पूर्व अध्यक्ष केपी अवाल, मनोज थापा र वर्तमान अध्यक्ष पशुराम पाण्डेले नेपाल रेडक्रस सोसाईटीले स्थापना काल देखि मानव कल्याणका लागि गर्दै आएको कार्यहरुको प्रशंसा गर्दै भक्तपुर रेडक्रस सोसाईटीले थप परिस्कृतरुपमा सेवा विस्तार गर्दै आएको बताएका थिए ।