बासु माविमा भक्तपुर काण्डको स्मरण

बासु माविमा भक्तपुर काण्डको स्मरण
भक्तपुर, भाद्र ८ गते
बासु मावि तथा कलेज भक्तपुरले आज शिक्षक शिक्षिकहरु बीच भक्तपुर काण्डको संस्मरण गरेका छन् । २०४५ साल भाद्र ९ गते नेपाल मजदुर किसान संगठनलाई समूल नष्ट गर्न पञ्चायत सरकारले गरेको षद्यन्त्रहरुको चिरफार गर्दै नेपाल मजदुर किसान पार्टीको राजनैतिक र सैद्धान्तिक आन्दोलन बारे चर्चा गरी भक्तपुर काण्ड बारे विचार गोष्ठी आयोजना गरेको हो । सो अवसरमा बागमती प्रदेश सभाका सदस्य एवं नेमकिपा भक्तपुर जिल्लाका अध्यक्ष सुरेन्द्रराज गोसाईले भक्तपुर काण्ड नेमकिपालाई समुल नष्ट गर्न पञ्चायतका भ्रष्ट नाइकेहरुले रचेको षद्यन्त्र भएको बताए । नेमकिपाले स्थापना कालदेखि देखि गर्दै आएको किसान आन्दोलन, भ्रष्टाचार विरुद्धको आन्दोलन, अरानकता विरुद्धको आन्दोलन, भियतनाम माथि अमेरिकी आक्रमण जस्तै वैदेशिक हस्तक्षप विरुद्धको राजनैतिक र सैद्धान्तिक आन्दोलन विरुद्ध पञ्चायत सरकारले ह्योजुको नाममा रचेको षद्यन्त्र नै भक्तपुर काण्ड भएको उहाँले बताउनु भयो ।


तत्कालिन नेमकिसं विरुद्ध भक्तपुर काण्डमा प्रधानमन्त्री मरिचमान सिंह श्रेष्ठ सहितले जुलुसमा आएर रोहितलाई फासि दे नारा लगाएको स्मरण गर्दै अध्यक्ष गोसाईले यस्तो घटना संसारको इतिहासमा कहि नभएको बताए । अहिलेका सत्ताधारी दलहरुका नेता कार्यकर्ताहरु पनि भ्रष्टाचारमा लुप्त रहेकाले जनताले राजनैतिक परिर्वतनको अनुभूति गर्न नपाएको चर्चा गर्दै नयाँ पुस्तालाई पनि भक्तपुर काण्ड बारे सुसचित पार्नुपर्नेमा अध्यक्ष गोसाईले सो अवसरमा जोड दिए ।
बासु माविका प्राचार्य अम्विका न्याईचाईको सभापतित्वमा भएको सो कार्यक्रममा सहप्राचार्य राजकुमार ह्यौमिखा, रविलाल प्रधान, शिक्षक विष्णुप्रसाद दुमरु र सुनिता घटुवा सहितका अतिथीहरुले भक्तपुर काण्डमा आआफ्नो अनुभव, परिवबार तथा समाजले त्यो बेला पञ्चायत सरकारबाट भोग्नुपरेको यातनाहरुको चर्चा गर्दै अहिलेको परिवेशमा पनि भक्तपुर काण्ड जस्तै नयाँ रुपमा अनेक षद्यन्त्र हुन सक्ने भन्दै यस्तो षद्यन्त्रबाट सचेत रहनका लागि शिक्षक शिक्षिकाहरुले पनि भक्तपुर काण्डको स्मरण गर्दै आएको बताएका थिए ।