कमलबिनायक च्याम्हासिंहमा मासु पसल अनुगमन

कमलबिनायक च्याम्हासिंहमा मासु पसल अनुगमन

भक्तपुर, १६ चैत । भक्तपुर नगरपालिका अनुगमन समितिका सदस्य राज कृष्ण गोराको नेतृत्वमा कमलबिनायक च्याम्हासिंहको बाटोमा रहेको ८ वटा मासु पसलहरु अनुगमन गरियो । अनुगमनमा स्थानीय साही परिवारहरुको परम्परागत राँगोको मासु पसलहरु सुधार नभएको बताउनु भयो ।
अनुगमनमा सुभानी स्टोरमा मुल्य सुचि राख्न, ढक तराजु नविकरण गर्न, मासु काट्ने औजार र भाडावर्तन सफा राख्न, भुईँ भित्ता सफा गर्न मिल्ने गरी कार्पेट वा मार्वल राख्न, एप्रोन सेतो प्रयोग गर्न र पेटीमा टेबुल राखेर मासु बेचविखन नगर्न र बाटो, पेटीमा रहेको टेबुल हटाउन निर्देशन दियो । त्यस्तै न्यु सुभानी कोल्ड स्टोर तीन दिन भित्र दर्ता गर्न, विग्रेको फ्रिज प्रयोग नगर्न र फ्रिजमा मासुहरु मिसाएर नराख्न वा भुँडी, कुखुरा, बंगुर र राँगोको मासु छुट्टाछुट्टै राख्न पसल व्यवस्थित गर्न निर्देशन दिई तराजु नविकरण नभएकोले १ थान तराजु जफत गरी तीन दिन भित्र कार्यालयमा उपस्थित हुन निर्देशन दियो । ग्लोबल कोल्ड स्टोर नविकरण गर्न, मुल्य सुचि व्यवस्थित गर्न, म्याद नाघेको सुप्रिम ससेज् १ पाकेट जफत गरी सरसफाईमा ध्यान दिन निर्देशन दियो । भक्तपुर कोल्ड स्टोरमा मुल्य सुचि राख्न, ढक तराजु नापतौल विभागमा नविकरण गर्न र एप्रोन सेतो प्रयोग गर्न निर्देशन दियो । च्याम्हासिंह फ्रेस मिटमा तराजु नविकरण गर्न, एप्रोन सेतो प्रयोग गर्न, पेटीमा टेबुल राखी मासु बेचविखन नगर्न र टेबुल हटाउन र तराजु नापतौल विभागमा नविकरण गर्न निर्देशन दियो । तुल्सी नारायण साहीको मासु पसलमा दर्ता प्रमाणपत्र पसलमा नभएकोले तीन दिन भित्र प्रमाणपत्र सहित कार्यालयमा उपस्थित हुन, मुल्य सुचि राख्न, सरसफाइमा ध्यान दिन, तराजु नापतौल विभागमा नविकरण गर्न, मासु काट्ने औजार र भाडावर्तन सफा राख्न, भुईँ भित्ता सफा गर्न मिल्ने गरी कार्पेट वा मार्वल राख्न, एप्रोन सेतो प्रयोग गर्न र पेटीमा टेबुल राखेर मासु बेचविखन नगर्न र बाटो, पेटीमा रहेको टेबुल हटाउन निर्देशन दियो । सुप्रिया माछा पसल दर्ता प्रमाणपत्र पसलमा नभएकोले तीन दिन भित्र प्रमाणपत्र सहित कार्यालयमा उपस्थित हुन, मुल्य सुचि राख्न, सरसफाइमा ध्यान दिन, तराजु नविकरण नभएकोले तराजु १ थान जफत गरी विग्रेको माछा एक जफत गरी नष्ट गरियो । देव मिट सप दर्ता प्रमाणपत्र पसलमा नभएकोले तीन दिन भित्र प्रमाणपत्र सहित कार्यालयमा उपस्थित हुन, ढक तराजु नविकरण नभएकोले ५ किलो र २ किलोको ढक जफत गरी पेटी र बाटोको टेबुल हटाउन निर्देशन दिएको वडानिरिक्षक रामकृष्ण प्रजापतिले बतायो ।
अनुगमनमा समितिका सदस्य श्यामकृष्ण खत्री, ज्ञान बहादुर मानन्धर सदस्य सचिव एवम् भनपा श्यानिटेशका न.नि. दिलिप कुमार सुवाल, व.नि.रामकृष्ण प्रजापति, कर शाखाका न्हुज किजु, पशु सेवा कार्यालयका पार्वती योञ्जन, राष्ट्रिय उपभोक्ता मञ्चका मनोज थापा, महानगरीय प्रहरी प्ररिसरका प्रहरी सहायक निरिक्षक बाबुराम लामा, उद्योग बाणिज्य संघ भक्तपुरका गौतम सुजखु, भक्तपुर घरेलु तथा साना उद्योग संघका सुमित्रा श्रेष्ठको सहभागी थियो ।