नेपाल भाषाको चलचित्र गाल्य वान सर्वोकृष्ठ भएपछि भक्तपुरमा शुभकामना आदानप्रदान
भक्तपुर, श्रावण ३ गते
नेपाल भाषाको सामाजिक तथा पारिवारिक चलचित्र गाल्य वानलाई चलचित्र विकास बोर्डले सर्वोकृष्ठ घोषणा गर्दै हालै पुरस्कृत गरेकोमा भक्तपुरमा आज शुभकामना आदानप्रदान कार्यक्रम आयोजना भएको छ । भक्तपुरको सल्लाघारीस्थित नेवाः ननिमा आयोजित सो शुभकामना आदान प्रदान कार्यक्रममा सो चलचित्रका नायक, नायिका, निर्माता, कथालेखक तथा विभिन्न कलाकार एवं नेपाल भाषाका कलाप्रेमीहरुको सहभागिता थियो । आज भन्दा ५० औं वर्ष पहिलेका बाल मृत्युका कथाहरुलाई समेतिदै महिलाहरुले भोग्नुपरेका दुःख समस्याहरुलाई जीवन्तता दिदै सो चलचित्रले समाजिक तथा पारिवारिक विषयवस्तुलाई परम्परागत शैलीमै प्रस्तुती गरेका कारण उत्कृष्ठ घोषणा हुन सफल भएको आयोजकहरुको ठम्याई छ । यसबाट आगामी दिनहरुमा पनि नेवार समुदायका यस्तै सामाजिक तथा पारिवारिक एवं कला संस्कृति र सभ्यतासँग गाँसिएका विषयहरुमा थप चलचित्र निमार्ण गर्न उत्प्रेरणा प्रदान गरेको आयोजकहरुको भनाई छ ।
चलचित्र केबल मनोरञ्जनकालागि मात्र नभई ईतिहास, सभ्यता र संस्कृतिहरुलाई नयाँ पुस्तामा देखाउने माध्यम समेत रहेको भन्दै चिलचित्रका कथा लेखक विज्ञान पक्का चकलेतचाले बर्षौ देखिको मेहनतको फलस्वरुप चलचित्र विकास बोर्डले आदिवासी जनजाति, विभिन्न भातृभाषीको सर्वोत्कृष्ट चलचित्रको रुपमा गाल्य वनले उत्कृष्ठता पाएपछि आफूहरुले मेहनतको फल पाएको महसुस गरेको बताएका छन् । यसबाट यस्तै कथा बस्तुहरु लेखेर नेवारी चलचित्र बनाउन थप उत्साह मिलेको उहाँले बताए । सिंगो टिमको मेहनतको प्रतिफल गाल्य वान नामाकरण गर्दा नकारात्मक सन्देश दिएको महसुश गरे पनि बास्तबमा चलचित्रले राम्रै सन्देश दिन सफल भएको कुरा सर्वोकृष्ट चलचित्रको पुरस्कार पाएबाट पुष्टि भएको उहाँले बताए ।












