भूकम्कपछि निर्मित विद्यालय भवन आर्दश आजादलाई हस्तान्तरण

भूकम्कपछि निर्मित विद्यालय भवन आर्दश आजादलाई हस्तान्तरण

भक्तपुर
नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेले आदर्श आजाद माविको ६३ औं तथा आदर्श आजाद कलेजको १४ औं वार्षिकोत्सवको उद्घाटन गर्दै कलेजको नयाँ भवनको उद्घाटन तथा विद्यालय भवनको साँचो हस्तान्तरण गर्नु भएको छ । २०७२ सालको विनासकारी भूम्पपछिको पुनर्निर्माणको क्रममा राष्ट्रिय पुनर्निमाण प्राधिकारण केन्द्रीय आयोजना कार्यान्वयन एकाई शिक्षाबाट एडीबीको सहयोगमा निर्मित सो भवनको औपचारिक रुपमा उद्घाटन एवं विद्यालयलाई हस्तान्तरण भएको हो । सो अवसरमा अध्यक्ष विजुक्छेले शैक्षिक क्षेत्रको विकासका पूर्वाधार बने अनुसार शिक्षक, विद्यार्थीको अभाव नहुने गरी चिन्तन गर्न आग्रह गर्नु भयो । उहाँले विद्यालयबाटै विद्यार्थीहरुलाई सरसफाई सम्बन्धि चेतना दिन आवश्यक भएकोमा जोड दिनु भयो । भनपा ५ का वडाध्यक्ष एवं विद्यालय व्यवस्थापन समितिका अध्यक्ष योगेन्द्रमान विजुक्छेको सभापतित्वमा भएको सो कार्यक्रममा प्रमुख अतिथी विजुक्छेले विद्यार्थीहरुलाई पुरस्कृत  गर्नुका  साथै १० वर्ष अध्यापन गरेका शिक्षक, शिक्षिकाहरुलाई सम्मानित गर्नु भयो ।


भक्तपुरलाई ज्ञान विज्ञानको केन्द,्र शैक्षिक गणन्तव्यको रुपमा विकास गर्न आदर्श आजाद मावि र कलेजले खेल्दै आएको भूमिका र वार्षिक प्रगतिविविरण बारे प्राचार्य श्रीकृष्ण किसीले जानकारी दिनु भएकोे सो कार्यक्रममा नेपाल क्रान्तिकारी शिक्षक संघका अध्यक्ष ज्ञानसागर प्रजापतिले १५ लाखमा डाक्टर पढाउँछ भनेर सरकारले मेडिकल माफियाहरुको इसारामा ख्वप विश्वविद्यालय सञ्चालन अनुमति नदिएको बताउनु भयो भने संयुक्त परिक्षा समितिको तर्फबाट बासु माविका प्रधानाध्यापक अम्विका न्याईच्याईले सामुदायिक विद्यालयकालागि सरकारी लगानी पर्याप्त नभएको टिप्पणी गर्नु भयो भने केन्द्रीय आयोजना कार्यान्वयन एकाई शिक्षाका वरिष्ठ इन्जिनियर उद्धव नेपालले शिक्षा विकासको नमूना भक्तपुर भएको उल्लेख गर्दै विद्यालय भवन भूकम्पप्रविधिबाट बनाउन सकेमात्रै विपदबाट सुरक्षित हुन सक्नेमा जोड दिनु भयो भने पूर्व विद्यालय व्यवस्थापन समितिका विश्वराम कवांले सरोकारवालाहरुको निरन्तर सहयोगले विद्यालयको क्रमिक विकास संभव भएको बताउनु भयो । यस्तै कलेज ब्यवस्थापन समितिका अध्यक्ष उदब सुजखुले भक्तपुरलाई वुद्धिजीवीहरुको सहर बनाउने नेमकिपा अध्यक्ष विजुक्छेको परिकल्पना अनुसार भक्तपुरलाई ज्ञानविज्ञानको केन्द्र बनाउन आदर्श आजाद विद्यालय र कलेजले पनि आफ्नो शैक्षिक गतविधिलाई विस्तार गर्दै आएको बताउनु भयो भने कार्यक्रममा शिक्षक राजेन्द्र कायष्ठले धन्यवाद ज्ञापन गर्नु भयो ।
कार्यक्रममा अतिथीहरुले कक्षागत तथा विभिन्न प्रतियोगिताका उत्कृष्ठ विद्यार्थीहरुलाई पुरस्कृत गर्नुका साथ साँस्कृतिक कार्यक्रम पनि आयोजना गरेको थियो ।